यस कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो अमुल्य समय खर्चगरि सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु प्रति यस संस्था हार्दिक आभार व्यक्त गर्न चाहन्छ। साथै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछ।
समुह नृत्यको भिडियो
नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने मुख्य उद्देश्य राखी वेलायतस्थित नेपाली राजदुतावासको तत्वावधानमा पर्यटन प्रवर्द्धन कार्यक्रमको रुपमा वेलायतको बिभिन्न स्थानमा आयोजना भइरहेको कार्यक्रमकै शिलसिलामा गत जुलाई ३१, शनिवारको दिन वेल्समा "नेपाल पर्यटन वर्ष २०११" को प्रवर्द्धन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। वेल्स नेपाली समुदाय, कार्डिफ र वेल्स गोर्खा कम्युनिटि, कुम्वरानले नेपाली राजदुतावासको सम्वन्वयमा कार्यक्रमको आयोजना गरेको थियो।
टि कुम्बरानका अध्यक्ष लक्ष्मी तुम्बाहाम्फेले उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रममा राजदुत डा. चालिसेले नेपाल पर्यटन वर्ष २०११ को बारेमा प्रकाश पार्ने क्रममा बेलायती मित्रहरुलाई नेपाल भ्रमणको निम्तो दिदै नेपाल-वेलायत मित्रता लगभग दुई शताब्दी पुग्न लागेको स्मरण गराउनु भएको थियो। बेलायतको लागि हजारौं नेपालीले दुईवटा विश्वयुद्धमा भाग लिएको र तेह्र जनाले भिक्टोरिया क्रस जस्तो उच्च पदक समेत प्राप्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। भर्खरै वेलायती मंत्रीले नेपाल भ्रमण गरेको उल्लेख गर्दै वेलायत-नेपाल सम्वन्ध अति महत्वपुर्ण भएकोले वेलायती मित्रहरुलाई नेपालको भ्रमण गर्न आव्हान समेत गर्नुभयो। सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सांसद एलान माईकलले नेपालमा १०१ वटा भाषा प्रचलित रहेकोमा आश्चर्य व्यक्त गर्दै वेल्समा दुईवटा मात्र भाषा प्रचलनमा रहेको बताउँदै नेपालको विविधता सुनेर अचम्म लागेको र नेपाल प्राकृतिक स्रोत, साधन र संस्कृतिमा कति धनि छ भन्नेकुरा यसैबाट स्पष्ट हुन्छ भन्नुभयो। सो अवसरमा उहाँले नेपाली राजदुतको अनुरोधमा वेलायती प्रधानमंत्रीलाई नेपाल भ्रमणको वातावरण बनाउन प्रयास गर्ने बताउनु भयो। नेपाल र नेपाली वेलायतको अभिन्न मित्र रहेको उल्लेख गर्दै वहाँले यस कार्यक्रमले नेपालको अझ राम्रो प्रचारप्रसार गर्न सहयोग पुगेको पनि बताउनुभयो।
नेपाली संस्कृति झल्काउने दिदीबहिनीहरु (शोभा पोखरेल, चित्राकला देवकोटा र सविता भट्टराई) को तीज गीतका नृत्य, वालकलाकारहरु (प्रान्जिल पोखरेल, प्राजन पोखरेल र भिक्टिरिया के.सी.) का नृत्य तथा ब्रेकन देखि आएका गोर्खा सैनिकहरुको खुकुरी नृत्य समेत प्रस्तुत गरिएको थियो। सो सांस्कृतिक कार्यक्रमलाई उपस्थित पाहुनाहरुले निकै अभिरुचिपुर्वक नजर गरेका थिए। गीतको भाव नबुझे पनि कलाकारको जोश र संगीतको तालसँगै वेलायती पाहुनाहरु जोशिएर ताली बजाइरहेका थिए। कार्यक्रमको सुरुमा खाजाको रुपमा नेपाली परम्परागत सेलरोटी राखिएको थियो भने कार्यक्रम पश्चात दिउँसोको खानाको रुपमा शुद्ध नेपाली दाल-भात सहित नेपाली परिकारहरु राखिएको थियो। वेलायती पाहुनाहरुले थपिथपि नेपाली खानाको स्वाद लिएको देखेर हामीहरु दंग परेका थियौं। कार्यक्रमको अन्तमा सभापतित्व गरिरहेका वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्ष चित्र बहादुर राईले उपस्थित पाहुना लगायत सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम रोशन भट्टराईले संचालन गर्नुभएको थियो। सो कार्यक्रमको अर्को रोचक पक्ष मञ्च अ
गाडि प्रदर्शनमा राखिएको खुकुरी, मादल, सारङ्गी, थैली, तामाको डाली, पानि खाने अम्खोरा, थान्का, मूर्ती, बाँसुरी, टोपी थियो जसलाई सम्पुर्ण सहभागिहरुले अभिरुचिपुर्वक हेरेका थिए।