Tuesday, 20 June 2017

समर बार्बिक्यु सम्बन्धि जानकारी

२० जून २०१७ - सधै जस्तै यसपाली पनि संस्थाले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ| यस्ता खालका कार्यक्रम सधै नभईरहने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|

Saturday, 17 June 2017

पिकनिक कार्यक्रम

नेपाली समाज वेल्सले नेपाली समाजका सिनियर नागरिकलाई सम्मान गर्ने उदेश्यले जुन ३, २०१७ शनिवारको दिन रोथपार्कमा पिकनिक कार्यक्रमको आयोजना गरेको थियो |
नयाँ वर्ष २०७४ मनाउने क्रममा सांगेतिक टोलीमा सहभागी दिदिबहिनी तथा साना भाईबहिनीले धेरै सहयोग गरी नयाँ वर्षको कार्यक्रम भब्यताका साथ सफल वनाउन सहयोग गरेकोमा साथै यसरी सधै सहयोगको भाबना जागृत हुदै जाओस भन्ने हेतुले उहाहरुलाई पनि प्रोत्सान स्वरूप सहभागिता गराईएको थियो |