Saturday, 21 October 2017

दशैं र तिहारको कार्यक्रम भव्यताका साथ सम्पन्न |

१४ अक्टोबर २०१७, शनिवार, नेपाली समाज वेल्स, युकेको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७४/२०१७ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७४/२०१७ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो | 

संस्थाका सचिब श्री निर लाल मोक्तान ज्युले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो |

Monday, 9 October 2017



बडा दशैं तथा शुभ दिपावली २०७४ को शुभ उपलक्ष्यमा  सम्पूर्ण   
नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख, शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
                                                

दशैं - तिहार २०७४ मनाउने सम्बन्धि जानकारी 


गत वर्षहरु जस्तै यस वर्ष पनि "नेपाली  समाज वेल्स, यू. के."ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ  दशैं-तिहार २०७४ कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरिएको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार पर्बको  भरपूर्ण मनोरंजन लिनु हुन् "नेपाली समाज वेल्स, यू .के." हार्दिक अनुरोध गर्दछ|