Sunday, 20 November 2016

आर्थिक सहयोग

आदरणीय नेपाली समाज वेल्सका सदस्य तथा शुभ चिन्तक महानुभाबहरु,
नेपाली समाज वेल्सका सदस्य श्री काली बहादुर लिम्बुको धर्म पत्नी श्रीमती जस कुमारी लिम्बुको असमायिक निधन भएको कुरा यहाँहरुमा सर्बबिधितै छ | नेपाली समाज वेल्सको बिधान अनुसार मृतकको अन्तिम संस्कारको लागि मृतकको परिवारलाई २००० पाउण्ड सहयोग गर्ने भन्ने अनुसार मृतकको परिवारलाई सो रकम अथासक्य चांडो जरुरि देखिएकोले र अहिलेको अवस्थामा नेपाली समाज वेल्स आर्थिक रुपमा सबल भईनसकेको हुँदा २० नोवेम्बेर २०१६ का दिन बसेको कार्यसमितिको बैठकले सदस्य तथा शुभचिन्तक हरु बाट सकेको आर्थिक सहयोग संकलन गरि नपुग रकम संस्थाको खाताबाट भरताल गर्ने गरि निर्णय गरिएको व्यहोरा अबगत गराईन्छ | सदस्य तथा शुभचिन्तकहरुबाट ईच्छा र गक्ष अनुसार सहयोगको अपेक्षा गर्दै गाईड लाईन स्वरूप  ३० पाउण्ड र बढीमा आफ्नो स्वेच्छाले जतिपनि सहयोग गर्न सकिने व्यहोरा अबगत गराउन चाहन्छौं | यसै निर्णय बमोजिम सँस्था  यहाँहरु समक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछ|

Thursday, 17 November 2016

रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न |


आईतवार १३  नोभेम्बर २०१६, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न भयो| कार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलकोनेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो| पहिलो विश्व युद्द देखि एता विभिन्नयुद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सकोराजधानी कार्डिफको सिटी हलपछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढोअनुशासनका साथ परेडमा भाग लिएको देखिन्थ्यो |