Sunday, 12 April 2026

नयाँ वर्ष बि सं २०८३ लाइ भब्य रुपमा स्वागत।

 ११  अप्रिल २०२६   - कार्डिफ - 

नेपाली समाज वेल्स,कार्डिफको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा वेल्सको राजधानी कार्डिफको रोथ कन्जरभेटिव  क्लबको हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा डा. शक्ति गुही नियोगी (सनातन धर्म मण्डल,कार्डिफ ) बिशेष अतिथिको रुपमा उपश्थित  रहनु भएको थियो। 

दिनको ५:३० बजेदेखि शुरु भएको कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि ज्यु र संस्थाका अध्यक्ष ज्यु बाट पानसमा दीप प्रज्वलित गरि गरिएको थियो।  त्यस पश्चात संस्थाका सचिब श्री बल थापाले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ बर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको सुख, शान्ति, दीर्घ जीवन एवं समृद्धिको कामना गर्नुभयो। तत्पश्चात कार्यक्रममा क्रमश: नेपाल र वेल्सको रास्ट्रीय गित बजाइएको थियो।  

 नेपाली नयाँ बर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि श्री शक्ति गुही नियोगी ज्युले नेपाली  समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली भाषीहरुको जमघट,आपसमा रहेको भाइचारा एवं सौहार्दता देखेर अनि नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई अत्यन्त हर्षित बनाएको बताउनु हुदै उपश्थित सबै नेपाली दाजु भाई दिदि बहिनि तथा नानी बाबुहरुलाई नया बर्षको शुभकामना व्यक्त गर्नु भयो। 

                                                                                                   


                                                                         

उक्त अवसरमा विभिन्न कलाकारहरुबाट मनमोहक एकल तथा समूह गत रुपमा मन मोहक तामांग सेलो, किराती नृत्य, लोक नृत्य र आधुनिक गीतमा नृत्य  प्रस्तुत गरिएको थियो। समाजका सदस्य द्वय श्रीमती सावित्री कार्की श्रेस्ठ र सबिना थापा मगरले सांस्कृतिक कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा प्रिशा पुन,लेयना पुन,सेर्लिन थापा मगर,स्वोस्तिका गिरी ,सुप्रिया रायमाझी र प्रदीप सुबेदीले  नृत्य प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा गायक श्री सफल क्षेत्रीले विभिन्न सुमधुर गाएर हल गुन्जायमान गर्नुका साथै भरपुर मनोरंजन प्रदान गर्नु भएको थियो।



त्यसपछि समाजका अध्यक्ष ज्यु बाट सांस्कृतिक कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरुलाइ पुरस्कार एवं प्रमुख अतिथि ज्युलाई मायाँको चिनो स्वरुप खुकुरी प्रदान गर्नु भएको थियो। त्यस पश्चात उपष्थित सबै महानुभावहरुले स्वादिस्ट नेपालि व्यंजन (डिनर)को आनन्द लिनु भएको थियो। 

          



उक्त कार्यक्रममा अत्यन्त रोचक तरिकाले राफल ड्रा प्रस्तुत गरिएको थियो। जसको सचालिकाहरु  श्रीमती सुदिना मल्ल पुन,श्रीमती सबिना थापा मगर र श्रीमती सावित्री कार्की श्रेष्ठ हुनहुन्थ्यो। राफल पुरस्कार जित्नुहुने सबै जना एक एक गर्दै आफ्नो जिवन संगीनिको साथ नृत्य प्रस्तुत गर्दै आएर आ-आफ्नो पुरस्कार ग्रहण गर्नु भएको थियो। 

औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाकी उपाध्यक्ष  श्रीमती शोभा राणा पोखरेलले ले शुभेच्छा एवं धन्यबाद मन्तब्य व्यक्त गर्नु भएको थियो। वहाले उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । 

त्यस पछि संस्थाका अध्यक्ष ज्युले कार्यक्रमको औपचारिक अन्त्य भएको घोषणा गर्नुका साथै सबै मनोरन्जनको लागि  स्टेज खुल्ला गरिएको र उपस्थित प्राय सबै जनाले अत्यन्तै हर्सौल्लासको साथ् सामुहिक नाच गान गर्नु भएको कार्यक्रम रातको १०:३०  बजे समापन भएको थियो। 

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि हल सजाउन आफ्नो कार्य व्यस्तताको बाबजुद अमुल्य समय दिई साथ सहयोग दिनु हुने पूर्व अध्यक्ष श्री निर लाल मोक्तान ज्यु, पूर्व कोषाध्यक्ष श्री विभूषण मान श्रेस्ठ, साधारण सदस्य श्री जीवन के सी तथा समाजका अध्यक्ष ,सचिब,कोषाध्यक्ष तथा सह कोषाध्यक्ष ज्युलाई संस्था एक मुस्ठ रुपमा हार्दिक कृतज्ञता प्रकट गर्दछ। 

कार्यक्रम सफल पार्न सांस्कृतिक कार्यक्रमको लागि खटिनु हुने संस्थाको कार्यकारिणी समिति सदस्य द्वय श्रीमती सबिना थापा मगर, श्रीमती सावित्री कार्की श्रेष्ठ तथा सुदिना मल्ल पुन, आर्थिक ब्यबस्थापनको लागि खटिनु हुने कोषाध्यक्ष श्री मति प्रसाद पुन ज्यु अनि सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर ज्यु , सदस्य श्री इन्द्र श्रेस्ठ,साउण्ड सिस्टम मा सहयोग गर्नु हुने श्री उमेस थापा ज्यु, फोहोर ब्यबस्थापनमा संयोजन गर्नु हुने समस्त पदाधिकारि एवं समस्त सदस्य ज्युहरु ,सबै नृत्य कलाकार लगायत कार्यक्रममा उपश्थित समस्त दाजु भाई दिदि बहिनीहरुमा नेपाली समाज परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ साथै भबिस्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछ। 

धन्यबाद।



Saturday, 14 March 2026

समाजको बार्षिक साधारण सभा सम्पन्न ।

 कार्डिफ - १४ मार्च २०२६  - शनिवार


नेपाली समाज वेल्स कार्डिफमा समाजको बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको  अध्यक्षतामा सम्पन्न भएको छ।


संस्थाका सचिब श्री बल थापाले कार्यक्रमको थालनी गर्दै सभामा उपस्थित सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, पुर्ब कार्यसमितिका पदाधिकारीहरु लगायत संस्थाका उपस्थित आजीवन पंजीकृत सदस्यहरुलाई स्वागत गर्नु भएको थियो। 

समाजका कोषाध्यक्ष श्री मति प्रसाद पुनले बार्षिक आय व्यय र सम्पति विवरण प्रस्तुत गर्नु भएको थियो। 

कार्यक्रममा सह कोषाध्यक्ष श्री श्रीराम थापा मगरले समाजद्वारा बार्षिक रुपमा गरिने खेलकुद कार्यक्रमको बिषयमा चर्चा गर्नु भएको थियो।

बैठकमा समाजका पूर्व अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले आफ्नो सानो मन्तब्य दिने क्रममा समाजको प्रगति प्रति प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा अझ राम्रा,सफल कार्यक्रम हुदै जाने कुरामा आशान्वित र अझ बढी सफलताको कामना गर्नु भयो। 


समाजका अध्यक्ष श्री पदम पुनले बर्षभरिमा समाजको कार्यक्रम बाहेक आफु संलग्न भएको विभिन्न कार्यक्रमको बारेमा जानकारी दिदै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।  

अन्त्यमा सभामा उपस्थित प्राय जसो महानुभावहरुले समाजको हितको बिभिन्न बिषयमा छलफल गर्नु भएको थियो।

धन्यबाद।

Sunday, 9 November 2025

रिमम्बरेन्स डे वेल्स २०२५ भब्य रुपमा सम्पन्न -

 


कार्डिफ - आईतवार ९ नोभेम्बर २०२५ , रोयल ब्रिटिश लिजनको संयोजकत्वमा वेल्स सरकार र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा यस पटक खास रुपमा युरोप तथा जापान माथिको बिजयको ८० औं बर्ष गाठको रुपमा रिमम्बरेन्स डे २०२५ भब्य रुपमा सम्पन्न भयो। 

     

                                                                 


सो कार्यक्रम सहभागिताको लागि आएको निमंत्रणा सहर्ष स्वीकार गरि नेपाली समाज वेल्सका पदाधिकारीहरु अध्यक्ष श्री पदम पुन , सचिब श्री बल थापा , कोषाध्यक्ष श्री मती प्रसाद पुन, सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर, सदस्य श्री जस बहादुर कन्दंग्वा, भू पु अध्यक्ष श्री पूर्ण चन्द्र लिम्बु लगायत श्रीमती प्रबिना थापा मगर तथा बाबु नानीहरुको सहभागिता रहेको थियो।


                                                           


 प्रथम विश्व युद्द तथा त्यसपछि भएका विभिन्न खाले युद्दहरुमा देशका लागि बीरगति प्राप्त गरेका योद्दाहरुको सम्झनामा हरेक बर्ष मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्ज्यान्ड्रा गार्डेनमा आयोजना गरिएको कार्यक्रममा भू पु सैनिक गण, बहाल वाला सैनिक गण सहित सैनिक ब्याण्ड बाजा टोलीले सो कार्यक्रमको परेडमा भाग लिएका थिए।


                                                              



बिहान ठिक ११ बजे शुरु गरिने उक्त कार्यक्रम, विभिन्न युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण गरि शुरु गरिएको थियो। 

सो अवसरमा सेनाद्वारा १ तोपको सलामी अर्पण गरि मौन धारण समाप्त भएको सुचित गरिएको थियो। 

सो कार्यक्रममा नेपाली समाजका भू पू अध्यक्ष श्री पूर्ण चन्द्र लिम्बु ज्युले Kohima Epitaph संदेश पढेर सुनाउनु भएको थियो। 

                                                                                                      

कार्यक्रमको अन्त्यमा परेडका सहभागीहरु पुन: सडकमा निस्की लाइन बद्ध परेडमा ब्याण्ड बाजाका साथ सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन भएको थियो। 


आफ्नो सैनिक जीवनको दौरानमा यस देश र जनताको रक्ष्यार्थ निस्वार्थ र इमान्दार पुर्वक निडर भइ युद्ध मैदानमा लड्नु हुने र सो अवसरमा आफ्नो जीवन बलिदान गर्नु हुने सम्पूर्ण बिर सैनिकहरु प्रति तथा आफ्नो गौरबमय नेपाली ईतिहास र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई स सम्मान चिनाउँनु हुने हरेक नेपाली दाजुभाईहरु प्रति नेपाली समाज वेल्स परिवार हार्दिक आभार व्यक्त गर्दछ।



सो कार्यक्रमबाट बिदाइ हुनु अगाडी कार्यक्रममा उपस्थित सबै नेपालीहरुको लागि लन्चको प्रबन्ध गरिएको थियो।आफ्नै व्यक्तिगत खर्चबाट 'द एवेरेस्ट बार एण्ड इटरी' मा लन्चको प्रबन्ध गर्नु हुने मनकारी समाजसेवी समाजका कोषाध्यक्ष श्री मती प्रसाद पुन ज्युलाई समाज मुरी मुरी धन्यबाद ज्ञापन गर्दछ। 

धन्यबाद। 



Sunday, 12 October 2025

दशैँ तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न।


कार्डिफ, अक्टोवर ११ , २०२५ - नेपाली समाजको आयोजनामा दशैँ तिहार कार्यक्रम विगत बर्ष झैं यस पटक पनि भब्य रुपमा सम्पन्न भएको छ। हामी नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर हरेक वर्ष झैं यस पटक पनि आयोजना गरिएको यस कार्यक्रममा कार्डिफ र आसपासका क्षेत्रहरुबाट ठूलो जन सहभागिता रहेको थियो। 




स्टार्टर खानाको शुरुवात सगै शुरू भएको कार्यक्रममा उपस्थित रहनु भएका सदस्य गणहरु बीच एकापसमा दसैँ तिहारको बधाई आदान प्रदान एवं अनौपचारिक भेटघाट एवम् भलाकुसारी गर्ने काम भएको थियो। 

समाजका सचिब श्री बल थापाले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाका अध्यक्ष श्री पदम पुनले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। 

त्यसपछि नेपाल र वेल्सको राष्ट्रिय धुन पालै पालो संग बजाइएको थियो।उक्त कार्यक्रममा हालै नेपालमा भएको जेन जी हरुको प्रदर्शनमा नेपाल सरकारबाट भएको दमनमा सहादत प्राप्त गर्नु भएका भाइ बहिनीहरुको मृत आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो। 

सो कार्यक्रममा स्वागत मन्तब्य समाजकी उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले दिनु भएको थियो। नेपालीहरुको महान पर्वहरु बडा दशैँ र नजिकिदै गरेको दोश्रो महान पर्ब तिहारको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुभयो। 

कार्यक्रममा अतिथिको रूपमा नेपालकी चर्चित लोक गायिका देबी घर्ति मगर र मनुसुधन थापा, युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक श्री माइकल ब्राउन र नेपाली राज दुतावास लण्डनका तृतीय सचिब श्री झुप्प लाल पुन समेतको उपस्थिति रहेको थियो। 



समाजलाई अनवरत रुपमा निस्वार्थ सहयोग पुर्याई रहनु हुने समाज सेवी द्वय श्री शालिकराम काफ्ले र बाबु राम खनाललाई लब अफ टोकन संस्थाका अध्यक्ष द्वारा हस्तान्तरण गरि सम्मान गरिएको थियो। 

समाजकी सह सचिब श्रीमती कल्पना कन्दंग्वाले सांस्कृतिक कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा सुश्री प्रिशा पुन, सुश्री सेर्लिन थापा मगर, सुश्री एमिली थापा ,सुश्री नाओमी भण्डारी,श्रीमती प्रबिना थापा,श्रीमती सबिना थापा,श्रीमती सुदिना पुन,श्रीमती सावित्री कार्की र श्रीमती सिम्पल खनालले बिभिन्न खाले गित संगीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो।  साथै श्री सफल क्षेत्री, श्री उमेश थापा, श्रीराम थापा मगर, श्रीमती प्रबिना थापा र श्रीमति गौरी क्षेत्रीले सामुहिक गित संगीत प्रस्तुत गर्नु भएको थियो। 

कार्यक्रममा बाल कलाकारहरुलाई हौशला स्वरुप मायाँको चिनो सहित धन्यवाद प्रदान गरिएको थियो। 



संस्थाका अध्यक्ष श्री पदम पुन ज्युले उपस्थित समस्त जनमा दशैको बधाई तथा आसन्न तिहारको उपलक्ष्यमा सबै प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। वहाले कार्यक्रममा व्यापक सहभागिताको लागि धन्यवाद ज्ञापन गर्दै उपस्थित सबैलाई संस्थाप्रति देखाउनु भएको अगाध मायां प्रति खुशी व्यक्त गर्नुभयो।

कार्यक्रमको अर्को चरणमा समाजको तर्फबाट देउसी र भैली कार्यक्रम गरिएको थियो र उक्त अवसरमा इच्छुक महानुभावहरुले आफ्नो इच्छा बमोजिम देउसी भैली टोलीलाई भेटि प्रदान गर्नु भएको थियो। यस पश्चात अनौपचारिक कार्यक्रमको थालनी गरिएको थियो। 



कार्यक्रममा अतिथि गायक द्वय देबी घर्ति मगर र मनुसुदन थापाले रोमाञ्चक दोहोरि तथा एकल गायन तथा इच्छुक महानुभावहरुको लागि नाच गानको लागि स्टेज खुल्ला गरिएको र सबैले सामुहिक रुपमा नाच प्रस्तुत गर्नु भएको थियो। साथ साथै सोहि समयमा डिनर पनि खुल्ला गरिएको थियो। सबै जनाले बिभिन्न स्वादिस्ट परिकारको साथै मनमोहक गायन तथा नृत्यको भरपूर आनन्द उठाउनु भएको थियो।


कार्यक्रमको अन्त्यमा राफल ड्रा गरिएको थियो।  बिजयी टिकट होल्डर ले एक एक गर्दै आफ्नो संगिनी सग स्टेजमा गइ नृत्यका साथ पुरस्कार ग्रहण गर्दाको क्षण अत्यन्त रोमान्चक थियो। 

कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री मति प्रसाद पुन र सह कोषाध्यक्ष श्रीराम थापाले नामावली संकलन तथा रकम उठाउने कार्य गर्नु भएको थियो। त्यस्तै साउण्ड  सिस्टम संचालन  श्री उमेश थापाले गर्नु भएको थियो। 

अध्यक्ष श्री पदम पुनले यस दशैं तिहार कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, तथा शुभ चिन्तकहरु र बिशेष गरि राफल ड्रा को लागि पुरस्कार उपलब्ध गराउनु हुने 'द एवेरेस्ट बार एण्ड इटरी' का प्रोप्राइटर श्री दीप पुन ज्युलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।   

समाज दशैँ तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न परोक्ष एवं अपरोक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ।

धन्यबाद। 


Monday, 25 August 2025

वेल्सको राजधानी कार्डिफमा तीज भव्य रुपमा मनाइयो।

 कार्डिफ  - २५ अगस्ट २०२५  सोमबार  -  

नेपाली समाज वेल्स, कार्डिफको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। वेल्सको बिभिन्न क्षेत्र बिशेष गरि कार्डिफमा वसोवास गर्ने नेपाली तथा नेपाली भाषी दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट अल्वान्स फुटबल तथा रग्बी क्लव हलमा गाना बजाना,तीजका नृत्य गरेर एवं स्वादिस्ट परिकार खाइ पिई गरेर सम्पन्न भयो। 

                                                                     

नेपाली समाजका सचिब बल थापाले उपस्थित सम्पूर्ण आगन्तुक बर्गलाइ कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले  स्वागत मन्तब्य तथा तिजको शुभकामना दिनु भएको थियो। उक्त कार्यक्रममा भएको अपार सहभागिताले संस्थालाई अझै बढी हौसला बढेकोमा खुसि व्यक्त गर्दै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो।


कार्यक्रमको उत्तरार्धमा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युले धन्यबाद ज्ञापन मन्तब्य दिनु हुदै कार्यक्रममा बृहत उपस्थितिको लागि सबैलाई धन्यवाद एवं शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको लागि परोक्ष वा अपरोक्ष रुपमा सहयोग गर्नुहुने समाजका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। 

अत्यन्तै सौहाद्र पूर्ण तवरले हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा दिदीबहिनीहरुले एकापसमा शुभकामना र खुशी साटासाट एवं पूर्ण मनोरन्जनका साथ  मनाएर यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न भएको छ। 


कार्यक्रम सफलताको लागि बिशेष सहयोग पुर्याउनु हुने महानुभावहरु श्री शालिकराम काफ्ले,श्री बाबुराम खनाल,श्री बल राम अधिकारि,श्री राम चन्द्र पोखरेल,श्री सुर्य ढकाल,श्री जीवन के सी,श्री संजिव मैनाली,श्रीमती सुदिना पुन, तथा अन्य सम्पूर्ण सवैमा नेपाली समाज  बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।

धन्यवाद। 

Friday, 8 August 2025

आत्मिक गुरु श्री रुपेश्वर दास गौर ज्यू सँगको सत्संग भव्य रूपमा सम्पन्न।

 

कार्डिफ, दिनांक - 7 अगस्त 2025

विश्व विख्यात नेपाली आत्मिक गुरु, दिग्दर्षक एवम् पथ प्रदर्शक श्री रुपेश्वर गौर दास ज्यूको मुखार बिन्दुबाट बेलायत तथा नेपालमा विज्ञान तथा आध्यात्मिक जीवन सम्बन्धी प्रवचन कार्यक्रम  श्रवण गर्न र साथ साथै अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन नेपाली समाज वेल्स,कार्डिफ संग आवद्ध हुनु भएका आत्मिक ज्ञान लिन ईच्छुक महानुभावहरुको भेला YMCA plas 2 Shakespeare Street, Roath, Cardiff, CF24 3ES मा भएको थियो।
50 जना मात्र बस्न सक्ने क्षमता भएको हलमा करिब 65 जना प्रवचन श्रवण कर्ताहरुको खचाखच उपस्थिति रहेको थियो।


कार्यक्रमको शुरुवातमा समाजका भु पु सचिव श्री अमर मल्लले सहभागी सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्नु हुँदै कार्यक्रमको संक्षिप्त रूपरेखा प्रस्तुत र सुरक्षा नियमनको बारेमा जानकारी दिनु भएको थियो।
त्यसपछि वहांले उपस्थित सबैलाई कार्यक्रमका सहजकर्ता श्री सिद्धार्थ भण्डारीको परिचय दिनु हुँदै कार्यक्रम सञ्चालनको लागि माइक्रो फोन हस्तान्तरण गर्नु भएको थियो।



सहजकर्ता श्री भण्डारीले आत्मिक गुरु श्री रुपेस्वर गौर दास ज्यूको छोटो परिचय दिनु हुँदै वहाँलाई मञ्चमा आइ आसन ग्रहण गर्न आमन्त्रित गर्नु भएको थियो।

त्यस पछि श्री भण्डारीले गुरु श्री गौर दास ज्यूको पालनपोषण तथा वहाको बाल्यकालीन जीवनको बारेमा प्रकाश पार्नका लागि गुरु स्वयंलाई अनुरोध गर्नु भएको थियो।


कार्यक्रमको सहजकर्ता र आत्मिक गुरु दास ज्यू बीचको अन्तर्क्रिया कार्यक्रम सरल एवम् सौहार्द पूर्ण रुपमा करीब 2 घण्टा जति चलेको साथै वार्तालापका क्रममा गुरुले जीवनका विभिन्न पहलुहरु जस्तै आत्मिक शान्ती अनि जीवनमा यसको महशुस र ज्ञानको पालना साथ साथै अरू थुप्रै यस्ता विषयको बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रमको अर्को चरणमा सबै उपस्थित महानुभावहरुलाई आफ्नो प्रश्न एक एक गरी गुरु ज्यू समक्ष सहजकर्ता मार्फत राख्न र वहाको उत्तरको रूपमा आत्मिक वाणी प्रस्तुत गर्न समय दिइएको थियो।


त्यस पछि नेपाली समाज वेल्स कार्डिफका अध्यक्ष श्री पदम पुन  ज्यूले आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै ज्ञान बाड्न पदार्पण गर्नु हुने गुरु श्री गौर दास ज्यू, कार्यक्रम सहजकर्ता श्री सिद्धार्थ भण्डारी,सबै श्रवण कर्ता दाजु भाई दिदी बहिनीहरू र खास गरी कार्यक्रमको लागि प्रसाद तयार गर्न पूर्ण सहयोग गर्नु हुने श्री शालिक राम काफ्ले ज्यू र बाबु राम खनाल ज्यु समेत लाई कृत्यज्ञता प्रकट एवम् धन्यवाद ज्ञापन गर्नु भएको थियो।


कार्यक्रमको विसर्जन गर्नु हुँदै समाजका भू पु अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले श्रद्धेय गुरु गौर दास ज्यू लाई प्रेमको प्रतीक स्वरूप दान भेटी एवम् सुनाखरी फूलको गमला प्रदान गर्नु भएको थियो । सो कार्यक्रम साँझ 6:20 मा सामूहिक तस्बीर लिई सके पछि समाप्त भएको थियो ।

सिंगो समाज नेपाली समाज वेल्सका अध्यक्ष ज्यूलाई यस आत्मिक कार्यक्रमको आयोजना गर्नु भएकोमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

धन्यबाद।

Saturday, 2 August 2025

समर बार्बिक्यु एवं भेटघाट कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न।

 कार्डिफ - 

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम, २ अगस्त २०२५ , शनिवारका  दिन सम्पन्न भएको छ । नेपाली समाज वेल्स, कार्डिफका पदाधिकारी, पंजीकृत सदस्य एवं शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भयो । 

                                                                                


कार्डिफको सेन्ट अल्बान्स रग्बी क्लब, ट्रीमोरफामा आयोजना गरिएको उक्त कार्यक्रम दिनको करिब १ बजे शुरु भइ बेलुकी करिब ६ बजे समापन भएको थियो। 


घाम र बादलको सम्मिश्रण भएको सितल दिनमा बार्बिक्युको आनन्द सबै जनाले लिनु भएको थियो। 


आफ्नो कार्य व्यस्तताको बाबजुद समय मिलाएर कार्यक्रममा सामेल भई दिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक आभार व्यक्त गर्दछ। 

साथै कार्यक्रम भब्य रुपमा सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने श्रीमती सुदिना मल्ल पुन, श्री सुर्य ढकाल , श्री राम चन्द्र पोख्रेल , श्री बल राम अधिकारी, श्री अमर मल्ल एवं अन्य सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

धन्यवाद।  

Sunday, 13 April 2025

नयाँ वर्ष २०८२ भब्य रुपमा सम्पन्न

 १२ अप्रिल २०२५  - कार्डिफ - 

नेपाली समाज वेल्स,कार्डिफको आयोजनामा नेपाली नयाँ बर्ष २०८२  को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ब्रेकन टाउन काउन्सिलका काउन्सिलर श्री महादेव थापा ज्यू बिशेष अतिथिको रुपमा उपश्थित  रहनु भएको थियो। 

वेल्सको राजधानी कार्डिफको रोथ सोसल क्लबको हलमा दिनको ५ बजेदेखि शुरु भएको कार्यक्रमको शुभारम्भ  प्रमुख अतिथि ज्यु र संस्थाका अध्यक्ष ज्यु बाट पानसमा दीप प्रज्वलित गरि गरिएको थियो।  कार्यक्रममा संस्थाका सचिब श्री बल थापाले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ बर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको सुख, शान्ति, दीर्घ जीवन एवं समृद्धिको कामना गर्नुभयो । 


 
    संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको अध्यक्षतामा                 सम्पन्न नेपाली नयाँ बर्ष २०८२ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि श्री महादेव थापा ज्युले नेपाली  समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली भाषीहरुको जमघट,आपसमा रहेको भाइचारा एवं सौहार्दता देखेर अनि नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई अत्यन्त हर्षित बनाएको बताउनु हुदै उपश्थित सबै नेपाली दाजु भाई दिदि बहिनि तथा नानी बाबुहरुलाई नया बर्षको शुभकामना व्यक्त गर्नु भयो।  

नयाँ बर्षको शुभकामना आदान प्रदानको अवसर पारेर संस्थाका सदस्यहरुको घर परिवारमा शैक्षिक सफलता प्राप्त गर्नुभएका नानि बाबुहरुलाइ  प्रत्येक बर्ष बधाई तथा सम्मान गर्ने संस्थाको प्रथा अनुसार २०२४ मा शैक्षिक सफलता प्राप्त गर्नुहुने महानुभाबहरु प्रति बधाई तथा सम्मान प्रकट गर्ने पुर्ब योजना भएता पनि निर्धारित समयमा कसैको नाम टिपोट नभएकाले सो कार्यक्रम हुन सकेन ।   

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा समाज भित्र नै रहनु भएका कलाकारहरुबाट मनमोहक सांस्कृतिक नाचहरु प्रस्तुत गरिएको थियो। नेपाली समाज वेल्सकी सह सचिब श्रीमती कल्पना कन्दंग्वाले सांस्कृतिक कार्यक्रम

संचालन गर्नु भएको र उक्त जिम्मेवारि प्रति  संस्थालाई धन्यवाद दिनुका साथै आफु गौरवान्वित भएको कुरा व्यक्त गर्नु भयो। सो अवसरमा कलाकारहरु एलि मल्ल,आयुशी ढकाल,एमिली थापा,लोजिफंग कन्दंगवा,दिव्या

खनाल,लाजेहांग कन्दंग्वा,प्रिशा पुन, रालु एभलोनिटिस, मिगनोन रेग्मी, शेरलिन थापा मगर तथा दिब्या र प्रदीप सुवेदीको जोडीले मनमोहक नृत्य प्रस्तुत गर्नुभएको थियो। 


उक्त कार्यक्रममा अत्यन्त रोचक तरिकाले राफल ड्रा प्रस्तुत गरिएको थियो। जसको सचालिका द्वय श्रीमती सुदिना मल्ल पुन र श्रीमती सावित्री कार्की श्रेष्ठ हुनहुन्थ्यो। राफल पुरस्कार जित्नुहुने सबै जना एक एक गर्दै छोटो नृत्य प्रस्तुत  गर्दै आएर आ आफ्नो पुरस्कार ग्रहण गर्नु भएको थियो। 


औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्री पदम पुनले शुभेच्छा एवं धन्यबाद मन्तब्य व्यक्त गर्नु भएको थियो। नेपाली नयाँ बर्ष सम्बन्धि प्रकाश पार्दै उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । आफ्नो मन्तव्यका क्रममा वहाले संस्थाद्वारा नेपाली संस्कृति उत्थान गर्ने यस्ता कार्यक्रमहरु नियमितरुपमा आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिन सबैको खास गरि नया पुस्ताको योगदान अमुल्य  रहने हुँदा सबैले आ आफ्नो ठाउँबाट सकेको साथ सहयोग गर्न अनुरोध गर्नुभयो। त्यस पछि लगत्तै सबैको लागि मनोरन्जनको लागि डिनर तथा स्टेज खुल्ला गरिएको र उपस्थित प्राय सबै जनाले अत्यन्तै हर्सौल्लासको साथ् सामुहिक नाच गान गर्नु भएको कार्यक्रम रातको १० बजे समापन भएको थियो। 

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि हल सजाउन आफ्नो कार्य व्यस्तताको बाबजुद अमुल्य समय दिई साथ सहयोग दिनु हुने पूर्व अध्यक्ष द्वय श्री राम चन्द्र पोखरेल र श्री निर लाल मोक्तान ज्यु साथै संस्थाका आजीवन सदस्य श्री बल राम अधिकारी ज्यु र सुर्य ढकाल ज्युलाई संस्था हार्दिक कृतज्ञता प्रकट गर्दछ। 

कार्यक्रम सफल पार्न सांस्कृतिक कार्यक्रमको लागि खटिनु हुने संस्थाको कार्यकारिणी समिति सदस्य द्वय श्रीमती सबिना थापा, श्रीमती सावित्री कार्की श्रेष्ठ तथा सुदिना मल्ल पुन, आर्थिक ब्यबस्थापनको लागि खटिनु हुने कोषाध्यक्ष श्री मति प्रसाद पुन ज्यु अनि सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर ज्यु ,साउण्ड सिस्टम मा सहयोग गर्नु हुने श्री उमेस थापा ज्यु, फोहोर ब्यबस्थापनमा संयोजन गर्नु हुने सदस्य श्री इन्द्र श्रेष्ठ ज्यु, सदस्य श्री जस बहादुर कन्दंगवा ज्यु , अनि सबै नृत्य कलाकार लगायत समस्त दाजु भाई दिदि बहिनीहरुमा नेपाली समाज परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ साथै भबिस्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछ।