Sunday, 29 July 2018

समर बार्बिक्यु २०१८ सम्पन्न

२८ जुलाई २०१८, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो | 
उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |

Friday, 6 July 2018

समर बार्बिक्यु २०१८ सम्बन्धि जानकारी


अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्सले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ| काम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|
कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ| यस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
कार्यक्रम सम्बन्धि अन्य जानकारी 
मिती – २८  जुलाई २०१८ शनिवार

समय - १३:००देखि १८:००सम्म 

स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868