Monday, 28 January 2013

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३ मा हाम्रो सहभागिता


२८ जनवरी २०१३ सोमवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३”भब्य रुपमा सम्पन्न भएको छ। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ।नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।