Sunday, 9 November 2025

रिमम्बरेन्स डे वेल्स २०२५ भब्य रुपमा सम्पन्न -

 


कार्डिफ - आईतवार ९ नोभेम्बर २०२५ , रोयल ब्रिटिश लिजनको संयोजकत्वमा वेल्स सरकार र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा यस पटक खास रुपमा युरोप तथा जापान माथिको बिजयको ८० औं बर्ष गाठको रुपमा रिमम्बरेन्स डे २०२५ भब्य रुपमा सम्पन्न भयो। 

     

                                                                 


सो कार्यक्रम सहभागिताको लागि आएको निमंत्रणा सहर्ष स्वीकार गरि नेपाली समाज वेल्सका पदाधिकारीहरु अध्यक्ष श्री पदम पुन , सचिब श्री बल थापा , कोषाध्यक्ष श्री मती प्रसाद पुन, सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर, सदस्य श्री जस बहादुर कन्दंग्वा, भू पु अध्यक्ष श्री पूर्ण चन्द्र लिम्बु लगायत श्रीमती प्रबिना थापा मगर तथा बाबु नानीहरुको सहभागिता रहेको थियो।


                                                           


 प्रथम विश्व युद्द तथा त्यसपछि भएका विभिन्न खाले युद्दहरुमा देशका लागि बीरगति प्राप्त गरेका योद्दाहरुको सम्झनामा हरेक बर्ष मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्ज्यान्ड्रा गार्डेनमा आयोजना गरिएको कार्यक्रममा भू पु सैनिक गण, बहाल वाला सैनिक गण सहित सैनिक ब्याण्ड बाजा टोलीले सो कार्यक्रमको परेडमा भाग लिएका थिए।


                                                              



बिहान ठिक ११ बजे शुरु गरिने उक्त कार्यक्रम, विभिन्न युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण गरि शुरु गरिएको थियो। 

सो अवसरमा सेनाद्वारा १ तोपको सलामी अर्पण गरि मौन धारण समाप्त भएको सुचित गरिएको थियो। 

सो कार्यक्रममा नेपाली समाजका भू पू अध्यक्ष श्री पूर्ण चन्द्र लिम्बु ज्युले Kohima Epitaph संदेश पढेर सुनाउनु भएको थियो। 

                                                                                                      

कार्यक्रमको अन्त्यमा परेडका सहभागीहरु पुन: सडकमा निस्की लाइन बद्ध परेडमा ब्याण्ड बाजाका साथ सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन भएको थियो। 


आफ्नो सैनिक जीवनको दौरानमा यस देश र जनताको रक्ष्यार्थ निस्वार्थ र इमान्दार पुर्वक निडर भइ युद्ध मैदानमा लड्नु हुने र सो अवसरमा आफ्नो जीवन बलिदान गर्नु हुने सम्पूर्ण बिर सैनिकहरु प्रति तथा आफ्नो गौरबमय नेपाली ईतिहास र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई स सम्मान चिनाउँनु हुने हरेक नेपाली दाजुभाईहरु प्रति नेपाली समाज वेल्स परिवार हार्दिक आभार व्यक्त गर्दछ।



सो कार्यक्रमबाट बिदाइ हुनु अगाडी कार्यक्रममा उपस्थित सबै नेपालीहरुको लागि लन्चको प्रबन्ध गरिएको थियो।आफ्नै व्यक्तिगत खर्चबाट 'द एवेरेस्ट बार एण्ड इटरी' मा लन्चको प्रबन्ध गर्नु हुने मनकारी समाजसेवी समाजका कोषाध्यक्ष श्री मती प्रसाद पुन ज्युलाई समाज मुरी मुरी धन्यबाद ज्ञापन गर्दछ। 

धन्यबाद।