Sunday, 13 September 2026

तीज २०२६ सम्पन्न।

कार्डिफ  - १२ सेप्टेम्बर २०२६। 


नेपाली समाज वेल्स, कार्डिफको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको छ। वेल्सको बिभिन्न क्षेत्र बिशेष गरि कार्डिफमा वसोवास गर्ने दिदीबहिनीहरुको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट अल्वान्स फुटबल तथा रग्बी क्लव हलमा रमाइलो सग तीजका गीत गाएर नृत्य, स्वादिस्ट परिकार खाइ पिईका साथ्  सम्पन्न भयो। कार्यक्रम दिउसो २ बजे शुरु भइ साझ ८ बजे समाप्त गरिएको थियो।




नेपाली समाजका सचिब बल थापाले उपस्थित सम्पूर्ण आगन्तुक दिदि बहिनी, नानी तथा आमा सम्पूर्णलाई कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै तिजको हार्दिक मङ्गलमय शुभकामना समेत दिनु भएको थियो।



कार्यक्रमको शुरुवात बिभिन्न स्वादिस्ट परिकारका साथ् खानपिनबाट शुरु भएको थियो। कार्यक्रममा ज्येस्ठ नागरिक समाजका सदस्य पण्डित श्री थानेश्वर पाण्डेयजी कि ममतामयी आमाको उपस्थिति, वहाको गायन तथा वाचनले अझ रौनकता थपेको थियो। साथै वहाकै करकमलका साथ दिदि बहिनीहरुले 'तिज २०२६' को केक काटेर माया साटासाट गर्नु भएको थियो।


                                                     


कार्यक्रमको उत्तरार्धमा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युले धन्यबाद ज्ञापन मन्तब्य दिनु हुदै कार्यक्रममा बृहत उपस्थितिको लागि सबैलाई धन्यवाद एवं शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको लागि परोक्ष वा अपरोक्ष रुपमा सहयोग गर्नुहुने समाजका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। 


अत्यन्तै सौहाद्र पूर्ण तवरले हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा दिदीबहिनीहरुले एकापसमा शुभकामना र खुशी साटासाट एवं पूर्ण मनोरन्जनका साथ  मनाएर यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न गरिएको थियो । 


कार्यक्रम सफलताको लागि बिशेष सहयोग पुर्याउनु हुने महानुभावहरु श्री शालिकराम काफ्ले,श्री बाबुराम खनाल,श्री बल राम अधिकारि,श्रीमती सुदिना पुन, श्री इन्द्र श्रेस्ठ, श्री मती प्रसाद पुन लगायत अन्य सम्पूर्ण सवैमा नेपाली समाज  बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।

धन्यवाद।