Monday, 25 August 2025

वेल्सको राजधानी कार्डिफमा तीज भव्य रुपमा मनाइयो।

 कार्डिफ  - २५ अगस्ट २०२५  सोमबार  -  

नेपाली समाज वेल्स, कार्डिफको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। वेल्सको बिभिन्न क्षेत्र बिशेष गरि कार्डिफमा वसोवास गर्ने नेपाली तथा नेपाली भाषी दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट अल्वान्स फुटबल तथा रग्बी क्लव हलमा गाना बजाना,तीजका नृत्य गरेर एवं स्वादिस्ट परिकार खाइ पिई गरेर सम्पन्न भयो। 

                                                                     

नेपाली समाजका सचिब बल थापाले उपस्थित सम्पूर्ण आगन्तुक बर्गलाइ कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै संचालन गर्नु भएको उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले  स्वागत मन्तब्य तथा तिजको शुभकामना दिनु भएको थियो। उक्त कार्यक्रममा भएको अपार सहभागिताले संस्थालाई अझै बढी हौसला बढेकोमा खुसि व्यक्त गर्दै सबैमा हार्दिक आभार व्यक्त गर्नु भयो।


कार्यक्रमको उत्तरार्धमा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युले धन्यबाद ज्ञापन मन्तब्य दिनु हुदै कार्यक्रममा बृहत उपस्थितिको लागि सबैलाई धन्यवाद एवं शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको लागि परोक्ष वा अपरोक्ष रुपमा सहयोग गर्नुहुने समाजका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। 

अत्यन्तै सौहाद्र पूर्ण तवरले हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा दिदीबहिनीहरुले एकापसमा शुभकामना र खुशी साटासाट एवं पूर्ण मनोरन्जनका साथ  मनाएर यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न भएको छ। 


कार्यक्रम सफलताको लागि बिशेष सहयोग पुर्याउनु हुने महानुभावहरु श्री शालिकराम काफ्ले,श्री बाबुराम खनाल,श्री बल राम अधिकारि,श्री राम चन्द्र पोखरेल,श्री सुर्य ढकाल,श्री जीवन के सी,श्री संजिव मैनाली,श्रीमती सुदिना पुन, तथा अन्य सम्पूर्ण सवैमा नेपाली समाज  बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।

धन्यवाद। 

Friday, 8 August 2025

आत्मिक गुरु श्री रुपेश्वर दास गौर ज्यू सँगको सत्संग भव्य रूपमा सम्पन्न।

 

कार्डिफ, दिनांक - 7 अगस्त 2025

विश्व विख्यात नेपाली आत्मिक गुरु, दिग्दर्षक एवम् पथ प्रदर्शक श्री रुपेश्वर गौर दास ज्यूको मुखार बिन्दुबाट बेलायत तथा नेपालमा विज्ञान तथा आध्यात्मिक जीवन सम्बन्धी प्रवचन कार्यक्रम  श्रवण गर्न र साथ साथै अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन नेपाली समाज वेल्स,कार्डिफ संग आवद्ध हुनु भएका आत्मिक ज्ञान लिन ईच्छुक महानुभावहरुको भेला YMCA plas 2 Shakespeare Street, Roath, Cardiff, CF24 3ES मा भएको थियो।
50 जना मात्र बस्न सक्ने क्षमता भएको हलमा करिब 65 जना प्रवचन श्रवण कर्ताहरुको खचाखच उपस्थिति रहेको थियो।


कार्यक्रमको शुरुवातमा समाजका भु पु सचिव श्री अमर मल्लले सहभागी सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्नु हुँदै कार्यक्रमको संक्षिप्त रूपरेखा प्रस्तुत र सुरक्षा नियमनको बारेमा जानकारी दिनु भएको थियो।
त्यसपछि वहांले उपस्थित सबैलाई कार्यक्रमका सहजकर्ता श्री सिद्धार्थ भण्डारीको परिचय दिनु हुँदै कार्यक्रम सञ्चालनको लागि माइक्रो फोन हस्तान्तरण गर्नु भएको थियो।



सहजकर्ता श्री भण्डारीले आत्मिक गुरु श्री रुपेस्वर गौर दास ज्यूको छोटो परिचय दिनु हुँदै वहाँलाई मञ्चमा आइ आसन ग्रहण गर्न आमन्त्रित गर्नु भएको थियो।

त्यस पछि श्री भण्डारीले गुरु श्री गौर दास ज्यूको पालनपोषण तथा वहाको बाल्यकालीन जीवनको बारेमा प्रकाश पार्नका लागि गुरु स्वयंलाई अनुरोध गर्नु भएको थियो।


कार्यक्रमको सहजकर्ता र आत्मिक गुरु दास ज्यू बीचको अन्तर्क्रिया कार्यक्रम सरल एवम् सौहार्द पूर्ण रुपमा करीब 2 घण्टा जति चलेको साथै वार्तालापका क्रममा गुरुले जीवनका विभिन्न पहलुहरु जस्तै आत्मिक शान्ती अनि जीवनमा यसको महशुस र ज्ञानको पालना साथ साथै अरू थुप्रै यस्ता विषयको बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रमको अर्को चरणमा सबै उपस्थित महानुभावहरुलाई आफ्नो प्रश्न एक एक गरी गुरु ज्यू समक्ष सहजकर्ता मार्फत राख्न र वहाको उत्तरको रूपमा आत्मिक वाणी प्रस्तुत गर्न समय दिइएको थियो।


त्यस पछि नेपाली समाज वेल्स कार्डिफका अध्यक्ष श्री पदम पुन  ज्यूले आफ्नो मन्तब्य ब्यक्त गर्नु हुँदै ज्ञान बाड्न पदार्पण गर्नु हुने गुरु श्री गौर दास ज्यू, कार्यक्रम सहजकर्ता श्री सिद्धार्थ भण्डारी,सबै श्रवण कर्ता दाजु भाई दिदी बहिनीहरू र खास गरी कार्यक्रमको लागि प्रसाद तयार गर्न पूर्ण सहयोग गर्नु हुने श्री शालिक राम काफ्ले ज्यू र बाबु राम खनाल ज्यु समेत लाई कृत्यज्ञता प्रकट एवम् धन्यवाद ज्ञापन गर्नु भएको थियो।


कार्यक्रमको विसर्जन गर्नु हुँदै समाजका भू पु अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले श्रद्धेय गुरु गौर दास ज्यू लाई प्रेमको प्रतीक स्वरूप दान भेटी एवम् सुनाखरी फूलको गमला प्रदान गर्नु भएको थियो । सो कार्यक्रम साँझ 6:20 मा सामूहिक तस्बीर लिई सके पछि समाप्त भएको थियो ।

सिंगो समाज नेपाली समाज वेल्सका अध्यक्ष ज्यूलाई यस आत्मिक कार्यक्रमको आयोजना गर्नु भएकोमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

धन्यबाद।

Saturday, 2 August 2025

समर बार्बिक्यु एवं भेटघाट कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न।

 कार्डिफ - 

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम, २ अगस्त २०२५ , शनिवारका  दिन सम्पन्न भएको छ । नेपाली समाज वेल्स, कार्डिफका पदाधिकारी, पंजीकृत सदस्य एवं शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भयो । 

                                                                                


कार्डिफको सेन्ट अल्बान्स रग्बी क्लब, ट्रीमोरफामा आयोजना गरिएको उक्त कार्यक्रम दिनको करिब १ बजे शुरु भइ बेलुकी करिब ६ बजे समापन भएको थियो। 


घाम र बादलको सम्मिश्रण भएको सितल दिनमा बार्बिक्युको आनन्द सबै जनाले लिनु भएको थियो। 


आफ्नो कार्य व्यस्तताको बाबजुद समय मिलाएर कार्यक्रममा सामेल भई दिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक आभार व्यक्त गर्दछ। 

साथै कार्यक्रम भब्य रुपमा सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने श्रीमती सुदिना मल्ल पुन, श्री सुर्य ढकाल , श्री राम चन्द्र पोख्रेल , श्री बल राम अधिकारी, श्री अमर मल्ल एवं अन्य सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

धन्यवाद।