Saturday, 2 August 2025

समर बार्बिक्यु एवं भेटघाट कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न।

 कार्डिफ - 

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम, २ अगस्त २०२५ , शनिवारका  दिन सम्पन्न भएको छ । नेपाली समाज वेल्स, कार्डिफका पदाधिकारी, पंजीकृत सदस्य एवं शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भयो । 

                                                                                


कार्डिफको सेन्ट अल्बान्स रग्बी क्लब, ट्रीमोरफामा आयोजना गरिएको उक्त कार्यक्रम दिनको करिब १ बजे शुरु भइ बेलुकी करिब ६ बजे समापन भएको थियो। 


घाम र बादलको सम्मिश्रण भएको सितल दिनमा बार्बिक्युको आनन्द सबै जनाले लिनु भएको थियो। 


आफ्नो कार्य व्यस्तताको बाबजुद समय मिलाएर कार्यक्रममा सामेल भई दिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक आभार व्यक्त गर्दछ। 

साथै कार्यक्रम भब्य रुपमा सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने श्रीमती सुदिना मल्ल पुन, श्री सुर्य ढकाल , श्री राम चन्द्र पोख्रेल , श्री बल राम अधिकारी, श्री अमर मल्ल एवं अन्य सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

धन्यवाद।  

No comments:

Post a Comment