Sunday, 3 March 2013

राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ मा संयुक्त सहभागिता


१ मार्च २०१३, सुक्रबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ ” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१३ ” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।

Monday, 28 January 2013

राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३ मा हाम्रो सहभागिता


२८ जनवरी २०१३ सोमवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१३”भब्य रुपमा सम्पन्न भएको छ। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ।नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।

Wednesday, 14 November 2012

रिमेम्बरेन्स डे २०१२ कार्यक्रम र हाम्रो सहभागिता

बेलायत/ कार्डिफ,
११ नोभेम्बर २०१२ आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१२ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो|

Monday, 12 November 2012

दशैं-तिहार २०६९ कार्यक्रम भब्य रुपमा सम्पन्न

बेलायत / कार्डिफ ,१० नोभेम्बर २०१२, शनिवार,
हरेक बर्ष जस्तै यस वर्ष पनि वेल्स नेपाली समुदायले भब्य रुपमा दशैँ - तिहार २०६९ कार्यक्रम को आयोजना गरी कार्डिफ तथा वेल्समा  बसोबास गर्ने नेपालीहरु बीच एकता र भाइचारा लाई कायम राख्दै नेपाली परम्परा , संस्कृति र कलालाई जीवन्त राख्ने प्रयास गरेको छ।
कार्यक्रम कार्डिफको रोथ कन्जरभेटीब क्लबमा यही नोभेम्बर 10 तारिखमा सम्पन्न भएको थियो भने  आफ्नो कार्य ब्यस्थतालाई एकातिर पन्छाउदै सम्पूर्ण नेपालीहरुको उक्त कार्यक्रममा उपस्थिती थियो। तीन चरण मा विभाजित कार्यक्रम को पहिलो चरण संस्थाका सह-सचिव श्री महेश देवकोटा ज्यूले  कवितामय रुपले उपस्थित महानुभाबहरु लाई दशैं र तिहारको शुभकामना तथा कार्यक्रम को शुभारम्भ गर्नु भएको थियो। संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र लिङ्देन ज्यूले स्वागत मन्तब्य दिनु भएको थियो। त्यसैगरी संस्थाकी सह-कोषाध्यक्ष  श्रीमती लक्ष्मी अधिकारी ज्यूले दशैं -तिहार र यसको महत्व बारे अंग्रेजी भाषामा जानकारी  दिनु  भएको थियो।

Thursday, 18 October 2012

बडा दशैं तथा शुभ दिपावली २०६९ को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
                                                 
-वेल्स नेपाली समुदाय, कार्डिफ 

दशैं-तिहार २०६९ कार्यक्रम भब्य रुपमा मनाउने तयारी


गत वर्षहरु जस्तै यस वर्ष पनि "वेल्स नेपाली समुदाय, कार्डिफ"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ  दशैं-तिहार २०६९ कार्यक्रम भब्य रुपमा मनाउने निधो गरेको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०६९  कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "वेल्स नेपाली समुदाय, कार्डिफ" हार्दिक अनुरोध गर्दछ|

Monday, 15 October 2012

हार्दिक समबेदना

१९/०६/१९४० - ०९/१०/२०१२ 
ल्यानरम्नी , कार्डिफ निवासी यस संस्थाका सदस्य तथा कोषाध्यक्ष  श्री बिभूषणमान श्रेष्ठ का पुजनीय माता श्रीमती हरि मायाँ श्रेष्ठ   को  ०९ अक्टोबर २०१२  का दिन नेपालमा ७२ वर्षको उमेरमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दै यस दु:खद धडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ

Monday, 1 October 2012

दोश्रो महाधिबेशन सम्पन्न

नयाँ कार्यसमिति 

२९ सेप्टेम्बर २०१२, शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन सम्पन्न भयो| संस्थाका  अध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब  श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा  सहभागिता रहेको संस्थाको दोश्रो महाधिबेशनमा  सचिब श्री पोखरेलले संस्थाले पहिलो अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|

Monday, 17 September 2012

चेलीहरुलाई तिजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न


१५ सेप्टेम्बर २०१२ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Saturday, 1 September 2012

वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन

वेल्स नेपाली समुदाय, कार्डिफको २० औं बैठकको निर्णय अनुसार संस्थाको दोश्रो महाधिबेशन यहि २९ सेप्टेम्बर २०१२ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |