Sunday, 29 July 2018

समर बार्बिक्यु २०१८ सम्पन्न

२८ जुलाई २०१८शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो | 
उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |

Friday, 6 July 2018

समर बार्बिक्यु २०१८ सम्बन्धि जानकारी


अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्सले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छकाम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|
कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मकपरिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छयस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
कार्यक्रम सम्बन्धि अन्य जानकारी 
मिती – २८  जुलाई २०१८ शनिवार

समय - १३:००देखि १८:००सम्म 

स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868

Saturday, 21 April 2018

नयाँ बर्ष २०७५ धमाका भब्य रुपमा सम्पन्न

१४ अप्रिल २०१८ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७५ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब श्री निरलाल मोक्तानज्यूले संचालन गर्नुभएको थियो भने अध्यक्ष श्री राम चन्द्र पोखरेलज्यूले पानसमा बत्ती वाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो | उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न प्रत्येक्ष अप्रत्येक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद दिनु भयो|

Friday, 30 March 2018

नयाँ बर्ष २०७५ मनाउने वारे जानकारी

नयाँ बर्षको आगमनले हरेक नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण यूकेमा बस्ने नेपालीहरु पनि यस खुशियालिबाट कदापी वन्चित हुन सक्दैनौं | हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा यसपालिको नयाँ बर्ष २०७५ पनि भब्यताका साथ सम्पन्न हुनेछ भन्नेमा हामी पूर्ण आशाबादी छौ |
संसारको रित नै यो छकी मानिस जन्मे पछी नमरुन्जेल सम्म कहिल्यै विभिन्न परिवेशबाट फुर्सदिलो हुदैन | सिक्काको दुई पाटो भने जस्तै जीवनको पनी दु:ख र सु:ख दुई पाटो हुन्छ जुन कहिले छुट्टीन सक्दैन केवल मात्रामा मात्रै तल माथि हुन्छ, यही दु:ख र सु:ख को मात्रालाई सन्तुलन राख्न्न बेला बेलामा रमाइलो गरी राख्नु पर्छ जसले मन र मस्तिकलाई उर्जा दिई जीवनको यात्रालाई आनन्दित बनाउदै दिर्घजीबी बनाउंछ |

Monday, 5 March 2018

Presentation Skill Development Programme सम्बन्धि जानकारी


बिशेषगरि हाम्रा समाजमा रहनुभएका सम्पूर्ण महानुभाबहरुका माझ विभिन्न सहयोगात्मक कार्यक्रमहरु आयोजना गर्दै हामी संग भएका प्रतिभाहरुको पहिचान गर्दै थप हौशला प्रदान गर्न पहल गर्ने प्रतिबद्दता अनुरुप नेपाली समाज वेल्सले पहिलो प्रयास स्वरूप Presentation Skill Development Programme आयोजना गरेको यहाँहरुमा अबगत गराईन्छ |

यस कार्यक्रम हालका लागि विशेषत युवा भाई बहिनीहरुमा केन्द्रित गरिएको र जसका लागि सहभागीले रोजेको कुनै पनि विषयमा करिव ५ देखि १० मिनेट सम्मको प्रेजेन्टेसन उपस्थित महानुभावहरुको अगाडी प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ | यसले हाम्रा युवा भाईबहिनीहरुलाई धेरै मानिसहरुको अगाडी आत्मविश्वासका साथ वोल्ने कलाको विकास एबं आफ्नो मनमा लागेका कुरा प्रस्ट संग राख्न सक्ने क्षमताको बृद्दी होस् भन्ने हो | 

युवावर्ग हाम्रा समाजका भविष्यका कर्णधार भएको हुँदा वहाँहरुलाई हामीले जति वलियो बनाउन सक्यौ त्यतीनै हाम्रो समाज बलियो हुने हुँदा नेपाली समाज वेल्सले यसलाई विशेष ध्यान दिएर युवा वर्गहरुलाई समेट्ने कार्यक्रमहरु ल्याउनु पर्छ भन्नेमा सम्पूर्ण कार्यसमितिका महानुभाबहरु एकमत हुँदै यस कार्यक्रमको आयोजना गरिएको र यसकोलागी हाम्रा समाजका सम्पूर्ण सदस्य तथा शुभचिन्तकज्युहरुको पनि उत्तिकै सहयोगको अपेक्षा राखिएको छ | कृपया आ आफ्नो परिवारका सदस्यहरुमा यस कार्यक्रम सम्बन्धि जानकारीका साथ सहभागी हुन् प्रोत्साहन गर्नुहुन हार्दिक अनुरोध छ |

Monday, 26 February 2018

राष्ट्रिय प्रजातन्त्र दिबस भव्यताका साथ सम्पन्न


१८ फेब्रुअरी २०१८ आईतवार -  नेपाली दुताबास लन्डनले पहिलो पटक राष्ट्रिय प्रजातन्त्र दिवस लन्डन वाहिर वेल्सको राजधानी कार्डिफमा भव्यरुपमा सम्पन्न गरेको छ | 
नेपाली दूतावासको निमन्त्रणामा वेल्सबाट प्रतिनिधित्व गर्ने सांसद, मेयर, उपमेयर, काउन्सिलरहरु साथै  विभिन्न संघ संस्थाका उच्चपदस्त प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुका साथै बेलायति पाहुनाहरुको भब्य सहभागिता रहेको थियो | 

नेपाली दूतावासका डेपुटी चिफअफ मिसन श्री शरद राज आरनज्युले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय गानवाट कार्यक्रमलाई सुरुवात गरिएको थियो भने राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा सम्पूर्ण सहभागी महानुभाबहरुमा शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो| नेपाल र बेलायतको पुरानो सम्बन्ध वारे प्रकाश पार्दै महामहिम डा सुबेदीले नेपालीहरुका हितका लागि योगदान पुर्याउने  बेलायत सरकार, बेलायती जनता र विभिन्न संग सँस्थाहरुप्रति खुशी व्यक्त गर्नु भएको थियो |

Sunday, 12 November 2017

नेपाली समाज वेल्स, यूके रिमेम्बरेन्स डे परेडमा सहभागी



वेल्स, बेलायत - आईतवार १२  नोभेम्बर २०१७, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१७ भब्य रुपमा सम्पन्न भयो| कार्यक्रमको अबसरमा नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो| पहिलो विश्व युद्द देखि

Saturday, 21 October 2017

दशैं र तिहारको कार्यक्रम भव्यताका साथ सम्पन्न |

१४ अक्टोबर २०१७शनिवारनेपाली समाज वेल्स, युकेको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७४/२०१७ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७४/२०१७ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो | 

संस्थाका सचिब श्री निर लाल मोक्तान ज्युले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो |

Monday, 9 October 2017



डा दशैं तथा शुभ दिपावली २०७४ को शुभ उपलक्ष्यमा  सम्पूर्ण   
नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख, शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
                                                

दशैं - तिहार २०७४ मनाउने सम्बन्धि जानकारी 


गत वर्षहरु जस्तै यस वर्ष पनि "नेपाली  समाज वेल्स, यू. के."ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ  दशैं-तिहार २०७४ कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरिएको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार पर्बको  भरपूर्ण मनोरंजन लिनु हुन् "नेपाली समाज वेल्स, यू .के." हार्दिक अनुरोध गर्दछ|

Tuesday, 12 September 2017

बार्षिक साधारण सभा एबं विषेश अधिवेशन सम्बन्धि जानकारी

नेपाली समाज वेल्स आफ्ना सम्पूर्ण सदस्य महानुभावहरुलाई यही आउदो सेप्टेम्बर २४ आईतबारका दिन, दिनको १२:०० बजे देखि४:०० बजे सम्म Cathays Youth and Community Centre (36 Cathays Terrace, Cardiff CF24 4HX) मा बार्षिक साधारण सभाकोसाथै विषेश अधिवेशन हुन गैरहेको जानकारी गराउछ र उपस्थितको लागि हार्दिक अनुरोध गर्दछ |
यस कार्यक्रममा यहाँहरुको उपस्थित अतिनै महत्वपूर्ण हुनेछ किनभने यस कार्यक्रममा गएको एक बर्ष नेपाली समाज वेल्सले गरेका विभिन्न कार्यक्रम र आयव्ययको बिबरणका जानकारीका साथै आगामी वर्षमा यस संस्थाले गर्ने कामहरुको योजना तर्जुमा गर्नेछ |
अर्को महत्वपूर्ण काम भनेको यस संस्थाको  संबिधानको धारा, नियम र उपनियमहरुका बारे छलफल गरी  आवस्यकता अनुसार संशोधन गर्नुपर्ने देखिएको हुँदा त्यस सम्बन्धि बिशेष छलफलका साथ बिधान संशोधन गर्न प्रयासरत रहने जानकारी अबगत  गराईन्छ | यसको लागी यहाँहरुको सल्लाह र  सुझाभ अतिनै महत्वपूर्ण हुनेहुँदा सम्पूर्ण सदस्य महानुभाबहरुको  उपस्थितको लागि फेरी पनि हार्दिक अनुरोध गरिन्छ|



धन्यवाद |