![]() |
| नृत्य प्रस्तुत गर्दै आमा समूह |
![]() |
| नृत्य प्रस्तुत गर्दैआयुष्मा, सबिना, प्रान्जिल र सिमरन |
![]() |
| नृत्य प्रस्तुत गर्दै आमा समूह |
![]() |
| नृत्य प्रस्तुत गर्दैआयुष्मा, सबिना, प्रान्जिल र सिमरन |
वेल्स / शनिवार ३१ डिसेम्बर २०१६, तमु समुदाय कार्डिफको आयोजनामा तमु ल्हो-छार पर्ब भब्य रुपमा सम्पन्न भयो |श्री अमृत घलेले संचालन गरेका उक्त कार्यक्रममा आ-आफ्नो सस्कृति झल्किने गुरुङ पोशाक र सझी-सजावट हलमा नेपाली रास्ट्रिय गानबाट कार्यक्रम सुरु भएको थियो | रमाइला नाच,गानका साथै विभिन्न परीकारका खान-पिनमा सबै जना मस्त देखिन्थे | उदघोसकबाट उपस्थित सबै जनालाई तमु ल्हो-छारको परिचय ,स्वागतका साथै सुभकामना व्यक्त गरिएको थियो | तेस्तै गरि नेपाली समाज वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले ल्हो छारको शुभकामना संदेश दिनु भएको थियो भने सस्थापक अध्यक्ष श्री चित्र बहादुर राई र सदस्य श्री शुक्र राज गुरुङबाट स्वागत साथै सुभकामना मन्तब्य व्यक्त गरिएको थियो | तमु समुदाय कार्डिफको निमन्त्रणालाई सहर्स सुईकारी पाल्नुहुने नेपाली समाज वेल्सका पदाधिकारी दाजुभाई,दिदिबहिनि तथा नानिहरु , तेस्तै गरि ब्रेकन र कम्रान बासी तमु दाजुभाई,दिदिबहिनि,अनि नानिहरुको उपस्थितिले अझै सुनमा सुगन्ध झई भएको थियो |
वेल्स- १४
डिसेम्बर २०१६ बुधबार, The Rt. Hon. The Lord Mayor of
Cardiff, Councillor Monica Walsh (द राईट अनरेबल द लर्ड मेयर अफ कार्डिफ, काउन्सिलर मोनिका वाल्स) को
बिशेष निमन्त्रणामा नेपाली समाज वेल्सका प्रतिनिधि मण्डल संस्थाका अध्यक्ष श्री
राम चन्द्र पोखरेलको नेतृत्वमा लर्ड मेयरको आयोजनामा गरिएको चियापान समारोहमा
सहभागी हुनुभयो | भेटका अबसरमा अध्यक्ष श्री पोखरेलले संस्थाका पधाधिकारीहरुको
परिचय गराउदै वेल्स सरकारले आयोजना गरेका सबै खालका कार्यक्रममा सहभागी भई रहेको र सधै यसरीनै
सहभागी हुने साथै एक आपसमा सदभाबको बाताबरण अझ मझबुत बनाउदै अगाडी बढ्ने
प्रतिबद्दता व्यक्त गर्नुभयो | कार्यक्रममा निमन्त्रणा गरि नेपालीहरुको पहिचानलाई
आत्मैदेखि सम्मान गरेकोमा साथै एक आपसमा
नजिकिदो बाताबरण तयार गर्ने वेल्स सरकारका साथै लर्ड मेयर मोनिका वाल्सप्रति खुशी
ब्यक्त गर्दै संस्थाको तर्फबाट खादा ओडाई मेयरलाई सम्मान गर्नुभयो |
२२ अक्टोबर २०१६, शनिवार, नेपाली समाज वेल्सको
आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम
भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र
परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो
मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा
लिइएको यस दशैं+तिहार २०७३/२०१६ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
१७ सेप्टेम्बर
२०१६, शनिवारका दिन संस्थाको चौथो
महाधिबेशन सम्पन्न भयो| संस्थाका तात्कालिन अध्यक्ष
श्री मती प्रसाद पुनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब
श्री निर लाल मोक्तानले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा
धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका
सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको चौथो
महाधिबेशनमा तात्कालिन सचिब श्री निर लाल मोक्तान ले संस्थाले तेश्रो अधिबेशन
देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले
वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान
प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक
महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द
हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश
गर्नुभएको थियो|