Thursday, 13 July 2017

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्ष्यमा नेपाली समाज वेल्सले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको खबर सुनाउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ कार्यक्रममा चेलीहरुको लागि मात्र प्रबेशको ब्यबस्था मिलाईएको छ 

Monday, 10 July 2017

समर बार्बिक्युको कार्यक्रम भव्यरुपमा सम्पन्न |

 जुलाई २०१७शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो | 

Tuesday, 20 June 2017

समर बार्बिक्यु सम्बन्धि जानकारी

२० जून २०१७ - सधै जस्तै यसपाली पनि संस्थाले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छकाम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मकपरिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छयस्ता खालका कार्यक्रम सधै नभईरहने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|

Saturday, 17 June 2017

पिकनिक कार्यक्रम

नेपाली समाज वेल्सले नेपाली समाजका सिनियर नागरिकलाई सम्मान गर्ने उदेश्यले जुन ३, २०१७ शनिवारको दिन रोथपार्कमा पिकनिक कार्यक्रमको आयोजना गरेको थियो |
नयाँ वर्ष २०७४ मनाउने क्रममा सांगेतिक टोलीमा सहभागी दिदिबहिनी तथा साना भाईबहिनीले धेरै सहयोग गरी नयाँ वर्षको कार्यक्रम भब्यताका साथ सफल वनाउन सहयोग गरेकोमा साथै यसरी सधै सहयोगको भाबना जागृत हुदै जाओस भन्ने हेतुले उहाहरुलाई पनि प्रोत्सान स्वरूप सहभागिता गराईएको थियो |

Monday, 17 April 2017

नयाँ बर्ष २०७४ मनाउने कार्यक्रम भब्य रुपमा सम्पन्न |

नृत्य प्रस्तुत गर्दै आमा समूह 
नयाँ बर्ष २०७४ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ| विभिन्न कार्यक्रमले रंगिएको उक्त नयाँ बर्ष रमझममा आ-आफ्नो वेस्तता लाई थाती राखी वेल्सको विभिन्न ठाउमा बसोबासरत दाजुभाई तथा दिदिबहिहरुको उल्लेख्य सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
नृत्य प्रस्तुत गर्दैआयुष्मा, सबिना, प्रान्जिल र सिमरन  

Tuesday, 14 March 2017

नयाँ बर्ष २०७४ मनाउने सम्बन्धि जानकारी

याँ बर्षको आगमनले हरेक नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण यूकेमा बस्ने  नेपालीहरु पनि यस खुशियालिबाट कदापी बन्चिंत हुन सक्दैनो| हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा यो नयाँ बर्ष २०७४ पनि भब्यताका सफल हुनेछ भन्नेमा हामीले पूर्ण आशा राखेका छौ |

Wednesday, 4 January 2017

वेल्सको कार्डिफमा तमु ल्हो-छार कार्यक्रम सम्पन्न

वेल्स  / निवार ३१ डिसेम्बर २०१६, तमु  समुदाय  कार्डिफको  आयोजनामा तमु ल्हो-छार पर्ब  भब्य  रुपमा  सम्पन्न भयो |श्री अमृत घलेले संचालन गरेका उक्त  कार्यक्रममा आ-आफ्नो सस्कृति  झल्किने  गुरुङ पोशाक र सझी-सजावट  हलमा नेपाली रास्ट्रिय गानबाट  कार्यक्रम सुरु  भएको  थियो | रमाइला नाच,गानका  साथै विभिन्न परीकारका  खान-पिनमा सबै जना मस्त  देखिन्थे  | उदघोसकबाट उपस्थित  सबै जनालाई तमु ल्हो-छारको परिचय ,स्वागतका  साथै सुभकामना व्यक्त गरिएको थियो | तेस्तै गरि नेपाली  समाज वेल्सका  अध्यक्ष  श्री राम चन्द्र पोखरेलले ल्हो छारको शुभकामना  संदेश  दिनु भएको  थियो भने सस्थापक अध्यक्ष  श्री चित्र  बहादुर राई र सदस्य श्री शुक्र राज गुरुङबाट स्वागत  साथै सुभकामना मन्तब्य व्यक्त गरिएको थियो |  तमु  समुदाय  कार्डिफको  निमन्त्रणालाई  सहर्स सुईकारी  पाल्नुहुने नेपाली समाज वेल्सका पदाधिकारी दाजुभाई,दिदिबहिनि तथा  नानिहरु , तेस्तै गरि ब्रेकन र कम्रान बासी तमु दाजुभाई,दिदिबहिनि,अनि नानिहरुको उपस्थितिले अझै सुनमा  सुगन्ध  झई भएको थियो |

Sunday, 18 December 2016

क्यान्सर रिसर्च वेल्सको च्यारिटीमा सहभागीता

वेल्स- १४ डिसेम्बर २०१६ बुधबार, The Rt. Hon. The Lord Mayor of Cardiff, Councillor Monica Walsh (द राईट अनरेबल द लर्ड मेयर अफ कार्डिफ, काउन्सिलर मोनिका वाल्स) को बिशेष निमन्त्रणामा नेपाली समाज वेल्सका प्रतिनिधि मण्डल संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा लर्ड मेयरको आयोजनामा गरिएको चियापान समारोहमा सहभागी हुनुभयो | भेटका अबसरमा अध्यक्ष श्री पोखरेलले संस्थाका पधाधिकारीहरुको परिचय गराउदै वेल्स सरकारले आयोजना गरेका सबै खालका कार्यक्रममा सहभागी भई रहेको र सधै यसरीनै सहभागी हुने साथै एक आपसमा सदभाबको बाताबरण अझ मझबुत बनाउदै अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो | कार्यक्रममा निमन्त्रणा गरि नेपालीहरुको पहिचानलाई आत्मैदेखि सम्मान गरेकोमा  साथै एक आपसमा नजिकिदो बाताबरण तयार गर्ने वेल्स सरकारका साथै लर्ड मेयर मोनिका वाल्सप्रति खुशी ब्यक्त गर्दै संस्थाको तर्फबाट खादा ओडाई मेयरलाई सम्मान गर्नुभयो |  

Sunday, 20 November 2016

आर्थिक सहयोग

आदरणीय नेपाली समाज वेल्सका सदस्य तथा शुभ चिन्तक महानुभाबहरु,
नेपाली समाज वेल्सका सदस्य श्री काली बहादुर लिम्बुको धर्म पत्नी श्रीमती जस कुमारी लिम्बुको असमायिक निधन भएको कुरा यहाँहरुमा सर्बबिधितै छ नेपाली समाज वेल्सको बिधान अनुसार मृतकको अन्तिम संस्कारको लागि मृतकको परिवारलाई २००० पाउण्ड सहयोग गर्ने भन्ने अनुसार मृतकको परिवारलाई सो रकम अथासक्य चांडो जरुरि देखिएकोले र अहिलेको अवस्थामा नेपाली समाज वेल्स आर्थिक रुपमा सबल भईनसकेको हुँदा २० नोवेम्बेर २०१६ का दिन बसेको कार्यसमितिको बैठकले सदस्य तथा शुभचिन्तक हरु बाट सकेको आर्थिक सहयोग संकलन गरि नपुग रकम संस्थाको खाताबाट भरताल गर्ने गरि निर्णय गरिएको व्यहोरा अबगत गराईन्छ | सदस्य तथा शुभचिन्तकहरुबाट ईच्छा र गक्ष अनुसार सहयोगको अपेक्षा गर्दै गाईड लाईन स्वरूप  ३० पाउण्ड र बढीमा आफ्नो स्वेच्छाले जतिपनि सहयोग गर्न सकिने व्यहोरा अबगत गराउन चाहन्छौं | यसै निर्णय बमोजिम सँस्था  यहाँहरु समक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछ|

Thursday, 17 November 2016

रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न |


आईतवार १३  नोभेम्बर २०१रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट  कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१ भब्य रुपमा सम्पन्न भयोकार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलकोनेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियोपहिलो विश्व युद्द देखि एता विभिन्नयुद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सकोराजधानी कार्डिफको सिटी हलपछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियोविभिन्न पोशाक  ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढोअनुशासनका साथ परेडमा भाग लिएको देखिन्थ्यो