Tuesday, 20 June 2017

समर बार्बिक्यु सम्बन्धि जानकारी

२० जून २०१७ - सधै जस्तै यसपाली पनि संस्थाले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ| यस्ता खालका कार्यक्रम सधै नभईरहने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
कार्यक्रम सम्बन्धि अन्य जानकारी 

मिती – ०१  जुलाई २०१७ शनिवार

समय - १२:००देखि २०:००सम्म 

स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868

बिशेष अनुरोध: 

स्याटन्याभ लगाउँदा निम्न ठेगाना प्रयोग गर्नुहोला 
82 Whitaker Road, CF24 2RJ  (यो ठेगाना गाईडको लागि मात्र, कृपया ८२ नम्बरमा ढोका हान्न नजानुहोला) 

प्रवेश सहयोग शुल्क:

५ बर्ष भन्दा मुनि - निशुल्क

 ६ देखि १२ बर्ष सम्म - £५   

१२ बर्ष भन्दा माथिका लागि - £१०  

यातायात:
कार्यक्रम स्थलमा निशुल्क पार्किंगको व्यवस्था रहेको छ भने लोकल बसबाट यात्रा गर्नुहुने महानुभाबहरुले कार्डिफ बसको रुट न. १, २, र ११ बाट सजिलै कार्यक्रम स्थल नजिकै पुग्न सकिने छ |




कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ |
धन्यवाद ! 

No comments:

Post a Comment