Sunday, 14 April 2019

!!!!! नयाँ वर्ष २०७६को भब्य रुपमा स्वागत !!!!!


१३ अप्रिल २०१८ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७६ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा बडो हर्ष र उल्लासका साथ सम्पन्न भयो । विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब श्री अमर ध्वज मल्ल ज्यूले संचालन गर्नुभएको थियो भने अध्यक्ष श्री अमृत घले ज्यूले पानसमा बत्ती वाली कार्यक्रमलाई सु-आरम्भ गर्नु भएको थियो । उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको भयो । 

आ-आफ्नो वेस्ततालाई थाती राखी नेपाली कला र संस्कृतिमा साथमा साथ दिन वेल्सका विभिन्न क्षेत्रबाट राम्रो सहभागिता थियो नै साथै ब्रिस्टल, ब्रिइटन र बिर्मिंगहाम बाट पनि महानुभावहरु पाल्नु भएको थियो । कार्यक्रमको प्रमुख आतिथिका रुपमा भाइस प्रिन्सिपल अफ लण्डन कलेजअफ कृयटिभिटि मान्यजमेन्ट र इस्लिंगटन कलेज, काठमाडौँ, नेपालका डा. साइमन जोन्स र गैर आबासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यू हुनुहुन्थ्यो । बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु निकै खुशी देखिनुहुन्थ्यो ।

यसै अबसरमा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भयो| संस्थाका अध्यक्ष श्री अमृत घले र उपाध्यक्ष श्री निर लाल मोक्तान ज्यूहरु बाट खाडा र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।सम्मान पाउने ब्यक्तित्वहरुमा श्रीमती भुवन के. सि खड्का , श्री सरोज लिम्बु, श्री सन्दिप लिम्बु, श्री अयुष मान श्रेष्ठ, सुश्री आयुष्मा श्रेष्ठ, सुश्री भिक्टोरिया के. सि , सुश्री सौभाग्य मोक्तान, सुश्री सबिना मल्ल, सुश्री श्री समिन पुन, श्री सन्देश काफ्ले र श्री बिमेश थापा हुनुहुन्थ्यो । 
सांस्कृतिक कार्यक्रमहरुले भरिपूर्ण उक्त कार्यक्रममा विभिन्न नाचंगानाले त्यहाको बातावरणमा बेग्लै रौनक थपेको थियो | श्रीमती लक्ष्मी के.सि ज्युले सन्चालन गर्नु भएको सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्ने कलाकारहरुमा सुश्री मिगनोंन रेग्मी, सुश्री आयुष्मा श्रेष्ठ, सुश्री सिमरन अधिकारी, श्री प्रदिप सुबेदी, सुश्री अलिशा ओली, श्री उमेश थापा, श्री मिनराज थापा, श्री संजीव मैनाली र श्री पूर्ण चन्द्र लिम्बु हुनुहुन्थ्यो ।

सांस्कृतिक कार्यक्रम पछि राफल द्रअ पनि गरिएको थियो । राफल द्रअको प्रथम पुरस्कार श्री अमृत घले, दितीय पुरस्कार श्री श्याम गुरुङ र त्रितीय पुरस्कार श्री निर लाल मोक्तान ज्युहरुले प्रयोजन गर्नु भएको थियो । त्यसै गरि प्रथम, दितीय र त्रितीय पुरस्कारका बिजेता क्रमश श्री बलराम अधिकारी, श्रीमती बिनिता भट्टराई र श्री बाबुराम खनाल हुनुभएको थियो ।

३० चैत्र २०७५ शनिवारका दिन रोथ कन्जरभेटिभ हलमा बेलुकी १८:०० बजे देखि २३:०० बजे सम्म भएको कार्यक्रमा सँस्थाका उपाध्यक्ष श्री निर लाल मोक्तान ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरु: श्री प्रकाश गुरुङ, श्री विभूषणमान श्रेष्ठ, श्री पूर्ण चन्द्र लिम्बु, श्री श्याम गुरुङ, श्री अमर मल्ल, श्री वलराम अधिकारी, श्री पदम पुन, श्री राजेश राई, श्री बल थापा, श्री अमृत घले, श्रीमती शोभा राणा, श्रीमती लक्ष्मी के. सि, श्री सालिक राम काफ्ले साथै सम्पूर्ण कलाकारहरु एबं प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका केहि झलकहरु :






फोटो शौजन्य : डा. जीवन के. सि

धन्यवाद ।

नेपाली समाज वेल्स, युके ।

Monday, 18 March 2019

अन्तरक्रिया भव्य रुपमा सम्पन्न

कार्डिफ शनिवार, १६ मार्च २०१९  - गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा बिशेष अन्तरक्रिया भव्यताका साथ सम्पन्न भयो |कार्यक्रम बिशुद्ध समसामयिक बिषयमा केन्द्रित रहि विभिन्न परिस्थतिले बिदेशमा आई बसोबास गर्दै आउनुभएका  नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने हेतुले आयोजना गरिएको थियो । गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्सको राजधानी कार्डिफ सहरमा रहेको नेपाली सँस्था नेपाली समाज वेल्स, युकेको सहकार्यमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद्का सचिव श्री निर लाल मोक्तानले  संचालन गर्नु भएको थियो।
 
राज्य समन्वय परिषद्का अध्यक्ष श्री राम चन्द्र पोखरेलले अध्यक्षता आयोजित उक्त कार्यक्रममा नेपाली समाज वेल्स, युकेका अध्यक्ष श्री अमृत घलेले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्दै आभारका साथ  कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो भने नेपाली समाज वेल्स, युकेले यस कार्यक्रममा सहकार्य गर्ने अबसरको लागि हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो।

त्यसै गरी कार्यक्रममा तमु पे ल्हु संघ, युकेका अध्यक्ष, गैर आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, एबम समाजसेवी मेजर रिटायर्ड श्री खुशिमान गुरुङ, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका सल्लाकार श्री कमल पौडेल, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका महासचिव श्री राज कुमार त्रिपाठी, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री शेर बहादुर सुनार ज्युहरुले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका बिशेष आकर्षण अधिबक्ता श्री गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिनुभयो | उहाँले नेपालको बर्तमान कानुनी व्यबस्था, गैर आबासिय नेपाली नागरिकताको बिषयमा चलेको बहस सरल भाषामा ब्याख्या गर्दै त्यसले गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति समिक्षा गर्नुभएको थियो। 

कार्यक्रमको प्रश्न र उत्तर सेसनमा विभिन्न महानुभाबहरुबाट आएका प्रश्नहरुलाई सम्बोधन गरिएको थियो । कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो | अध्यक्ष पोखरेलले आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पिर, मर्का र समस्या बुझ्न यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै राज्य समन्वय परिषद समक्ष आएका समस्याहरुको निराकरणको लागि सकेको पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्दै, कार्यक्रम सफल पर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

धन्यवाद ।
नेपाली समाज वेल्स, युके

Sunday, 11 November 2018

रिमेम्बरेन्स डे २०१८मा नेपाली समाज वेल्सको सहभागिता !!


कार्डिफ, वेल्स, बेलायत - आईतवार ११ नोभेम्बर २०१८, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१८ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको अबसरमा नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष श्री अमृत घलेको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो । पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो । विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए । पहिलो विश्व युद्द आन्त्य भएको १०० वर्ष पुगेको हुदा यस सालको रिमेम्बरेन्स डे २०१८ को विशेष महत्व थियो।

 बिहान ठिक ११ बजेर ११ मिनेट ११ सेकेन्डको युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट सर्जेन्ट चित्र बहादुर राईले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो ।  कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन गरिएको थियो । यसरी बिदेशी माटोमा आएर पनि नेपाली पन कत्ति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा बोकेर हिड्ने प्रत्येक नेपाली दाजुभाईप्रति नेपाली समाज वेल्स, यूके हार्दिक आभार, गौरब र धन्यवाद प्रकट गर्दछ ।

आजको कार्यक्रमका केही झलकहरु !!





धन्यवाद ।

नेपाली समाज वेल्स, युके