Tuesday, 31 August 2021

समर बार्बिक्यु २०२१ कार्यक्रम २८ अगष्टमा भव्यरुपमा सम्पन्न

 २८ अगष्ट २०२१ , शनिवार - नेपाली समाज वेल्सले सनं २०२० मा कोविड- १९ को कारणले गर्दा हरेक वर्ष आयोजना गर्दै आएको समर बार्बिक्यु कार्यक्रम आयोजना गर्न असमर्थ भएता पनि यो साल समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा सम्पन्न गर्यो । वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम St. Albans Rugby Football Club, Tremorfa Park, Cardiff  मा आयोजना गरिएको थियो ।


कार्यक्रममा वेल्सको विभिन्न क्षेत्रबाट साथै इंगलण्डबाट पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो र मौसमले पनि राम्रो साथ दिएको थियो । दिनको करिब १२ बजे शुरु भएको यस समर बार्बिक्यु कार्यक्रम विभिन्न कार्यक्रमका साथ बेलुकी करिब छ बजे समापन भएको थियो । कार्यक्रम आनौपचारिक भएता पनि नेपाली समाज वेल्सका अध्यक्ष निर लाल मोक्तान ज्युले सम्पूर्ण उपस्थित साथीभाईहरुलाई आ-आफ्नो ब्यस्तताको बावजुतपनि उल्लेखनीय उपस्थित भएकोमा र  कार्यक्रममा उपस्थितभैं शोभा बढाई दिनु भएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो | 

उक्त कार्यक्रममा उपस्थित महानुभाबहरुको मनोरन्जन साथै संस्थालाई आर्थिक सहयोगको लागि राफल र बिङ्गो पनि संचालन गरिएको थियो | राफलको लागि पुरस्कारहरु प्रथम व्हिस्की, दोस्रो वाईन र तेस्रो पोस्टर हरुको स्पोंसोर पदम पुनले गर्नु भएको थियो  | संस्थालाई माया गरि पुरस्कारहरु उपलब्द गराउनु हुने संस्थाका सह-कोषाध्यक्ष पदम पुन , आफ्नो बिङ्गोमा बिजेता शोवरुप जितेको रकम संस्थालाई सहयोग प्रदान गर्नु हुने चन्द्र के सी, संस्थाका भूपू-अध्यक्ष र संस्थाका हाल कार्य समिति सदश्य मति पुन, संस्थाका भूपू-अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेलायतका  उपाध्यक्ष राम चन्द्र पोखरेल, संस्थाका भूपू-अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद राज्य समन्वय परिसद वेल्सका उपाध्यक्ष अमृत घले, संस्थाका संस्थापक सल्लाकर र सामाजिक आभियांता शिवजी श्रेष्ठ र जश लिम्बु साथै निसुल्क टमाटरको आचार उपलब्द गरौउनु हुने राधा घलेलाई बिशेस धनाबाद प्रकट गर्न चाहन्छौ |

कार्यक्रममा सामेल भई सहयोग गर्नुहुने वेल्स निवासी  सम्पूर्ण नेपाली दाजुभाई-दिदीबहिनीहरु, निमन्त्रणा स्वीकार गरि कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम भब्य रुपमा सफल पार्न आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु बिशेष गरी मति पुन, निर लाल मोक्तान, बिकाश रानाभाट, लक्ष्मी केसी अधिकारी,अमर ध्वज मल्ल, पदम पुन,बिभुसनमान श्रेष्ठ, राधा घले, बल राम अधिकारी, उमेश थापा, इन्द्र श्रेष्ठ, जश लिम्बु, संजीव मैनाली, सुधिना मल्ल, शोभा राना पोखरेल र कल्पना लिम्बु प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ । आगामी दिनहरुमा पनि यस्तै गरि सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त छ ।

कार्यक्रमका केहि झलकहरु:








फोटो शौजन्य: लक्ष्मी के सी

धन्यवाद !

नेपाली समाज वेल्स ।



Sunday, 14 February 2021

छैठौं महादिबेशन १३ फेब्रुअरी २०२१ मा सम्पन्न

 

१३ फेब्रुअरी २०२१, शनिवारका दिन संस्थाको छैठौं महाधिबेशन सम्पन्न भयो महाधिबेशन भरचुअलली फेसबुक मार्फत आयोजना गरिएको थियो संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब अमर ध्वज मल्लले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो | संस्थाका सदस्य महानुभाबहरुको राम्रो मात्रामा सहभागिता रहेको संस्थाको छैठौं महाधिबेशनको पहिलो चरणमा तात्कालिन सचिब अमर ध्वज मल्लले संस्थाले पाचौ अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका साथै संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण पेश गर्नुभएको थियो | त्यस्तै गरि संस्थाका तात्कालिन कोषाध्यक्ष विभूषणमान श्रेष्ठले  संस्थाको आर्थिक गतिबिधिको विवरण  र हालसम्मको नेपाली समाज वेल्स संग रहेको सम्पति बिबरण प्रस्तुत गर्नु भएको थियो|

 

दोश्रो चरणमा बिधान संशोधन समितिका संयोजक राम चन्द्र पोखरेलले बिधान संशोधन गरेका बुदाहरुलाई प्रस्तुत गर्नु भएको थियो जसमा छलफल हुदा सर्व सहमति वाट पास गर्ने निर्णय गरिएको थियो | त्यस लगतै कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले आफ्नो कार्यकालको समिछ्या, आउने कार्य समितिलाई शुभकामनाको बक्त गर्नु भएको थियो |

 

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका  संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले तात्कालिन कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नु भएको थियो | पूर्ण चन्द्र लिम्बु संयोजक रहनुभएको समितिले महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १० सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो | बाकी अरु थप ३ सदस्यहरू र सल्लाहकारहरु नयाँ कार्य समितिको पहिलो बैठक बसी मनोनयन गर्ने निर्णय पनि गरियो

 

 

नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ :

 

अध्यक्ष – निर लाल मोक्तान

उपाध्यक्ष - लक्ष्मी अधिकारी

सचिब - अमर ध्वज मल्ल

सह-सचिब - शोभा राणा पोखरेल

कोषाध्यक्ष - विभूषणमान श्रेष्ठ 

सह-कोषाध्यक्ष - पदम पुन

सदस्य - कल्पना कन्दंवा

सदस्य - बिकाश रानाभाट

सदस्य - उमेश थापा

सदस्य – संजीव मैनाली

 

धन्यवाद |

 

नेपाली समाज वेल्स, युके

 

Sunday, 7 February 2021

नेपाली समाज वेल्स, यूकेको छैठौं महाधिवेशन १३ फेब्रुअरी २०२१ शनिवारका दिन ११ बजे

 

नेपाली समाज वेल्स, यूकेको छैठौं महाधिवेशन १३ फेब्रुअरी २०२१ शनिवारका दिन ११ बजे हुने जानकारी यस भन्दा पहिलानै सम्प्रेसण गरिएको छ । २२ अगस्ट २००९ मा जन्म लिएको यस संस्था ११ बर्ष पुरा गरि १२ औ बर्षमा पबेश गरिसकेको र यस बिचमा विभिन्न उकाली र ओराली पार गर्दै छैठौं महाधिबेशनको तयारीमा रहदै संस्थाको भाबी कार्ययोजना, संस्थाको शिर मानिने विधानको समय र परिस्थिति अनुसार आबश्यक संशोधन र नेपाल र नेपालीको हितमा र संस्थाका सदस्य महानुभाबहरुप्रती आईपर्ने बिभीन्न समस्याहरुका साथ साथै खुशीयालीहरुमा सहजकर्ताको रुपमा काम गर्नको लागि आगामी २ बर्षको लागि संस्थाको कार्यसमिति चयन गर्न यहाँहरु सबैबाट सकेको सहयोग र पहलको आशा गर्दै संस्थाको छैठौं महादिबेशन तर्फ अगाडी बढेको जानकारी गराईन्छ     

कार्यक्रमको रुपरेखा निम्न लिखित रहेको जानकारी अनुरोध छ

पहिलो चरण: 

  • कार्यक्रम सम्बन्धि जानकारी – सचिब
  • अध्यक्षता आशन ग्रहण - अध्यक्ष
  •  अध्यक्षबाट स्वागत मन्तब्य 
  • संस्थाको प्रगति विवरण प्रस्तुत – सचिब
  •  लेखा समितिको रिपोर्ट  प्रस्तुत –  लेखा समिति संयोजक 
  • आर्थिक प्रतिबेदन प्रस्तुत तथा कोष सम्बन्धि प्रस्न उत्तर सहित प्रतिबेदन पास  – प्रस्तुति कोषाध्यक्षबाट 
  •  भौतिक सम्पत्ति विवरण प्रस्तुत -  भौतिक सम्पत्ति सदस्य
  • सदस्यता अपडेट - सचिब वा सह-सचिब 

दोश्रो चरण: बन्द सेसन 

  •  बिधान संशोधन प्रस्ताब उपर छलफल -  बिधान संशोधन समिति: सयोजक: राम चन्द्र पोखरेल सदस्यहरु: बलराम अधिकारी र राजेश राई  
  • कार्यसमिति बिघटन – अध्यक्षबाट 
  • नयाँ कार्यसमिति चयन प्रक्रिया  – निर्वाचन समितिले नामावली माग (निर्वाचन समिति संयोजक: पूर्ण चन्द्र लिम्बु सदस्यहरु : मति प्रसाद पुन रबिरा शंकर राई)
  • नामावली प्रकासन र दाबि बिरोध  
  • नयाँ कार्यसमिति चयन – निर्वाचन समिति   
  •  नव निर्वाचित अध्यक्षबाट भाबी कार्यदिशा सहितको मन्तब्य 

कार्यक्रम समापन