Tuesday, 15 November 2022

रिमेम्बरेन्स डे २०२२ मा नेपाली समाज वेल्सको सहभागिता !!

कार्डिफ, वेल्स, बेलायत - आईतवार १३ नोभेम्बर २०२२, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२२ भब्य रुपमा सम्पन्न भयो । पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो । विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए ।

Wednesday, 26 October 2022

!!दशैं र तिहार २०२२ को कार्यक्रम भव्यताका साथ सम्पन्न !!

१५ अक्तोबेर २०२२, शनिवार, नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार  २०७९/२०२२ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।  बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं र तिहार कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

Tuesday, 12 July 2022

समर बार्बिक्यु २०२२ कार्यक्रम सम्पन्न

 

९ जुलाई २०२२, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो । वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Cosmeston Lakes Country Park, Lavernock Road, Penarth, CF64 5UY मा आयोजना गरिएको थियो ।

Sunday, 17 April 2022

!!!!! नयाँ वर्ष २०७९को भब्य रुपमा स्वागत !!!!!

 

०९ अप्रिल २०२२ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७९ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा बडो हर्ष र उल्लासका साथ सम्पन्न भयो । विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब अमर ध्वज मल्लले संचालन गर्नुभएको थियो भने अध्यक्ष निर लाल मोक्तानले पानसमा बत्ती वाली कार्यक्रमलाई सु-आरम्भ गर्नु भएको थियो । उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको भयो ।

Monday, 22 November 2021

!! रिमेम्बरेन्स डे २०२१ मा नेपाली समाज वेल्सको सहभागिता !!

 

वेल्स, बेलायत - आईतवार १४ नोभेम्बर २०२१, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र  कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२१ सम्पन्न भयो । Covid-19 को कारणले गर्दा यस वर्ष सिमित मानिसहरुको मात्र सहभागिता रहेको कार्यक्रममा सम्पूर्ण गुर्खा र नेपाली समाज वेल्स, यूकेको तर्फबाट कमल केशर चेम्जोंगले सहभागिता जनाउनु भएको थियो । पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो ।  बिहान ठिक ११ बजेर ११ मिनेट ११ सेकेन्डको युद्दमा बीरगति प्राप्त
गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट  कमल केशर चेम्जोंगले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो ।  यस बिसम परिस्थितिमा पनि समय निकाली हामी सबैको प्रतिनिधित्यो गरि सं कार्यक्रममा सहभागी हुनु भएकोमा  कमल केशर चेम्जोंगलाई नेपाली समाज वेल्स, यूके हार्दिक आभार र धन्यवाद प्रकट गर्दछ ।

धन्यवाद ।

नेपाली समाज वेल्स, युके