जहाँ जन्म्यौं त्यहाँको संस्कृतिलाई आत्मासाथ गर्दै जगेर्ना गर्नुपर्छ भन्ने भावनाले का
र्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।

म्बु र रोशा लि
म्बुको नृत्यले सबैलाई उफारिरहेको देखिन्थ्यो। स्थानीय गायकहरु रामचन्द्र पोखरेल र रोशन भट्टराईले नेपाली संगितमा आफ्नो गित प्रस्तुत गर्दा सबै झुमेका देखिन्थे जसमा अझ रौनकता थप्नेकाम गर्नुभएको थियो केन्टदेखि आउनुभएका कलाकार दिपक थापाले। लन्डनदेखि आएका सारंगी बजाउने टोलीलाई हाम्रै अध्यक्ष चित्र बहादुर राईले मादल बजाएर रेशम फिरिरी अनि सिमसिमे पानीमा बोलको धुनमा साथ दिइरहनुभएको थियो। कार्यक्रमको अन्ततिर खोलिएको
राफल चिठ्ठाले पनि एकछिन सबैलाई मनोरंजन दिएको थियो।यस कार्यक्रमको शुरुमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । यसै अवसरमा नेपाली नयाँ वर्षको शुभकामना दिदै पूर्व क्याबिनेट मंत्री एलान माइकलले नेपाली समुदाय वेल्सको लागि महत्वपुर्ण छ भन्दै यो समाजको प्रगतिको कामना गर्नुभयो। कार्यक्रममा अर्की निवर्तमान सांसद जेनी विल्लटले वेल्समा रहेका नेपालीहरुको कार्यक्रममा पहिलो पटक सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिइन। नेपाली दुतावासका सहचारी खिमानन्द भुसालले पनि वेल्समा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभयो। संस्थाका
अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।

No comments:
Post a Comment