कार्डिफ, अक्टोवर ११ , २०२५ - नेपाली समाजको आयोजनामा दशैँ तिहार कार्यक्रम विगत बर्ष झैं यस पटक पनि भब्य रुपमा सम्पन्न भएको छ। हामी नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर हरेक वर्ष झैं यस पटक पनि आयोजना गरिएको यस कार्यक्रममा कार्डिफ र आसपासका क्षेत्रहरुबाट ठूलो जन सहभागिता रहेको थियो।
स्टार्टर खानाको शुरुवात सगै शुरू भएको कार्यक्रममा उपस्थित रहनु भएका सदस्य गणहरु बीच एकापसमा दसैँ तिहारको बधाई आदान प्रदान एवं अनौपचारिक भेटघाट एवम् भलाकुसारी गर्ने काम भएको थियो।
समाजका सचिब श्री बल थापाले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाका अध्यक्ष श्री पदम पुनले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो।
त्यसपछि नेपाल र वेल्सको राष्ट्रिय धुन पालै पालो संग बजाइएको थियो।उक्त कार्यक्रममा हालै नेपालमा भएको जेन जी हरुको प्रदर्शनमा नेपाल सरकारबाट भएको दमनमा सहादत प्राप्त गर्नु भएका भाइ बहिनीहरुको मृत आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो।
सो कार्यक्रममा स्वागत मन्तब्य समाजकी उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले दिनु भएको थियो। नेपालीहरुको महान पर्वहरु बडा दशैँ र नजिकिदै गरेको दोश्रो महान पर्ब तिहारको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना ब्यक्त गर्नुभयो।
कार्यक्रममा अतिथिको रूपमा नेपालकी चर्चित लोक गायिका देबी घर्ति मगर र मनुसुधन थापा, युनिभर्सिटी अफ साउथ वेल्सका प्राध्यापक श्री माइकल ब्राउन र नेपाली राज दुतावास लण्डनका तृतीय सचिब श्री झुप्प लाल पुन समेतको उपस्थिति रहेको थियो।
समाजलाई अनवरत रुपमा निस्वार्थ सहयोग पुर्याई रहनु हुने समाज सेवी द्वय श्री शालिकराम काफ्ले र बाबु राम खनाललाई लब अफ टोकन संस्थाका अध्यक्ष द्वारा हस्तान्तरण गरि सम्मान गरिएको थियो।
समाजकी सह सचिब श्रीमती कल्पना कन्दंग्वाले सांस्कृतिक कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा सुश्री प्रिशा पुन, सुश्री सेर्लिन थापा मगर, सुश्री एमिली थापा ,सुश्री नाओमी भण्डारी,श्रीमती प्रबिना थापा,श्रीमती सबिना थापा,श्रीमती सुदिना पुन,श्रीमती सावित्री श्रेष्ठ र श्रीमती सिम्पल खनालले बिभिन्न खाले गित संगीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो। साथै श्री सफल क्षेत्री, श्री उमेश थापा, श्रीराम थापा मगर, श्रीमती प्रबिना थापा र श्रीमति गौरी क्षेत्रीले सामुहिक गित संगीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बाल कलाकारहरुलाई हौशला स्वरुप मायाँको चिनो सहित धन्यवाद प्रदान गरिएको थियो।
कार्यक्रमको अर्को चरणमा समाजको तर्फबाट देउसी र भैली कार्यक्रम गरिएको थियो र उक्त अवसरमा इच्छुक महानुभावहरुले आफ्नो इच्छा बमोजिम देउसी भैली टोलीलाई भेटि प्रदान गर्नु भएको थियो। यस पश्चात अनौपचारिक कार्यक्रमको थालनी गरिएको थियो।
कार्यक्रममा अतिथि गायक द्वय देबी घर्ति मगर र मनुसुदन थापाले रोमाञ्चक दोहोरि तथा एकल गायन तथा इच्छुक महानुभावहरुको लागि नाच गानको लागि स्टेज खुल्ला गरिएको र सबैले सामुहिक रुपमा नाच प्रस्तुत गर्नु भएको थियो। साथ साथै सोहि समयमा डिनर पनि खुल्ला गरिएको थियो। सबै जनाले बिभिन्न स्वादिस्ट परिकारको साथै मनमोहक गायन तथा नृत्यको भरपूर आनन्द उठाउनु भएको थियो।
कार्यक्रमको अन्त्यमा राफल ड्रा गरिएको थियो। बिजयी टिकट होल्डर ले एक एक गर्दै आफ्नो संगिनी सग स्टेजमा गइ नृत्यका साथ पुरस्कार ग्रहण गर्दाको क्षण अत्यन्त रोमान्चक थियो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री मति प्रसाद पुन र सह कोषाध्यक्ष श्रीराम थापाले नामावली संकलन तथा रकम उठाउने कार्य गर्नु भएको थियो। त्यस्तै साउण्ड सिस्टम संचालन श्री उमेश थापाले गर्नु भएको थियो।
अध्यक्ष श्री पदम पुनले यस दशैं तिहार कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य, तथा शुभ चिन्तकहरु र बिशेष गरि राफल ड्रा को लागि पुरस्कार उपलब्ध गराउनु हुने 'द एवेरेस्ट बार एण्ड इटरी' का प्रोप्राइटर श्री दीप पुन ज्युलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
समाज दशैँ तिहार कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न परोक्ष एवं अपरोक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ।
धन्यबाद।
No comments:
Post a Comment