कार्डिफ - १४ मार्च २०२६ - शनिवार
नेपाली समाज वेल्स कार्डिफमा समाजको बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको अध्यक्षतामा सम्पन्न भएको छ।
संस्थाका सचिब श्री बल थापाले कार्यक्रमको थालनी गर्दै सभामा उपस्थित सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, पुर्ब कार्यसमितिका पदाधिकारीहरु लगायत संस्थाका उपस्थित आजीवन पंजीकृत सदस्यहरुलाई स्वागत गर्नु भएको थियो।
समाजका कोषाध्यक्ष श्री मति प्रसाद पुनले बार्षिक आय व्यय र सम्पति विवरण प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा सह कोषाध्यक्ष श्री श्रीराम थापा मगरले समाजद्वारा बार्षिक रुपमा गरिने खेलकुद कार्यक्रमको बिषयमा चर्चा गर्नु भएको थियो।
बैठकमा समाजका पूर्व अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले आफ्नो सानो मन्तब्य दिने क्रममा समाजको प्रगति प्रति प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा अझ राम्रा,सफल कार्यक्रम हुदै जाने कुरामा आशान्वित र अझ बढी सफलताको कामना गर्नु भयो।
समाजका अध्यक्ष श्री पदम पुनले बर्षभरिमा समाजको कार्यक्रम बाहेक आफु संलग्न भएको विभिन्न कार्यक्रमको बारेमा जानकारी दिदै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
अन्त्यमा सभामा उपस्थित प्राय जसो महानुभावहरुले समाजको हितको बिभिन्न बिषयमा छलफल गर्नु भएको थियो।
धन्यबाद।


No comments:
Post a Comment