Saturday, 1 August 2026

समर बार्बिक्यु कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न।

 कार्डिफ - 

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर बार्बिक्यु कार्यक्रम, आज १ अगस्ट २०२६, शनिवारका  दिन सम्पन्न भएको छ । नेपाली समाज वेल्स, कार्डिफका पदाधिकारी, पंजीकृत सदस्य एवं शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ। 




 कार्डिफको सेन्ट अल्बान्स रग्बी क्लब, ट्रीमोरफामा आयोजना गरिएको उक्त कार्यक्रम दिनको करिब १ बजे शुरु भइ बेलुकी करिब ६ बजे समापन भएको थियो।

                                                  


                                                           


कार्यक्रम समारोहमा द भ्वाइस सिजन ७ बिजेता निता थापा मगरद्वारा सांगीतिक कार्यक्रम साथ् साथै सबै सदस्य ज्युहरुबाट सामुहिक नृत्य  प्रस्तुत गरिएको थियो।


                                                                           

कार्यक्रमलाइ रोमाञ्चक बनाउन श्रीमान श्रीमतीको जोडी दौड प्रतियोगिता गरिएको थियो। जसमा बिजयी जोडी श्री बल राम अधिकारि तथा श्रीमती लक्ष्मी के सी ज्युलाई समाजका अध्यक्ष ज्युद्वारा पुरस्कार प्रदान गर्नु भएको थियो।

आफ्नो कार्य व्यस्तताको बाबजुद समय मिलाएर कार्यक्रममा सामेल भई दिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक आभार व्यक्त गर्दछ। 

साथै कार्यक्रम भब्य रुपमा सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने श्रीमती सुदिना मल्ल पुन, श्री बल राम अधिकारी, श्री अमर मल्ल, श्री इन्द्र श्रेस्ठ, श्री विभूषन श्रेस्ठ लगायत समस्त शुभेच्छुक हितैषी सदस्य ज्युहरु एवं अन्य सम्पूर्ण शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

धन्यवाद।  

No comments:

Post a Comment