Sunday, 8 November 2026

वेल्सको राजधानी कार्डिफ मा रिमम्बरेन्स डे २०२६ भब्य रुपमा सम्पन्न।

 कार्डिफ - आईतवार ८ नोभेम्बर २०२६  , रोयल ब्रिटिश लिजनको संयोजकत्वमा वेल्स सरकार र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमम्बरेन्स डे २०२६ भब्य रुपमा सम्पन्न भएको छ। 


                                                                                                     

सो कार्यक्रम सहभागिताको लागि क्याबिनेट अफिस वेल्स बाट आएको निमंत्रणा सहर्ष स्वीकार गरि नेपाली समाज वेल्सका पदाधिकारीहरु अध्यक्ष श्री पदम पुन ,सचिब श्री बल थापा ,सह- कोषाध्यक्ष श्री श्रीराम थापा मगर, श्री सफल क्षेत्री,श्री मन ध्वज गुरुङ श्रीमती सहित लगायत श्रीमती प्रबिना थापा मगर तथा नानीहरुको  कार्यक्रममा सहभागिता रहेको थियो। 


                                                                            


कार्यक्रममा अन्य जन समुदायको बिशाल उपस्थिति रहेकोमा  नेपाली समाजका तर्फबाट भने पटक पटक उपस्थितिको लागि अनुरोध गरिदा पनि पदाधिकारीहरु लगायत सदस्य ज्युहरुको बेवास्ताका कारण निराश लाग्दो उपस्थिति रहेको थियो। 


                                                                                   


प्रथम विश्व युद्द तथा त्यसपछि भएका विभिन्न खाले युद्दहरुमा यस देशका लागि बीरगति प्राप्त गरेका योद्दाहरुको सम्झनामा हरेक बर्ष मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्ज्यान्ड्रा गार्डेनमा आयोजना गरिएको उक्त कार्यक्रममा भू पु सैनिक गण, बहाल वाला सैनिक गण सहित सैनिक ब्याण्ड बाजा टोलीले सो कार्यक्रमको परेडमा भाग लिएका थिए।

                                            



                                                                


बिहान ठिक १०:५८ बजे शुरु गरिएको  उक्त कार्यक्रम एक तोपको सलामीका साथ  विभिन्न युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण गरि शुरु गरिएको थियो। 

सो अवसरमा सेनाद्वारा दोश्रो पटक अर्को तोपको सलामी अर्पण गरि मौन धारण समाप्त भएको सुचित गरिएको थियो। 

सो कार्यक्रममा नेपाली समाजका सह-कोषाध्यक्ष श्री श्रीराम थापा मगर  ज्युले 'Kohima Epitaph' संदेश पढेर सुनाउनु भएको थियो। 


कार्यक्रमको अन्त्यमा परेडका सहभागीहरु पुन: सडकमा निस्की लाइन बद्ध परेडमा ब्याण्ड बाजाका साथ सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन भएको थियो। 

सैनिक जीवनको दौरानमा यस देश र जनताको रक्ष्यार्थ निस्वार्थ र इमान्दार पुर्वक निडर भइ युद्धको  मैदानमा लड्नु हुने र सो अवसरमा आफ्नो जीवन उत्सर्ग  गर्नु हुने सम्पूर्ण बिर सैनिकहरु प्रति तथा आफ्नो गौरबमय नेपाली ईतिहास र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई स सम्मान चिनाउनु हुने गोर्खा सैनिक लगायत प्रत्येक नेपाली दाजुभाईहरु प्रति नेपाली समाज वेल्स परिवार हार्दिक आभार व्यक्त गर्दछ।

धन्यबाद। 


No comments:

Post a Comment