Sunday, 31 October 2010

दशैं-तिहार २०६७ कार्यक्रमका भिडियो दृश्यहरु

हालै सम्पन्न वेल्स नेपाली समुदाय, कार्डिफको दशैं-तिहार कार्यक्रमको केहि भिडियोहरु:

कार्यक्रमको शुरवात : यो नेपाली शिर उचाली (सांस्कृतिक टोलीको सामुहिक प्रयास)




जमाना नयाँ छ चाहना नयाँ छ : साना नानिहरु (प्राजन, शुभाशिष, बिभुषित, प्रान्जिल, सौभाग्य, आयुष्मा, आभाष र आयुष)



दशैं धुन (सुमन तिमिल्सिना)



गैरिखेतको शिरै हान्यो (संजिता लिङदेन)



वसन्तनै बस्न (प्रशंसा कन्दङ्वा)



कौडा नृत्य (सावित्री कार्की, शोभा पोखरेल, चित्राकला देवकोटा, रामचन्द्र पोखरेल, रोशन भट्टराई र अमर मल्ल)



घान्द्रुके ठिटी म त (अम्बिका गुरुङ र प्रिति गुरुङ)



कविता-ठट्यौली (महेश देवकोटा)



आधुनिक नृत्य (प्राजन र प्रान्जिल पोखरेल)




हिन्दी गितमा नृत्य (जेविना तन्डुकार)



आधुनिक नृत्य (संजिता लिङ्देन)








बिभिन्न विभागका उप-समिति गठन

वेल्स नेपाली समुदाय, कार्डिफका कार्यसमिति सदस्यहरुको संयोजकत्वमा हालैमात्र २ बिभिन्न विभागहरुका उप-समिति गठन गरिएको छ। हाललाई ३ सदस्यीय उप-समिति निर्माण गरिएकोमा अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि समेट्दै निकट भविश्यमै ५ सदस्यीय बनाइने कुरा अवगत गराउन चाहन्छौं। संस्थाका सदस्यहरु महेश देवकोटा र अमर मल्ल संयोजक रहनुभएको भिन्न उप-समितिका सदस्यहरुको नामावली यसप्रकार छ।


संगठन विस्तार विभाग उप-समिति

* महेश देवकोटा (संयोजक)
* अमृत गुरुङ (सदस्य)
* सुरज शर्मा (सदस्य)

युवा, खेलकुद तथा विधार्थी विभाग उप-समिति

* अमर मल्ल (संयोजक)
* सरोज लिम्बु (सदस्य)
* धनेन राई (सदस्य)

कार्डिफ र कार्डिफ वरपर रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई वेल्स नेपाली समुदाय, कार्डिफको साझा फुलबारी भित्र समेट्न प्रयास गर्ने संगठन विभागको उद्देश्य रहेको छ भने युवा, खेलकुद तथा विधार्थी विभागले नेपाली युवाहरुलाई खेलकुद तथा युवा विकाशको अन्य अरु विविध क्षेत्रमा सामेल गराउने प्रयास गर्नेछ।

Thursday, 7 October 2010



वेल्स नि
वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा
बडा दशैं २०६७ को शुभ
उपलक्षमा मंगलमय शुभकामना।
यस पुनित अवसरमा सम्पुर्ण नेपाली
परिवारको सुख शान्ति एवं
समृद्धिको कामना
गर्दछौं।


Wednesday, 6 October 2010

वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो अधिवेशन सम्पन्न

गत ३ अक्टोवर २०१० , आइतबारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको प्रथम अधिवेशन सम्पन्न भयो। संस्थाको एक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै त्यसमाथि छलफल गरि शुरु गरिएको अधिवेशनमा संस्थाको आयव्यय एवं सम्पत्ति विवरण प्रस्तुत गरिएको थियो। संस्थाले हालसम्म गरेका कामहरु सन्तोषजनक रहेको र आगामी दिनहरुमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने कुरामा जोड दिइयो। साथसाथै संस्थाको सदस्यता वितरण अझ प्रभावकारी बनाउँदै बढी भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाको छहारीमुनि ल्याउन कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरियो।

अधिवेशनको सुरुमा पुरानो कार्यसमितिलाई भंग गरि मानध्वज गुरुङको संयोजकत्वमा कमल केशर चेम्जोङ तथा आइत बहादुर गुरुङ सम्मिलित ३ सदस्यीय अध्यक्ष मण्डलको गठन गरियो। उक्त अध्यक्ष मण्डलले पुरानो कार्यसमितिका धेरैजसो पदाधिकारीहरु यथावत राखि थप २ जना नयाँ सदस्यहरु सम्मिलित १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ। चयन भएका सदस्यहरुमध्येबाट तपसिलका पदाधिकारीहरुको मनोनयन गरिएको छ। यस कार्यसमितिको पदावधि २ बर्षको लागि तोकिएको छ।

अध्यक्ष - श्री चित्र बहादुर राई

उपाध्यक्ष - श्री रविन्द्र तुम्बाहाम्फे

सचिव - श्री रोशन भट्टराई

सह-सचिव - श्री रामचन्द्र पोखरेल

कोषाध्यक्ष - श्रीमति प्रितम कुमारी चेम्जोङ

सह-कोषाध्यक्ष - श्रीमति संगिता गुरुङ

जनसम्पर्क सचिव - श्री मोति प्रसाद पुन

सदस्य - श्री महेश देवकोटा

सदस्य - श्री अमर मल्ल

सदस्य - श्री पुर्णचन्द्र लिङदेन

सदस्य - श्री बिर बहादुर गुरुङ

सदस्य - श्री आइत बहादुर गुरुङ

सदस्य - श्री शिवजी श्रेष्ठ


नयाँ कार्यसमितिको बैठकले तपसिलका सदस्यहरुको संयोजकत्वमा विभिन्न विभागहरु गठन गरि बढी भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्दै नेपालीका हितमा काम गर्न, सबै उमेर समुहको प्रतिनिधित्व गर्दै सामुहिक रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरियो।


कार्यक्रम तथा समन्वय विभाग - रामचन्द्र पोखरेल (संयोजक)

युवा, खेलकुद तथा विधार्थी विभाग - अमर मल्ल (संयोजक)

महिला समन्वय विभाग - संगिता गुरुङ (संयोजक)

संगठन विस्तार विभाग - महेश देवकोटा (संयोजक)

नयाँ कार्यसमितिकै अर्को निर्णय अनुसार श्री मानध्वज गुरुङ र श्री जस बहादुर कन्दङ्वा लाई संस्थाको सल्लाहकारमा अर्को २ बर्षको लागि मनोनयन गरिएको छ।


लोगो प्रतियोगिताको नतिजा


यस संस्थाले आयोजना गरेको लोगो प्रतियोगितामा साना साना भाईबहिनीहरुको बिभिन्न ८ वटा लोगोका डिजाइनहरु समावेश गरिएका थिए। छनौट समितिको मताङ्कको आधारमा आयूष श्रेष्ठले डिजाइन गरेको लोगोलाई उत्कृष्ट घोषणा गरि उक्त लोगोको परिकल्पनालाई प्रयोग गरि संस्थाको लोगो बनाउने निर्णय गरिएको छ। विजयी प्रतियोगिलाई आगामी दशैं-तिहार कार्यक्रममा पुरस्कृत गरिनेछ।

Wednesday, 15 September 2010

दिदीबहिनीहरुको तीज कार्यक्रम

गत सेप्टेम्बर १२ तारिक, आइतवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफ सँग आवद्ध दिदीबहिनीहरुको अग्रसरतामा कार्डिफमा पहिलो पटक तीज कार्यक्रमको आयोजना गरियो। रम्नी स्थित प्रितम कुमारी चेमजोङको आफ्नै निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा लगभग ३० जना दिदीबहिनीहरुको सहभागिता थियो। बिहान ११ बजे देखि साँझ ५ बजे सम्म दिदीबहिनीहरु आ-आफुले बनाएर ल्याएको नेपाली स्वादका पकवानहरु खाँदै हाँसो ठट्टा र नाचगानमा व्यस्त देखिन्थे। उक्त अवसरमा वेल्स नेपाली समुदायको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले पठाउनु भएको शुभकामना संदेश शोभा पोखरेलले पढेर सुनाउनुभएको थियो। आफ्नो संदेशमा अध्यक्ष राईले हाम्रा चेलिवेटीहरुबाट शुरु भएको यस्ता कार्यक्रमहरुको सह्राहना गर्दै भविश्यमा संस्थाको तर्फवाटपनि सहयोग हुने वाचा गर्नुभएको थियो। कार्यक्रमको अन्तमा यस्तो नेपाली संस्कृति जोगाउने कार्यक्रमहरुलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने वाचा गरियो। कार्यक्रमको समाप्तिमा थकित भई दिदीबहिनीहरु खुशि हुँदै आ-आफ्नो घर फर्केका थिए। कार्यक्रमको परिकल्पना गरि आयोजना गर्न कम्मर कसेर लाग्नुभएकी श्रीमती शोभा पोखरेल र श्रीमती संगिता गुरुङलाई वेल्स नेपाली समुदाय हार्दिक धन्वाद दिन चाहन्छ साथै आफ्नो घरमै कार्यक्रमको आयोजना गर्नलाई सहयोग गर्नुहुने श्रीमती प्रितम कुमारी चेम्जोङलाई पनि संस्थाको तर्फवाट हार्दिक धन्यवाद ।

कार्यक्रमको अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोस

Monday, 6 September 2010

वेल्स नेपाली समुदाय,कार्डिफको लोगो प्रतियोगिता

वेल्स नेपाली समुदाय, कार्डिफ यस संस्थाको बिभिन्न किसिमका कामहरु सुचारू रुपमा सञ्चालन गर्न र संस्थाका कामहरु अझ बढ़ी पारदर्शी तरिकाले गर्दै जान प्रतिबद्ध रहेको कुरा यहाँहरुलाई अवगत नै छ। यसै सिलसिलामा संस्थाका कामहरु अझ प्रभाबकारी बनाउनका लागी यस संस्थालाई एक लोगोको आवश्यकता परेको हुँदा वेल्स नेपाली समुदाय, कार्डिफ यहाँहरू समक्ष लोगो प्रतियोगितामा सामेल भई यस संस्थालाई सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछ ।
  • प्रतियोगितामा नेपाल र वेल्स झल्किने र वेल्स नेपाली समुदाय, कार्डिफ को नाम सामेल हुनुपर्ने छ।
  • लोगो हातले कोरिएको वा कम्प्युटर बाट गरिएको हुन सक्दछ।
  • प्रतियोगितामा सबै उमेरका ब्यक्तिले भाग लिन सक्नेछन।
लोगो बुझाउने अंतिम मिति र समय :- आइतबार ३ अक्टोबर २०१० , १२.०० बजे सम्म

लोगो प्रतियोगिताका बिजयी प्रतियोगीलाई आगामी दशैं - तिहार कार्यक्रममा पुरस्कार प्रदान गरिने छ। यस लोगो प्रतियोगिताको बारेमा अन्य जानकारीको आवश्यक परेमा कार्य समितिका कुनैपनी पदाधिकारी संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। आफ्नो लोगोको डिजाइन संस्थाका कुनैपनि पदाधिकारीलाई बुझाउन सकिने छ।

Sunday, 5 September 2010

यस वर्षको दशैं-तिहार कार्यक्रम सम्बन्धि जानकारी

गत वर्षझैं यो वर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफले यस क्षेत्र वरिपरी बस्ने नेपालीहरु बिच मनोरन्जन गर्ने तथा आफ्नो मौलिक सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले यस वर्षको विजया-दशमी तथा तिहारको उपलक्ष्यमा नेपाली कला र संस्कृति झल्काउने बिभिन्न कार्यक्रमका साथ "दशैं - तिहार २०१०" कार्यक्रम उल्लासपूर्ण तरिकाले मनाउने निधो गरेको छ। यस कार्यक्रममा सम्पुर्ण कार्डिफ वरपर तथा वेल्समा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रम सफल पार्नको लागि वेल्स नेपाली समुदाय, कार्डिफ हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने जानकारी गराउन चाहन्छौं।
मिति: २३ अक्टोवर, शनिवार
समय: साँझ ५:०० बजे देखि ११ बजे सम्म
स्थान : St. Mellon's Village Hall
St. Mellon
Cardiff
CF3 5RT
(नोट: यहाँ दिइएको पोष्टकोड हलको पोष्टकोड हैन तर आफ्नो कारबाट जानेलाई यो पोष्टकोडमा पुगि सडकमा (Elgar Crescent) कारपार्क गर्न सजिलो हुने भएकोले यहाँ राखिएको हो। उक्त पोष्टकोडमा कार पार्क गरेपछि सजिलै हलको पछाडिपट्टिबाट प्रवेश गर्न सकिने छ। बस बाट जानको लागि सिधै Newport Road को Llanrumney, Bluebell Inn बसस्टपमा ओर्लेर हलको मुख्य प्रवेशद्वारको प्रयोग गर्न सकिने छ । कार्यक्रम स्थलको नक्सा ठुलो पारी हेर्न नक्सामै क्लिक गर्नुहोला।)

बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।

टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)

नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

पाहुना सम्बन्धि व्यवस्था
नेपाली संस्कृति र परम्पराको आफ्नै बिशेषता र पहिचान छ। यो परम्परा र संस्कृतिलाई वेलायतका अन्य गैर नेपाली समुदायलाई पनि चिनाउने हाम्रो उद्देश्य भएकोले आ-आफ्ना गैर नेपाली साथिभाइ इष्टमित्रहरु लाई पनि पाहुनाको रुपमा ल्याउन सकिने व्यवस्था मिलाइएको छ। पाहुनाको हकमा पनि माथि उल्लेख गरे बमोजिम नै प्रवेश शुल्कको व्यवस्था गरिेएको छ।

पोशाक सम्बन्धि व्यवस्था
थुप्रै जातजाति, धर्म संस्कृति र परम्परा मिलेर नै नेपाली समाज बनेको हो। हाम्रो आफ्नो पहिचान भनेको पोशाक पनि हो। त्यसैले यो कार्यक्रममा नेपाली विविधता को एकता पस्कन सम्पुर्ण सहभागि दाजुभाइ दिदीबहिनीहरु लाई सम्भव भएसम्म आफ्नोपन झल्कने आफ्नै परम्परागत वेशभुषानै पहिरिएर आउन हार्दिक अनुरोध गर्दछौं।

अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

Thursday, 26 August 2010

दोश्रो समर बारबिक्यू सम्पन्न

हाँसो,ठट्टा र रमाईलोको बिच यस वर्षको समर बारबिक्यू कार्यक्रम भब्य रुपमा सम्पन्न भयो। स्थानीय "बार वाई के" पवमा गत १४ अगष्ट शनिवारको दिन सम्पन्न कार्यक्रममा करिव १५० नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता थियो। बिहानै देखि बारबिक्यू र अन्य चटपट खानाहरुले सुरु गरिएको कार्यक्रम बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरु गर्दै सम्पन्न भएको थियो। टाढा टाढा देखिका नेपाली दाजुभाईहरु पनि उपस्थित भई सम्पन्न कार्यक्रममा नेपाली खानपानका साथै अन्य कार्यक्रम जस्तै म्युजिकल चेयर, समुह नृत्य आदीको पनि आयोजना गरिएको थियो। महिला दिदीबहिनीहरुको लागि सम्पन्न म्युजिकल चेयर श्रीमती संजिला खडकाले जित्नुभयो भने वालवालिकाको लागि आयोजित म्युजिकल चेयर आभाष देवकोटाले जिते। आगामी दशैं-तिहार कार्यक्रममा दुवै बिजेतालाई पुरस्कार दिने निर्णय गरिएको छ। उक्त कार्यक्रममा कार्डिफमा सम्पन्न नेपाल पर्यटन वर्ष २०११ को प्रवर्धन कार्यक्रममा आफ्ना नृत्यहरुद्वारा मनोरंजन प्रदान गर्नुहुने दिदीबहिनीहरु तथा साना नानीहरुलाई प्रोत्साहन स्वरुप संस्थाको तर्फबाट धन्यवाद दिदै एक एक वटा कार्ड दिइएको थियो। सम्पुर्ण कार्यक्रम अवधिभर सहभागि सबैले भरपुर मनोरंजन लिएको देखिन्थ्यो।
यस कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो अमुल्य समय खर्चगरि सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु प्रति यस संस्था हार्दिक आभार व्यक्त गर्न चाहन्छ। साथै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछ।

समुह नृत्यको भिडियो


Wednesday, 11 August 2010

वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो समर बारबिक्यू

गत वर्षझैं यो वर्ष पनि वेल्स नेपाली समुदय,कार्डिफले पारिवारिक समर बारबिक्यू कार्यक्रमको को आयोजना गरि संस्थाको स्थापना को प्रथम बार्षिकोत्सव भब्यरुपले मनाऊने निधो गरेको छ। कार्डिफ तथा कार्डिफ वरिपरि छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबैनीहरु बिच रमाईलो भेटघाट, एकअर्का बिच भाइचारा, परिचय, तितामीठा बातचितको आदन प्रदानको साथै साल भरि भोगेर ल्याएको दु:खहरुलाई भुलेर शुखलाई अगाडि ल्याई एक पासमा भरपुर मनोरन्जन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रममा समस्त वेल्स निवासी नेपालीहरुलाई आमन्त्रण गरिन्छ। कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएको छ।

कार्यक्रम सम्बन्धि अन्य जानकारीहरु:
मिति: १४ अगष्ट २०१०, शनिवार
समय: बिहान १० बजे देखि बेलुकी १० बजे सम्म
स्थान: Bar Y.K. Pub, 1 Elm Street, Roath, Cardiff, CF24 3QR
प्रवेश शुल्क: £7 (१५ वर्ष माथी), £5 (१० देखि १५ वर्ष सम्म)। १० वर्ष मुनिलाई नि:शुल्क

नोट: प्रवेश टिकट कार्यक्रम स्थलकै मुलद्वारमा लिन सकिने व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि आफ्नो नजिकैको कार्यसमिति सदस्यलाई सम्पर्क गर्नुहोला।
यसै कार्यक्रमको वेला संस्थाको साधारण सभाको बैठक पनि बस्ने कुरा अवगत गराउँदै सम्पुर्ण सदस्य महानुभावहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ।

Monday, 2 August 2010

"नेपाल पर्यटन वर्ष २०११" प्रवर्द्धन कार्यक्रमको आयोजना

नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने मुख्य उद्देश्य राखी वेलायतस्थित नेपाली राजदुतावासको तत्वावधानमा पर्यटन प्रवर्द्धन कार्यक्रमको रुपमा वेलायतको बिभिन्न स्थानमा आयोजना भइरहेको कार्यक्रमकै शिलसिलामा गत जुलाई ३१, शनिवारको दिन वेल्समा "नेपाल पर्यटन वर्ष २०११" को प्रवर्द्धन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। वेल्स नेपाली समुदाय, कार्डिफ र वेल्स गोर्खा कम्युनिटि, कुम्वरानले नेपाली राजदुतावासको सम्वन्वयमा कार्यक्रमको आयोजना गरेको थियो।
कार्डिफ स्थित "द गेट" हलमा बिहान ११:३० बजेदेखि सुरु भएको सो कार्यक्रमको उद्धाटन बेलायतका लागि नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसे र बेलायती सांसद (पहिलो वेल्स सरकारका प्रथम मंत्री तथा पूर्व टोनी ब्लेयर सरकारका मंत्री) एलान माइकलले संयुक्त रुपमा दुईवटा पानसमा बत्ति बालि गर्नुभएको थियो। कार्यक्रमको सुरुवात नेपाल तथा वेल्सको राष्ट्रगानबाट गरिएको थियो।
वेल्स गोर्खा कम्युनिटि कुम्बरानका अध्यक्ष लक्ष्मी तुम्बाहाम्फेले उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रममा राजदुत डा. चालिसेले नेपाल पर्यटन वर्ष २०११ को बारेमा प्रकाश पार्ने क्रममा बेलायती मित्रहरुलाई नेपाल भ्रमणको निम्तो दिदै नेपाल-वेलायत मित्रता लगभग दुई शताब्दी पुग्न लागेको स्मरण गराउनु भएको थियो। बेलायतको लागि हजारौं नेपालीले दुईवटा विश्वयुद्धमा भाग लिएको र तेह्र जनाले भिक्टोरिया क्रस जस्तो उच्च पदक समेत प्राप्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। भर्खरै वेलायती मंत्रीले नेपाल भ्रमण गरेको उल्लेख गर्दै वेलायत-नेपाल सम्वन्ध अति महत्वपुर्ण भएकोले वेलायती मित्रहरुलाई नेपालको भ्रमण गर्न आव्हान समेत गर्नुभयो। सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सांसद एलान माईकलले नेपालमा १०१ वटा भाषा प्रचलित रहेकोमा आश्चर्य व्यक्त गर्दै वेल्समा दुईवटा मात्र भाषा प्रचलनमा रहेको बताउँदै नेपालको विविधता सुनेर अचम्म लागेको र नेपाल प्राकृतिक स्रोत, साधन र संस्कृतिमा कति धनि छ भन्नेकुरा यसैबाट स्पष्ट हुन्छ भन्नुभयो। सो अवसरमा उहाँले नेपाली राजदुतको अनुरोधमा वेलायती प्रधानमंत्रीलाई नेपाल भ्रमणको वातावरण बनाउन प्रयास गर्ने बताउनु भयो। नेपाल र नेपाली वेलायतको अभिन्न मित्र रहेको उल्लेख गर्दै वहाँले यस कार्यक्रमले नेपालको अझ राम्रो प्रचारप्रसार गर्न सहयोग पुगेको पनि बताउनुभयो।
कार्यक्रममा कार्डिफ नगरका डेपुटी लर्ड मेयर जेनी रीसले नेपालीहरु यति संख्यामा वेल्समा रहेकोमा खुसी ब्यक्त गर्दै नेपाली र स्थानीय निकायबीचमा सहकार्यको आह्ववान समेत गर्नुभयो। नेपालीको प्रत्येक क्रियाकलापमा आफ्नो सहयोग रहने बताउँदै उपस्थित बेलायती मित्रहरुलाई नेपालको प्राकृतिक विविधताका रसस्वादन भर्न नेपाली जनताको न्यानो आतिथ्यता स्विकार्नको लागि नेपाल भ्रमण गर्न समेत आह्ववान गर्नुभयो। कार्यक्रममा नेपाली दुतावासका मिनिष्टर काउन्सिलर झविन्द्रप्रसाद अर्यालले पावर प्वाइन्टबाट नेपालको प्राकृतिक सम्पदा, संस्कृति, भ्रमणीय मनोरम स्थान, नेपाल भ्रमण गर्दा त्यहाँका सुविधा, होटल, यातायात लगायतका बारेमा सचित्र आकर्षक ढंगले प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रमकै बिचमा तीन पटक नेपाल भ्रमण गरिसकेका साउदम्पटनका प्याट्रिक फ्लेमिङ, नेपाल भ्रमण गरिसकेका हंगेरियन नागरिक (हाल कार्डिफ बस्ने) इमि राज, कार्डिफ विश्वविधालयका क्रिस्टोफर पेडिङटनले नेपाल भ्रमणका सिलसिलामा आफुले देखेका, भोगेका, रमाइला र मनोरम क्षण, नेपालीका आफन्ति व्यवहारका बारेमा रोचक र प्रभावकारी ढंगले आफ्ना अनुभव साटासाट गरेका थिए। पावर प्वाइन्टको मद्दत समेत लिएका उनीहरुले नेपाल एक पटक हैन, पटक पटक गइरहने स्थान भएको बताएका थिए।
कार्यक्रमको अन्तमा नेपाली संस्कृति झल्काउने दिदीबहिनीहरु (शोभा पोखरेल, चित्राकला देवकोटा र सविता भट्टराई) को तीज गीतका नृत्य, वालकलाकारहरु (प्रान्जिल पोखरेल, प्राजन पोखरेल र भिक्टिरिया के.सी.) का नृत्य तथा ब्रेकन देखि आएका गोर्खा सैनिकहरुको खुकुरी नृत्य समेत प्रस्तुत गरिएको थियो। सो सांस्कृतिक कार्यक्रमलाई उपस्थित पाहुनाहरुले निकै अभिरुचिपुर्वक नजर गरेका थिए। गीतको भाव नबुझे पनि कलाकारको जोश र संगीतको तालसँगै वेलायती पाहुनाहरु जोशिएर ताली बजाइरहेका थिए। कार्यक्रमको सुरुमा खाजाको रुपमा नेपाली परम्परागत सेलरोटी राखिएको थियो भने कार्यक्रम पश्चात दिउँसोको खानाको रुपमा शुद्ध नेपाली दाल-भात सहित नेपाली परिकारहरु राखिएको थियो। वेलायती पाहुनाहरुले थपिथपि नेपाली खानाको स्वाद लिएको देखेर हामीहरु दंग परेका थियौं। कार्यक्रमको अन्तमा सभापतित्व गरिरहेका वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्ष चित्र बहादुर राईले उपस्थित पाहुना लगायत सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम रोशन भट्टराईले संचालन गर्नुभएको थियो। सो कार्यक्रमको अर्को रोचक पक्ष मञ्च अगाडि प्रदर्शनमा राखिएको खुकुरी, मादल, सारङ्गी, थैली, तामाको डाली, पानि खाने अम्खोरा, थान्का, मूर्ती, बाँसुरी, टोपी थियो जसलाई सम्पुर्ण सहभागिहरुले अभिरुचिपुर्वक हेरेका थिए।



कार्यक्रमका अन्य झलकहरु हे
र्न तलको फोटोमा थिच्नुहोस

कार्यक्रमका केहि अंश (भिडियो)




कार्यक्रममा मनोरंजनका लागि पस्किएका केहि नेपाली नृत्यको भिडियोहरु


साना नानीहरु प्रान्जिल पोखरेल, प्राजन पोखरेल र भिक्टोरिया के.सी. को बालनृत्य



दिदीबहिनीहरु (शोभा पोखरेल, चित्राकला देवकोटा र सविता भट्टराई) को तिज नृत्य



ब्रेकनका गोर्खा सैनिक भाईहरुको खुकुरी नृत्य



बहिनी संजिता लिम्बुको नेपाली नृत्य