२६ जनवरी २०१२ बिहिवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१२” भब्य रुपमा सम्पन्न भयो। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना भएको सबैमा ठहर थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ। नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।
Thursday, 2 February 2012
Saturday, 24 December 2011
Friday, 9 December 2011
कार्डिफमा क्रिसमस सम्बन्धि कार्यक्रम र हाम्रो सहभागिता
६ डिसेम्बर २०११, मंगलबारका दिन क्रिसमस नजिकिदै गरेको बेला कार्डिफ काउन्सिलका लर्ड मेयर डिलम बोवेनको आयोजनामा क्रिसमस सम्बन्धि कार्यक्रम LORD MAYOR’S CIVIC SERVICE OF NINE LESSONS AND CAROLS SERVICE सम्पन्न भएको छ| कार्डिफ काउन्सिल तथा लर्ड मेयरले आयोजना गर्ने प्राय सबै अफिसियल कार्यक्रमहरुमा निमन्त्रणा आउने क्रममा यसपाली पनि निमन्त्रणा प्राप्त भएपछि वेल्स नेपाल समुदायले सहभागिता जनाएको उक्त कार्यक्रम कार्डिफको द सिटि पारिश चर्च मा सम्पन्न भएको थियो| बेलुकी ६.३० मा शुरु भएको उक्त कार्यक्रम विभिन्न रोचक झलकहरुका साथ करिब ७.३० सम्म चली चियापान समारोहमा परिणत भएको थियो|
Sunday, 13 November 2011
रिमेम्बरेन्स डे २०११ कार्यक्रम र हाम्रो सहभागिता

कार्डिफ, १३ नोभेम्बर २०११, आईतवारका दिन ब्रिटिश लिजन कार्डिफ र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०११ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको अबसरमा वेल्स नेपाली समुदायको तर्फबाट भुतपुर्ब गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो|
Tuesday, 18 October 2011
दशैं-तिहार २०६८ कार्यक्रम भब्य रुपमा सम्पन्न

१५ अक्टोबर २०११, व्यापक हर्ष र उल्लासका साथ “वेल्स नेपाली समुदाय, कार्डिफ” को आयोजनामा नेपालीहरुको महान चाडहरु “दशैं–तिहार २०६८” कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| वेल्सको विभिन्न क्षेत्रमा छरिएर रहनुभएका नेपाली दाजूभाई तथा दिदीबहिनिहरुलाई समेट्दै नेपालीहरुको महान चाडहरु दशैं–तिहार एउटै थलोमा मनाएर बढी भन्दा बढी मनोरंजन दिने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सांस्कृतिक टोलीले सामुहिक रुपमा पानस बालेर शुरु भएको थियो|
Monday, 17 October 2011
Wednesday, 28 September 2011
Sunday, 18 September 2011
यस बर्षको दशैं – तिहार कार्यक्रम सम्बन्धि जानकारी
गत वर्षहरु जस्तै यस वर्ष पनि "वेल्स नेपाली समुदाय, कार्डिफ"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०६८ कार्यक्रम भब्य रुपमा मनाउने निधो गरेको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०६८ कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "वेल्स नेपाली समुदाय, कार्डिफ" हार्दिक अनुरोध गर्दछ|
Wednesday, 31 August 2011
चेलीबेटीहरुको तिज पर्ब सम्पन्न
३० अगस्ट २०११ मंगलवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
Wednesday, 3 August 2011
वेल्समा विवेक श्रेष्ठ सम्मानित
बेलायतमा बसोबासरत लोकप्रिय गायक विवेक श्रेष्ठलाई वेल्स नेपाली समुदाय, कार्डिफले हालै कार्डिफस्थित स्पटको हलमा स्वागत तथा सम्मान गरेको छ । बेलायतमा रहेर नेपाली समुदायबीचमा आप्नो लोक संस्कृति तथा सामाजिक सहयोगार्थ सञ्चालन हुने विवेक श्रेष्ठलाई यस संस्थाका अध्यक्ष चित्रबहादुर राई र वरिष्ठ सदस्य बीरबहादुर गुरुङले खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी श्रीमती सिम्मी श्रेष्ठलाई अध्यक्ष पत्नी संगीता राई तथा केदार कुमारी श्रेष्ठले खादा ओढाइ सम्मान गर्नुभएको थियो । सो कार्यक्रमको संचालन गर्दै संस्थाका सचिव रोशन भट्टराईले गायक विवेक श्रेष्ठको कालजयी गीत र आप्mना विद्यार्थी कालको संस्मरणहरु सुनाउँनु हुँदै उहाँको स्वागत गर्नुभएको थियो ।श्रेष्ठले बलायतको विभिन्न संस्थाहरुमा गर्नुभएको सहभागिता तथा गत वर्ष एनआरएन युकेद्वारा आयोजना गरिएको टिबुट टु लिजेण्ड कार्यक्रमको सोच र सफलतामा उहाँको भूमिको उल्लेख गर्नुभएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर राईले लोकप्रिय गायकलाई वेल्समा स्वागत गर्नु पाउनु खुशीको कुरा हो भन्नु हुँदै कन्दरा बैण्डको उहाँको स्वरमा गाइएको हङकङ पोखराले हङकङमा आफ्नो थुप्रै जुत्ता फाटेको स्मरण रमाइलो पारामा गर्नुभएको थियो । सो अवसरमा गायक विवेक श्रेष्ठले आफुमाथि वेल्सका नेपालीहरुबाट दर्शाइएको सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै वेल्सका नेपाली समुदायले छोटो अवधिमा हासिल गरेको उपलब्धि सुन्दा खुशी लागेको कुरा व्यक्त गर्नुभयो । जलपानका साथमा सञ्चालन भएको कार्यक्रममा उहाँका आफ्नै लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।सो गीतहरुसँग उपस्थित सबैले नाँचेर साथ दिनुभएको सो कार्यक्रम मध्यरातसम्म चलेको थियो ।
Subscribe to:
Posts (Atom)

