Monday, 1 October 2012

दोश्रो महाधिबेशन सम्पन्न

नयाँ कार्यसमिति 

२९ सेप्टेम्बर २०१२, शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन सम्पन्न भयो| संस्थाका  अध्यक्ष श्री रबिन्द्र तुम्बाहाम्फेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब  श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा  सहभागिता रहेको संस्थाको दोश्रो महाधिबेशनमा  सचिब श्री पोखरेलले संस्थाले पहिलो अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|

Monday, 17 September 2012

चेलीहरुलाई तिजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न


१५ सेप्टेम्बर २०१२ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरि साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा वेल्स नेपाली समुदाय प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |

Saturday, 1 September 2012

वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो महाधिबेशन

वेल्स नेपाली समुदाय, कार्डिफको २० औं बैठकको निर्णय अनुसार संस्थाको दोश्रो महाधिबेशन यहि २९ सेप्टेम्बर २०१२ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |

Sunday, 29 July 2012

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्ष जस्तै यसपाली पनि नेपाली चेलीहरुको तिजपर्बको उपलक्षमा संस्थाले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको छ | विभिन्न परिवेशले बिदेशिएका चेलीहरुलाई बिदेशमै रहे पनि आफ्नै देशको झझल्को दिलाउने र तीजको अबसरमा माईतिको भूमिका निर्बाहा गर्दै चेलीहरुलाई तीजको दर खुवाउने खबर सुनाउन पाउँदा वेल्स नेपाली समुदाय खुशी ब्यक्त गर्दै सम्पूर्ण वेल्स निवाशी चेलीहरुलाई तीज २०१२ कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं | यस कार्यक्रम चेलीहरुका लागि मात्र रहने र कार्यक्रममा चेलीहरुको लागि निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ | उपस्थितिको लागि आ आफ्नो नामावली तल उल्लेखित चेलीहरु मार्फत यथासक्य चाँडो संस्थालाई उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गरिन्छ |

Monday, 9 July 2012

समर बार्बिक्यु २०१२ कार्यक्रम भव्यरुपमा सम्पन्न

भर्खरैमात्र वेल्स नेपाली समुदायको आयोजनामा समर बार्बिक्यु २०१२ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहेको थियो| कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक र नेपाली बातावरणले ओतप्रोत रहेको हाम्रो बिश्वास छ| यस बर्षको हावापानी र समय परिबर्तनको बाबजुधपनि उल्लेख्य जनसहभागिता रहेको उक्त कार्यक्रम एक सफल कार्यक्रमको रुपमा लिईएको छ|

Tuesday, 19 June 2012

समर बि बि क्यु २०१२ सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि संस्थाले समर बि बि क्यु २०१२ कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

Tuesday, 1 May 2012

जनचेतना मुलक कार्यक्रम सम्पन्न

वेल्स नेपाली समुदाय, कार्डिफले लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जनचेतना दिने उद्देश्यले आयोजना गरेको लागुऔषध बारे जनचेतना मुलक कार्यक्रम भर्खरै मात्र सम्पन्न भएको छ| सँस्थाका कार्यसमितिका सदस्य श्री शिवजी श्रेष्ठको बिशेष अनुरोधमा नार्कोनन नेपालको राष्ट्रिय निर्देशक तथा अन्तराष्ट्रिय नार्कोननको तर्फबाट दक्षिण र दक्षिण पुर्बी एशियाको संयोजक तथा भू.पु.एस.एस.पि. श्री बसन्त राज कुँवर वेल्सको राजधानी कार्डिफमा आई लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने कदमबारे जानकारी तथा जनचेतना गराउनुभएको थियो|

Sunday, 22 April 2012

नयाँ बर्ष २०६९ कार्यक्रमका भिडियोहरु

सिम्पल सिम्पल कान्छीको - बोलको गीतमा नृत्य गर्दै प्राजन र प्रान्जिल पोखरेल 

Monday, 16 April 2012

नयाँ बर्ष २०६९ कार्यक्रम भब्य रुपमा सम्पन्न


बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०६९ साल लाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|

Monday, 2 April 2012

नयाँ बर्ष २०६९ को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा

दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै

यस पुनित अबसरमा सम्पूर्ण नेपाली

परिवारको शुख शान्ति एबं

समृद्धिको कामना

गर्दछौं |