प्रत्येक मार्च १ मा सेन्ट डेविड्स दिवस वेल्समा मनाईन्छ र यसमा नेपाली समाज वेल्सको सहभागिता हुदै आईरहेको छ यस पटकपनि परम्परालाई कायमै राख्दै नेपाली समाज वेल्सको सहभागिता भएको थियो| विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५ ” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५ ” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।
Sunday, 8 March 2015
Sunday, 22 February 2015
एन आर एन युकेको सहयोगमा नेपाली समाज वेल्सले एक दिने छलफलको कार्यक्रमको आयोजना
एन आर एन युकेको सहयोगमा नेपाली समाज
वेल्सले एक दिने छलफलको कार्यक्रम Feb 15, 2015 आइतबारका दिन आयोजना गरेको थियो | जसमा यूकेका बिबिध ( Properties किन्ने, बेच्ने, immigration र अन्य ) कानुन सम्बन्धि छलफल गरिएको थियो |
कार्यक्रमको सुरुमा नेपाली सोसाईटी वेल्स
का सचिव श्री निरलाल मोक्तान ज्युले सम्पुर्ण उपस्थित महानुभाव हरुलाई स्वागत
गर्दै कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो |
त्येसैगरि एन आर एन यूकेका अध्यक्ष श्री महेन्द्र
कडेल ज्युले एन आर एन यूकेको कार्यबिधि र उदेश्य साथै भविष्यमा हुने गतिबिधि बारे जानकारी गराउनुभएको थियो |
Sunday, 16 November 2014
रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्यताका साथ सम्पन्न |
९ नोभेम्बर २०१४ आईतवारका दिन रोयल ब्रिटिश
लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा
रिमेम्बरेन्स डे २०१४ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| उक्त कार्यक्रमको
अबसरमा नेपाली समाज वेल्सको तर्फबाट भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको
सहभागिता रहेको थियो|
Monday, 13 October 2014
बिजयादशमी तथा शुभ दिपावली २०७१ कार्यक्रम भव्यताका साथ सम्पन्न |
११ अक्टोबर २०१४, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको
महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७१/२०१४ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने
धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिईएको यस दशैं+तिहार २०७१/२०१४ कार्यक्रममा
वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
Saturday, 30 August 2014
चेलीहरुलाई तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न
३० अगस्त २०१४ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
Sunday, 24 August 2014
संस्थाको तेश्रो महाधिबेशन सम्पन्न
२३ अगस्ट २०१४, शनिवारका दिन संस्थाको तेश्रो महाधिबेशन सम्पन्न भयो| संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र लिंग्देनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम सचिब श्री रामचन्द्र पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको तेश्रो महाधिबेशनमा सचिब श्री पोखरेलले संस्थाले दोश्रो अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो|
Tuesday, 29 July 2014
समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न
२६ जुलाई २०१४, शनिवार;
गत बर्षहरु जस्तै यस बर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरु संग रम्ने कोशे ढुङ्गोको रुपमा लिईएको यस कार्यक्रम सेन्ट अल्बान्स रग्बी क्लबको प्राङ्गणमा आयोजना गरिएको थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा मौसमले राम्रो साथ दिदा उपस्थित सम्पूर्ण महानुभाबहरुले भरपूर्ण रमाईलो लिनुभएको देखिन्थ्यो |
गत बर्षहरु जस्तै यस बर्ष पनि वेल्स नेपाली समुदाय, कार्डिफको आयोजनामा समर बार्बिक्यु २०१४ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरु संग रम्ने कोशे ढुङ्गोको रुपमा लिईएको यस कार्यक्रम सेन्ट अल्बान्स रग्बी क्लबको प्राङ्गणमा आयोजना गरिएको थियो | वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा मौसमले राम्रो साथ दिदा उपस्थित सम्पूर्ण महानुभाबहरुले भरपूर्ण रमाईलो लिनुभएको देखिन्थ्यो |
Saturday, 19 July 2014
.
वेल्स नेपाली समुदाय - समर बार्बिक्यु कार्यक्रम
समर बार्बिक्यु २०१४ सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस | धन्यवाद !
समर बार्बिक्यु २०१४ सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस | धन्यवाद !
वेल्स नेपाली समुदाय, कार्डिफको तेश्रो महाधिबेशन
वेल्स नेपाली समुदाय, कार्डिफको तेश्रो महाधिबेशन यहि २३अगस्ट २०१४ शनिवारका दिन दिनको ठिक १२.०० बजे शुरु हुने कुरा जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पूर्ण सदस्य महानुभाबहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |
मिति - २३ अगस्ट २०१४ शनिवार
समय - १२:०० - १६:००
स्थान - रोथ कन्जरभेटिभ क्लब
7 Cyril Crescent
Cardiff, CF24 1DQ
अधिबेशन सम्बन्धि जानकारी -
Subscribe to:
Posts (Atom)

