Sunday, 30 September 2018

पाचौ महादिबेशन २९ सेप्टेम्बर २०१८ मा सम्पन्न भएको जानकारी |


२९ सेप्टेम्बर २०१८, शनिवारका दिन संस्थाको पाचौ महाधिबेशन सम्पन्न भयो| संस्थाका तात्कालिन अध्यक्ष श्री राम चन्द्र पोखरेलले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब श्री निर लाल मोक्तानले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो | संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्यनीय मात्रामा सहभागिता रहेको संस्थाको पाचौ महाधिबेशनमा तात्कालिन सचिब श्री निर लाल मोक्तानले संस्थाले चौथो अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका बारेमा विवरण सहितको संस्थाको प्रगति विवरण पेश गर्नुभएको थियो |



त्यस्तै गरि संस्थाका तात्कालिन कोषाध्यक्ष श्रीमती लक्ष्मी अधिकारीले संस्थाको आर्थिक गतिबिधिको विवरण  प्रस्तुत गर्नुभयो भने हालसम्मको नेपाली समाज वेल्स संग रहेको सम्पति बिबरण साथै संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण तात्कालिन सह सचिव श्री विभूषण मान श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो|



कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष श्री राम चन्द्र पोखरेलले दुई वर्षको अवधि भरी गरेको उल्लेखनीय कामको विवरण प्रस्तुत गर्नु भएको थियो | साथै उहा बिधान संशोधन समितिका संयोजक भएको हुनाले बिशेष अधिवेशन वाट बिधान संशोधन गरेका बुदाहरुलाई प्रस्तुत गर्नु भएको थियो जसमा छलफल हुदा सर्व सहमति वाट पास गर्ने निर्णय गरियो |




कार्यक्रमका अध्यक्षता गरिरहनुभएका  संस्थाका तात्कालिन अध्यक्ष श्री राम चन्द्र पोखरेलले
तात्कालिन कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नु भएको थियो | श्री बिरा शंकर राई संयोजक रहनुभएको समितिले महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १३ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो |



नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ |  

अध्यक्ष - श्री अमृत घले 
उपाध्यक्ष - श्री निर लाल मोक्तान  
सचिब - श्री अमर ध्वज मल्ल
स-सचिब - श्रीमति लक्ष्मी अधिकारी
कोषाध्यक्ष - श्री विभूषणमान श्रेष्ठ 
सह-कोषाध्यक्ष - श्रीमति शोभा राणा पोखरेल
सदस्य (सम्पत्ति) - श्री श्याम बहादुर गुरुङ   
सदस्य (सम्पत्ति) - श्री प्रकाश गुरुङ 
सदस्य (जन सम्पर्क) – श्री पदम पुन
सदस्य (युवा, विद्यार्थी तथा खेलकुद) – श्री राजेश राई
सदस्य (महिला बिभाग) - श्रीमती कल्पना कन्दंवा 
सदस्य (कार्यक्रम तथा समन्वय)  - श्री वल थापा 
सदस्य (कार्यक्रम तथा समन्वय)  - श्री कुलदिप सापकोटा

Sunday, 9 September 2018

तीज पर्ब भव्यताकासाथ सम्पन्न


वेल्स - ८ सेप्टेम्बर २०१८ शनिवारका दिन नेपाली समाज वेल्सले  चेलीबेटीहरुको  तीज  पर्बको  अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गर्यो | उल्लेख्य चेलीबेटीहरुको उपस्थितिमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ | नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर  रहनुभएका दिदीबहिनीहरुको उपस्थिति रहेको थियो |  नेपालको गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले आयोजना गरिएको यस  कार्यक्रममा  वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको राम्रो सहभागिता रहेको थियो |

Sunday, 26 August 2018

यस्तो रह्यो यूरोप भ्रमण

नेपाली समाज वेल्स, यूकेका अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा ४७ जनाको जम्बो टोलिले बिशेष हर्ष र उल्लासका साथ यूरोप भ्रमण २०१८ भव्यताका साथ सम्पन्न गरेको छ | २० अगस्ट २०१८ सोमबारका दिन लण्डनको वेम्ब्लीबाट शुरु भएको उक्त भ्रमण Dover हुँदै Ferry को यात्रा मार्फत फ्रान्सको सिमाना Calais हुँदै यूरोप प्रवेश गरेको थियो भने भ्रमणको   पहिलो दिन बेल्जियमको Manneken Pis, Grand Place (Heart of Brussels), Automium र  बेल्जियमको अन्य भागहरु भ्रमण गरि फ्रान्सको Saint Avold स्थित 4 Star hotel Avenue de Fayetteville मा बास बसेको थियो |

Sunday, 19 August 2018

४७ जनाको जम्बो टोलि यूरोप भ्रमण जादै

नेपाली समाज वेल्स, यूके ४७ जनाको जम्बो टोलि सहित यूरोप भ्रमण जादै छ | आफ्ना समाजमा रहेका दाजुभाई तथा दिदिबहिनिहरूमा केहि नौलो खालको कार्यक्रम आयोजना गर्ने उदेस्य अनुरुप यस कार्यक्रम आयोजना गरिएको हो | ५ दिन ४ रातको लागि आयोजना गरिएको यस यूरोप भ्रमण लन्डन हुदै बेल्जियम, जर्मनी, स्विजरल्याण्ड र फ्रान्सका मुख्य भागहरु भ्रमण तालिकामा रहेका छन | संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेलले नेतृत्व गर्नुभएको यस भ्रमणलाई बडी प्रभाबकारी बनाउनको लागि टिम लिडरहरु श्री अमृत घले, श्री पूर्ण चन्द्र लिम्बु र श्री अमर मल्ल चयन गरिएको छ भने भ्रमणमा मेडिकल सम्बन्धि आबस्यक हेरविचारको लागि श्रीमती शोभा राणा पोखरेललाई जिम्मा दीईएको छ | भ्रमणमा जाने आदरणीय महानुभाबहरुको नामावली निम्न प्रकार छ |

Friday, 10 August 2018

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्ष्यमा नेपाली समाज वेल्सले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको कुरा जानकारी गराउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ | 

कार्यक्रम मिति – शनिवार ८ सेप्टेम्बर
समय – १८.०० देखि २२.०० सम्म
कार्यक्रम स्थल - रोथ कन्जरभेटिभ क्लब

Sunday, 29 July 2018

समर बार्बिक्यु २०१८ सम्पन्न

२८ जुलाई २०१८, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो | 
उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |

Friday, 6 July 2018

समर बार्बिक्यु २०१८ सम्बन्धि जानकारी


अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्सले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ| काम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|
कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ| यस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
कार्यक्रम सम्बन्धि अन्य जानकारी 
मिती – २८  जुलाई २०१८ शनिवार

समय - १३:००देखि १८:००सम्म 

स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868

Saturday, 21 April 2018

नयाँ बर्ष २०७५ धमाका भब्य रुपमा सम्पन्न

१४ अप्रिल २०१८ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७५ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब श्री निरलाल मोक्तानज्यूले संचालन गर्नुभएको थियो भने अध्यक्ष श्री राम चन्द्र पोखरेलज्यूले पानसमा बत्ती वाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो | उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न प्रत्येक्ष अप्रत्येक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद दिनु भयो|

Friday, 30 March 2018

नयाँ बर्ष २०७५ मनाउने वारे जानकारी

नयाँ बर्षको आगमनले हरेक नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण यूकेमा बस्ने नेपालीहरु पनि यस खुशियालिबाट कदापी वन्चित हुन सक्दैनौं | हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा यसपालिको नयाँ बर्ष २०७५ पनि भब्यताका साथ सम्पन्न हुनेछ भन्नेमा हामी पूर्ण आशाबादी छौ |
संसारको रित नै यो छकी मानिस जन्मे पछी नमरुन्जेल सम्म कहिल्यै विभिन्न परिवेशबाट फुर्सदिलो हुदैन | सिक्काको दुई पाटो भने जस्तै जीवनको पनी दु:ख र सु:ख दुई पाटो हुन्छ जुन कहिले छुट्टीन सक्दैन केवल मात्रामा मात्रै तल माथि हुन्छ, यही दु:ख र सु:ख को मात्रालाई सन्तुलन राख्न्न बेला बेलामा रमाइलो गरी राख्नु पर्छ जसले मन र मस्तिकलाई उर्जा दिई जीवनको यात्रालाई आनन्दित बनाउदै दिर्घजीबी बनाउंछ |

Monday, 5 March 2018

Presentation Skill Development Programme सम्बन्धि जानकारी


बिशेषगरि हाम्रा समाजमा रहनुभएका सम्पूर्ण महानुभाबहरुका माझ विभिन्न सहयोगात्मक कार्यक्रमहरु आयोजना गर्दै हामी संग भएका प्रतिभाहरुको पहिचान गर्दै थप हौशला प्रदान गर्न पहल गर्ने प्रतिबद्दता अनुरुप नेपाली समाज वेल्सले पहिलो प्रयास स्वरूप Presentation Skill Development Programme आयोजना गरेको यहाँहरुमा अबगत गराईन्छ |

यस कार्यक्रम हालका लागि विशेषत युवा भाई बहिनीहरुमा केन्द्रित गरिएको र जसका लागि सहभागीले रोजेको कुनै पनि विषयमा करिव ५ देखि १० मिनेट सम्मको प्रेजेन्टेसन उपस्थित महानुभावहरुको अगाडी प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ | यसले हाम्रा युवा भाईबहिनीहरुलाई धेरै मानिसहरुको अगाडी आत्मविश्वासका साथ वोल्ने कलाको विकास एबं आफ्नो मनमा लागेका कुरा प्रस्ट संग राख्न सक्ने क्षमताको बृद्दी होस् भन्ने हो | 

युवावर्ग हाम्रा समाजका भविष्यका कर्णधार भएको हुँदा वहाँहरुलाई हामीले जति वलियो बनाउन सक्यौ त्यतीनै हाम्रो समाज बलियो हुने हुँदा नेपाली समाज वेल्सले यसलाई विशेष ध्यान दिएर युवा वर्गहरुलाई समेट्ने कार्यक्रमहरु ल्याउनु पर्छ भन्नेमा सम्पूर्ण कार्यसमितिका महानुभाबहरु एकमत हुँदै यस कार्यक्रमको आयोजना गरिएको र यसकोलागी हाम्रा समाजका सम्पूर्ण सदस्य तथा शुभचिन्तकज्युहरुको पनि उत्तिकै सहयोगको अपेक्षा राखिएको छ | कृपया आ आफ्नो परिवारका सदस्यहरुमा यस कार्यक्रम सम्बन्धि जानकारीका साथ सहभागी हुन् प्रोत्साहन गर्नुहुन हार्दिक अनुरोध छ |