Monday, 2 September 2024
वेल्समा तीज पर्व भब्य रुपमा सम्पन्न
Sunday, 16 June 2024
गोर्खा मानार्थ नागरिकता परेडमा नेपाली समाज वेल्सको सहभागिता
समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न
कार्डिफ - १५ जुन २०२४, शनिवार - बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज वेल्स, यूकेका सदस्य एवं शुभचिन्तकका साथै वेल्सका विभिन्न क्षेत्रमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको हो।
Sunday, 9 June 2024
हार्दिक श्रद्धाञ्जली अर्पण
![]() |
| 🥀🥀स्वर्गिय तारा देवी थापा🥀🥀 जन्म: १० श्रावण २०१६ स्वर्गारोहण: २२ जेष्ठ २०८१ |
नेपाली समाज वेल्स यूकेका आजीवन सदस्य द्वय श्रीमति सबिना थापा र श्रीमती प्रबिना थापाकी ममतामयी आमा तथा श्री झलक पुन र श्रीराम थापा मगरकी सासु आमाको मिती २२ जेष्ठ २०८१ का दिन ६५ बर्षको उमेरमा असामहिक निधन भएको खबरले अत्यन्त दुखित तुल्याएको छ। दिवंगत आत्मालाई चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा सोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनी भगवान संग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछौ। स्वर्गिय तारा देवी थापाप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
शोभा राणा पोखरेल
सचिव
तथा नेपाली समाज वेल्स यूके परिवार।
Saturday, 25 May 2024
बार्षिक खेलकुद कार्यक्रम सम्पन्न
Saturday, 11 May 2024
समर बार्बिक्यु सम्बन्धि जानकारी
Tuesday, 16 April 2024
नयाँ बर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न
१३ अप्रिल २०२४ - कार्डिफ, वेल्स - नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा रोयल ब्रिटिश लिजनकी प्रतिनिधि श्रीमति बेथ एभ्नस बिशेष अतिथिको रुपमा सहभागी रहनु भएको थियो।
वेल्सको राजधानी कार्डिफको रोथ सोसल हलमा दिनको ५ बजेदेखि शुरु भएको यस कार्यक्रममा संस्थाका का. सचिब डा विकास रानाभाटले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै आउंदै गरेको नयाँ बर्षको उपलक्ष्यमा सबैको घरमा शुख, शान्ति एवं समृद्धिको कामना गर्नुभयो।
Sunday, 7 April 2024
‘नेपाली नयाँ बर्ष २०८१’ मनाउने तयारी
नेपाली समाज वेल्स यूकेले विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथ नेपाली ‘नयाँ बर्ष २०८१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने उदेश्यले १३ अप्रिल २०२४ शनिवारका दिन नयाँ बर्षको स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। आफ्नो कला, संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा जस्तै यस कार्यक्रममा पनि यहाँहरुको सहभागिता, सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने हुँदा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
Tuesday, 19 March 2024
हार्दिक श्रद्धाञ्जली
नेपाली समाज वेल्स यूकेका आजीवन सदस्य श्रीमति गीता खरेल काफ्लेकी ममतामयी आमा र शालिकराम काफ्लेज्यूकी सासु आमाको मिती २०८० चैत्र ०४ गते ७८ बर्षको उमेरमा असामहिक निधन भएको खबरले अत्यन्त दुखि तुल्याएको छ। दिवंगत आत्मालाई चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा सोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून भनी भगवान संग प्रार्थना गर्दै गहिरो समवेदना प्रकट गर्दछौ। स्वर्गिय कृष्ण कुमारी खराल प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
शोभा राणा पोखरेल
सचिव
तथा नेपाली समाज वेल्स यूके परिवार।
Wednesday, 13 March 2024
‘नेपाली नयाँ बर्ष २०८१’ मनाउने तयारी
आफ्नो कला, संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा जस्तै यस कार्यक्रममा पनि यहाँहरुको सहभागिता, सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने हुँदा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
अन्य जानकारी:
कार्यक्रम स्थल : -
Roath Conservative Club,
(First Floor)
7-11 Cyril Crescent
Cardiff, CF24 1DQ
029 2049 6829
समय:– दिनको १७:०० बजे देखि बेलुकी २२.०० बजे सम्म
प्रवेश सहयोग शुल्क:-
५ बर्ष देखि १० बर्ष सम्मका लागि – £१२
११ बर्ष भन्दा माथिका लागि – £२०
५ बर्ष भन्दा मुनिका बाल बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ।
कार पार्किंग कार्यक्रम स्थल बाहिरको रोडमा गर्न सकिनेछ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं। कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
यस कार्यक्रममा उपस्थित भई नेपाली नयाँ बर्ष भब्य रुपमा सफल बनाउन आ आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !
शोभा राणा पोखरेल
सचिब
नेपाली समाज वेल्स, यूके





