Showing posts with label Nepali event in Cardiff. Show all posts
Showing posts with label Nepali event in Cardiff. Show all posts

Sunday, 2 February 2025

सरस्वती पुजा सम्पन्न


कार्डिफ - वेल्स, यूके - २ फेब्रुअरी २०२५, आइतवार, नेपाली समाज वेल्स, यूकेले धर्म सांकृतिक अभियान, यूकेको सहकार्यमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पुजा सु सम्पन्न गरेको छ। नेपाली समाज वेल्स, यूकेले बिगत महिना देखि संचालमा ल्याएको नेपाली पाठशालाको कक्षा हलमा सरस्वती पूजाको आयोजना गरिएको हो।

Monday, 27 January 2025

आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन प्रयोजनको लागि निम्नानुसारको सूचना प्रकाशित गरिएको छ।  

महाधिबेशन सम्बन्धि अन्य केहि जानकारीको आवस्यकता परेमा निर्वाचन समितिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।

निर्वाचन समिति:

प्रमुख: - श्री रामचन्द्र पोखरेल 

07411357621 

Sunday, 27 October 2024

दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

वेल्स २६ अक्टोवर २०२४ (१० कत्तिक २०८१) - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। 

नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट व्यापक सहभागिता रहेको थियो। 

नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

Sunday, 16 June 2024

समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न


कार्डिफ - १५ जुन २०२४, शनिवार - बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज वेल्स, यूकेका सदस्य एवं शुभचिन्तकका साथै वेल्सका विभिन्न क्षेत्रमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको हो। 

Saturday, 25 May 2024

बार्षिक खेलकुद कार्यक्रम सम्पन्न

२५ मे २०२४ - कार्डिफ, यूके: 
नेपाली समाज वेल्स यूकेको आयोजनामा बार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ। कार्डिफको भिक्टोरिया पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजु भाई तथा दिदिबहिनीहरुको राम्रो सहभागिता रहेको थियो। 

कार्यक्रममा स्वास्थ्य जीवन शैली सम्बन्धि जनचेतना एवं उत्प्रेरणा अभिब्रिद्दी गर्ने उदेश्यले बिभिन्न खेलकुदहरु समाबेश गरिएको थियो। 

संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले कार्यक्रममा सहभागी सम्पूर्णलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो। 

Wednesday, 13 March 2024

‘नेपाली नयाँ बर्ष २०८१’ मनाउने तयारी

नेपाली समाज वेल्स यूकेले विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथ नेपाली ‘नयाँ बर्ष २०८१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने उदेश्यले १३ अप्रिल २०२४ शनिवारका दिन नयाँ बर्षको स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। 

आफ्नो कला, संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा जस्तै यस कार्यक्रममा पनि यहाँहरुको सहभागिता, सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने हुँदा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । 

अन्य जानकारी: 

कार्यक्रम स्थल : -

Roath Conservative Club,

(First Floor)

7-11 Cyril Crescent

Cardiff, CF24 1DQ

029 2049 6829

समय:– दिनको १७:०० बजे देखि बेलुकी २२.०० बजे सम्म

प्रवेश सहयोग शुल्क:-

५ बर्ष देखि १०  बर्ष सम्मका लागि – £१२   

११ बर्ष भन्दा माथिका लागि – £२० 

५ बर्ष भन्दा मुनिका बाल बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ। 

कार पार्किंग कार्यक्रम स्थल बाहिरको रोडमा गर्न सकिनेछ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं। कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। 

यस कार्यक्रममा उपस्थित भई नेपाली नयाँ बर्ष भब्य रुपमा सफल बनाउन आ आफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं । 

धन्यवाद !

शोभा राणा पोखरेल 

सचिब 

नेपाली समाज वेल्स, यूके 

Saturday, 2 March 2024

सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्सको प्रतिनिधित्व

 


वेल्स, ०१ मार्च २०२४ - नेपाली समाज वेल्स युकेले कार्डिफ काउन्सिलबाट आएको निमन्त्रणालाई स्वीकार गरी १ मार्च २०२४ सुक्रवारका दिन संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीबाट The City Parish Church of St. John the Baptist मा सम्पन्न सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्सको तर्फबाट प्रतिनिधित्व सहित सहभागिता जनाउनु भयो ।

Saturday, 24 February 2024

बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

 


कार्डिफ - २४ फेब्रुवरी २०२४ - शनिवार

नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ। बार्षिक साधारण सभा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले सभामा उपस्थित सल्लाहकारहरु, पुर्ब अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, लगायत संस्थाका आजीवन पंजीकृत तथा पंजीकृत सदस्यरुमा स्वागत गर्दै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत गर्नुभएको थियो।  

Sunday, 28 January 2024

बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार


२७ जनवरी २०२४ शनिवार::

नेपाली समाज वेल्स, यूकेको कार्य समितिको नियमित बैठक सम्पन्न भएको छ। भर्चुवल माध्यमबाट गरिएको बैठकमा अध्यक्ष श्रीमती लक्ष्मी के सी, सचिब - श्रीमति शोभा राणा पोखरेल, सह-सचिब - डा. बिकाश रानाभाट, कोषाध्यक्ष - श्री संजीभ मैनाली, सदस्य महानुभाबहरु  - श्री बल थापा, श्रीमति चित्रा देवकोटा, श्री मति प्रसाद पुन, श्री भोज नारायण रेग्मी, श्री श्रीराम थापा मगरको सहभागिता रहेको थियो।

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सी को अध्यक्षतामा बसेको कार्य समितिको बैठकले संस्थाको बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार गर्ने निर्णय गरेको छ। बार्षिक साधारण सभा Physical वा Virtual गर्ने भन्ने बारे सहभागिता तथा सहजता अनुसार कार्य गरि कार्यसमितिले टुंगो लगाउने छ। 

बैठकले अध्यक्ष के सीले प्रस्ताव गर्नुभएको आगामी बर्षका लागि बार्षिक क्यालेन्डर सर्ब सम्मत रुपमा पारित गरेको छ। 

बैठकले पारित गरेका बार्षिक क्यालेन्डर निम्नानुसार रहेका छन् । 

Sunday, 12 November 2023

रिमेम्बरेन्स डे २०२३ मा हाम्रो सहभागिता

कार्डिफ - वेल्स, बेलायत - आईतवार १२  नोभेम्बर २०२३, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२३ भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेलका साथै श्री श्याम बहादुर गुरुङ, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङको सहभागिता रहेको थियो। 

पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा आयोजना गरिएको कार्यक्रममा विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए। 

Sunday, 5 November 2023

दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न


वेल्स ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। 


नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

सचिब शोभा राणा पोखरेलले नेपालीहरुको महान पर्ब दशैँ हामी सबैको घर आंगनबाट बिदा भई सकेको, र ढिलै भएपनि बडा दशैँको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै दुर्गा भवानीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्नु भयो। साथै नजिकिदै गरेको अर्को महान पर्ब तिहार तथा भाई टिकाको शुखद उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै  सम्पूर्णमा शुख शान्ति एबं सम्ब्रिद्दिको कामना गर्नुभयो। 

Monday, 1 May 2023

समर बार्बिक्यु सम्बन्धि जानकारी

अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्स, युकेले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ। काम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ। 

कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ। यस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स, युके हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ। 

कार्यक्रम सम्बन्धि अन्य जानकारी: