Friday, 9 July 2010
कार्डिफ फुटवल वर्ल्ड कप र हाम्रो सहभागिता
Thursday, 17 June 2010
कार्डिफ फुटवल वर्ल्ड कपमा नेपाली फुटवल टिमले खेल्ने
वर्ल्ड कप फुटवलको स्वादमा रमाउनको लागि फर्स्ट स्पोर्ट्स कार्डिफले आगामी ४ जुलाई २०१० आइतवारका दिन "कार्डिफ फुटवल वर्ल्ड कप" आयोजना गर्दै छ। ५ खेलाडि एकतर्फ हुने उक्त खेलमा "नेपाली फुटवल टिम, कार्डिफ" को पनि सहभागिता रहने जानकारी गराउँदछौं। ८ जना नेपाली युवा खेलाडिलाई हाम्रो संस्थाका सदस्य रामचन्द्र पोखरेलले नेतृत्व प्रदान गर्नुहुनेछ। हाम्रो टिमलाई हौसला प्रदान गर्नको लागि हामि सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त खेलमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं। खेलको बारेमा अन्य जानकारीको लागि ०७५७५५१४९१५ नम्बरको टेलिफोन वा pokharel_rc@yahoo.co.uk मा रामचन्द्र पोखरेललाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।कार्यक्रम सम्बन्धि जानकारी
मिति: ४ जुलाई २०१०, आइतवार
समय: दिनको १२:०० बजे
स्थान: Cardiff Gol Centre
Lawrenny Avenue
Canton
Cardiff
CF11 8BR
02920375760
Tuesday, 8 June 2010
आर्ट काउन्सिल वेल्स सँग सहकार्यको लागि छलफल
Thursday, 20 May 2010
कार्डिफ नेपाली युवा फुटवल टोलीलाई सफलता
यस संस्थाका सदस्य रामचन्द्र पो
खरेलको संयोजनमा गएको कार्डिफ नेपाली युवा फुटवल टोलीको तर्फबाट यहाँका नेपाली युवा खेलाडिहरु धनेन राई, समिर लिम्बु, संदिप लिम्बु, सरोज लिम्बु, सजिन लिम्बु, रमेश लिम्बु, हिस्शे लिम्बु र संगम लिम्बुले खेलेका थिए। खेलमा हाम्रा खेलाडिहरुलाई हौस्याउनको निम्ति वे.ने.स. का पदाधिकारीहरुका साथै अन्य नेपालीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा BVSNW को तर्फबाट खेलाडिहरुलाई पुरस्कार तथा पदक बितरण गरिएको थियो।
Saturday, 15 May 2010
सहकार्यको लागि BVSNW सँग छलफल
वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना देखिनै बिभिन्न सामाजिक संघ संस्थाहरु सँग भाईचारा अभिबृद्धि गर्दै सहकार्यकोलागि हात बढाइरहेको छ। यसैको निरन्तरता स्वरुप गत १३ मे २०१० को दिन हाम्रो संस्थाका एक प्रतिनिधि मण्डलले Black Voluntary Sector Network Wales (BVSNW) सँग सम्पर्क गरि छलफल गरेको छ। वेल्स एसेम्बली सरकारको आर्थिक सहयोगमा वेल्समा रहेका जातीय अल्पसंख्यकहरु (ethnic minorities)को छाता संगठनको रुपमा काम गरिरहेको उक्त संस्थासँग आबद्ध रहि कार्य गर्ने उद्देश्यले अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा संस्थाका सदस्य रामचन्द्र पोखरेल सहितको टोलीले BVSNW का कार्यक्रम निर्देशक माईकल फ्लानसँग भेट गरि छलफल गर्यो। उक्त अवसरमा आपसी हितका बिषयमा कुरा हुनुका साथै एकआपसमा सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने बिषयमा ब्यापक छलफल भयो। कार्यक्रम निर्दैशक माईकलले हाम्रो संस्थासँग सहकार्य गरि अघि बढ्नको लागि तयार रहेको जानकारी गराउँदै BVSNW को आगामी कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्षले पनि BVSNW को सबै कार्यक्रमहरुमा हातेमालो गर्दै सक्दो सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस भेटघाट र छलफल कार्यक्रमको संयोजन रामचन्द्र पोखरेलले गर्नुभएको थियो।भेटघाटको अन्तमा निर्देशक माईकलले १६ मे २०१०, आइतवारको दिन BVSNW ले आयोजना गर्न लागेको 5 x side युवा फुटबल खेलको लागि नेपालीहरुको टिमको पनि सहभागिताको लागि अनुरोध गर्नुभयो। हाम्रो संथाको तर्फबाट युवा फुटबल टोली बनाई सहभागि गराउने आश्वासन दिएर त्यसको लागि आवश्यक पहल गर्ने सहमति भएको थियो।
Thursday, 6 May 2010
स्व. होम बहादुर थापाको अन्तिम संस्कार सम्पन्न
गत २३ अप्रिल २०१० का दिन स्वर्गवास हुनुभएका यस संस्थाका सदस्य होम बहादुर थापाको ६ मे २०१०, बिहिबारको दिन स्थानीय थ्रोनहिल सिमेटरि तथा क्रिमेटोरियममा विशेष समारोहका बिच अन्तिम संस्कार सम्पन्न भयो। उक्त अवसरमा वहाँको परिवारका सदस्यहरु एवं वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुका अलावा कुम्बरान, ब्रेकन, अल्ट्रासोड,स्विनडन, बर्मिङघम, क्यामबरलि, लन्डन लगायतका स्थानहरुबाट पाल्नुभएका वेल्स गोर्खा कम्युनिटि, मगर संघ युके, पाल्पाली भञ्ज्याङ युके आदी संघ संस्थाहरुका सदस्यहरु सहित करिब १६० नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय ल्यानरम्निका काउन्सिलरहरु डेरिक मोरगन र हिथर जोयस का साथै ल्यानरम्नि स्कुलकी शिक्षिका मिस एलनको पनि उपस्थिति थियो।नेपाली ब्राम्हणबाट शंखध्वनिका साथ पुजापाठ गराई हिन्दु परम्परा अनुसार सम्पन्न गरिएको अन्तिम संस्कारको कार्यक्रममा मिलिटरी ब्यगपाइपर बजाएर सम्मान दिइएको थियो। स्व. थापाको पार्थिव शरिरमा वहाँका छोरा सन्तोष थापाले दागबत्ति दिएका थिए। उक्त अवसरमा मगर संघ, बेलायतका अध्यक्ष कुल बहादुर थापाले स्व. थापाको जिवनीका बारे उप
स्थित सबैलाई जानकारी दिएका थिए। मृतआत्माको चिर शान्तिको लागि २ मिनेट मौनधारण पनि गरिएको थियो। स्व. थापाका परिवारमा श्रीमती, ३ छोरी र १ छोरा छन। कार्यक्रम पश्चात ल्यानरम्नि स्थित रग्बी क्लबको हलमा सम्पुर्ण उपस्थित महानुभावहरुको लागि जलपान कार्यक्रमको आयोजना गरिएको थियो।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
Monday, 3 May 2010
नयाँ वर्ष २०६७ कार्यक्रमका केहि मनोरंजनात्मक क्षणहरु
नयाँ वर्ष २०६७ कार्यक्रममा नेपाली खाना, नेपाली पहिरन सँगै गितसंगितले पनि भरिभराउ थियो। यसै कार्यक्रममा पस्किएका केहि मनोरंजनात्मक क्षणहरुको भिडियोहरु हामिलाई भर्खरै प्राप्त भएकोले यहाँ राखिएको छ।
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
रेशम फिरिरी गित प्रस्तुत गर्दै रामचन्द्र पोखरेल
माइतिघर गितमा नृत्य प्रस्तुत गर्दै सुनिता थापा
मखमली चोली चाँहिदैन गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल पोखरेल
आमाले मायागरि किनिदिएको गितमा नृत्य प्रस्तुत गर्दै सानी नानी रस्मिता गुरुङ
चियाबारीमा हो चियाबारीमा गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल र प्राजन पोखरेल
जोमसोमै बजारमा गित प्रस्तुत गर्दै रोशन भट्टराई
Sunday, 25 April 2010
शोकमा वेल्स नेपाली समुदाय
यस संस्थाका कर्मठ सदस्य, ल्यानरमनि कार्डिफ निवासी भुतपूर्व गोर्खा सैनिक श्री होम बहादुर थापा को गत २३ अप्रिल २०१०, शुक्रवारको दिन असामयिक निधन भएकोमा समस्त वेल्स नेपाली समुदाय शोकमग्न भएको छ। यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संन्तप्त परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं।जरुरी जानकारी तथा सुचना
गत २४ अप्रिल २०१०, शनिवारको दिन बसेको संस्थाको आकस्मिक बैठकले श्री थापाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै २ मिनेट मौन धारण गर्नुका साथै वहाँको पार्थिव शरिरको अन्तयष्टिको लागि पहल गर्ने निर्णय गर्दै यस संस्था सँग आबद्ध सम्पुर्ण नेपाली परिवारहरुबाट सहयोग रकम संकलन गर्ने पनि निर्णय भएको जानकारी गराइन्छ। सहयोग रकम संकलनको संयोजन श्री आइत बहादुर गुरुङ (मोबाइल नं. ०७९१९२६१३४६) ले गरिरहनु भएकोले सम्पुर्ण सदस्य महानुभावहरुलाई आ-आफ्नो सहयोग रकम यथासक्य चाँडो उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
स्व. होम बहादुर थापाको अन्तिम संस्कार आगामी ६ मई २०१०, बिहिवार बिहानको १०:०० बजे निम्न स्थानमा हुने भएकोले सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
स्थान:
Thronhill Cemetery & Crematorium
Thronhill Road
Llanishen
Cardiff
CF14 9UA
Tuesday, 20 April 2010
हाम्रो नयाँ वर्ष २०६७ कार्यक्रम
जहाँ जन्म्यौं त्यहाँको संस्कृतिलाई आत्मासाथ गर्दै जगेर्ना गर्नुपर्छ भन्ने भावनाले का
र्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
र्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
म्बु र रोशा लि
म्बुको नृत्यले सबैलाई उफारिरहेको देखिन्थ्यो। स्थानीय गायकहरु रामचन्द्र पोखरेल र रोशन भट्टराईले नेपाली संगितमा आफ्नो गित प्रस्तुत गर्दा सबै झुमेका देखिन्थे जसमा अझ रौनकता थप्नेकाम गर्नुभएको थियो केन्टदेखि आउनुभएका कलाकार दिपक थापाले। लन्डनदेखि आएका सारंगी बजाउने टोलीलाई हाम्रै अध्यक्ष चित्र बहादुर राईले मादल बजाएर रेशम फिरिरी अनि सिमसिमे पानीमा बोलको धुनमा साथ दिइरहनुभएको थियो। कार्यक्रमको अन्ततिर खोलिएको
राफल चिठ्ठाले पनि एकछिन सबैलाई मनोरंजन दिएको थियो।यस कार्यक्रमको शुरुमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । यसै अवसरमा नेपाली नयाँ वर्षको शुभकामना दिदै पूर्व क्याबिनेट मंत्री एलान माइकलले नेपाली समुदाय वेल्सको लागि महत्वपुर्ण छ भन्दै यो समाजको प्रगतिको कामना गर्नुभयो। कार्यक्रममा अर्की निवर्तमान सांसद जेनी विल्लटले वेल्समा रहेका नेपालीहरुको कार्यक्रममा पहिलो पटक सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिइन। नेपाली दुतावासका सहचारी खिमानन्द भुसालले पनि वेल्समा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभयो। संस्थाका
अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।
अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।Wednesday, 14 April 2010
नयाँ वर्ष २०६७ को हार्दिक शुभकामना
Subscribe to:
Posts (Atom)
