Tuesday, 19 June 2012

समर बि बि क्यु २०१२ सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि संस्थाले समर बि बि क्यु २०१२ कार्यक्रम भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|

Tuesday, 1 May 2012

जनचेतना मुलक कार्यक्रम सम्पन्न

वेल्स नेपाली समुदाय, कार्डिफले लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जनचेतना दिने उद्देश्यले आयोजना गरेको लागुऔषध बारे जनचेतना मुलक कार्यक्रम भर्खरै मात्र सम्पन्न भएको छ| सँस्थाका कार्यसमितिका सदस्य श्री शिवजी श्रेष्ठको बिशेष अनुरोधमा नार्कोनन नेपालको राष्ट्रिय निर्देशक तथा अन्तराष्ट्रिय नार्कोननको तर्फबाट दक्षिण र दक्षिण पुर्बी एशियाको संयोजक तथा भू.पु.एस.एस.पि. श्री बसन्त राज कुँवर वेल्सको राजधानी कार्डिफमा आई लागुऔषधले घर परिवार र समाजमा पार्न सक्ने समस्या र यसबाट बच्न अपनाउनुपर्ने कदमबारे जानकारी तथा जनचेतना गराउनुभएको थियो|

Sunday, 22 April 2012

नयाँ बर्ष २०६९ कार्यक्रमका भिडियोहरु

सिम्पल सिम्पल कान्छीको - बोलको गीतमा नृत्य गर्दै प्राजन र प्रान्जिल पोखरेल 

Monday, 16 April 2012

नयाँ बर्ष २०६९ कार्यक्रम भब्य रुपमा सम्पन्न


बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०६९ साल लाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|

Monday, 2 April 2012

नयाँ बर्ष २०६९ को शुभ उपलक्ष्यमा वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा

दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै

यस पुनित अबसरमा सम्पूर्ण नेपाली

परिवारको शुख शान्ति एबं

समृद्धिको कामना

गर्दछौं |



Saturday, 24 March 2012

‘नयाँ बर्ष २०६९’ कार्यक्रम सम्बन्धि जानकारी

सधै जस्तै यसपाली पनि विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०६९’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १४ अप्रिल २०१२ (०२ बैशाख २०६९) शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०६९’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |

Friday, 2 March 2012

राष्ट्रिय सेन्ट डेविड्स दिबसमा हाम्रो सहभागिता र भुमिका



१ मार्च २०१२, बिहीबार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।

Thursday, 2 February 2012

“राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१२” मा हाम्रो सहभागिता



२६ जनवरी २०१२ बिहिवारका दिन कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय होलोकस्ट सम्झना दिन वेल्स २०१२” भब्य रुपमा सम्पन्न भयो। अंग्रेजी वर्ष १९३३ देखि १९४५ सम्म बिशेषगरि युरोपियन देशमा भएको उक्त भयानक हत्याकाण्ड कहिल्यै बिर्सन नसकिने घटना भएको सबैमा ठहर थियो। बिरलै मात्रामा पाईने मास हत्याकाण्डमा होलोकस्ट हत्याकाण्ड एक थियो भने उक्त हत्याकाण्डमा जम्मा जम्मी ११ मिलियन हत्यामा, ६ मिलियन जिविस जनता र १.१ मिलियन बच्चाबच्ची मारिएको अनुमान छ। नोकरशाही फासिस्ट शासन ब्यबश्थाले गरेको उक्त हत्याकाण्ड जातीय, प्रजातीय, धार्मिक, बैचारिक र राजनीनिक भिन्नता माथिको कहाली लाग्दो धम्कि थियो।

Saturday, 24 December 2011

हार्दिक मंगलमय शुभकामना !!!


ईस्वी सम्बतको नयाँ बर्ष २०१२ तथा क्रिसमस २०११ को शुभ उपलक्ष्यमा
वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै
यस पुनित अबसरमा सम्पूर्ण नेपाली
परिवारको शुख शान्ति एबं
समृद्धिको कामना
गर्दछौं |
वेल्स नेपाली समुदाय, कार्डिफ

Friday, 9 December 2011

कार्डिफमा क्रिसमस सम्बन्धि कार्यक्रम र हाम्रो सहभागिता


६ डिसेम्बर २०११, मंगलबारका दिन क्रिसमस नजिकिदै गरेको बेला कार्डिफ काउन्सिलका लर्ड मेयर डिलम बोवेनको आयोजनामा क्रिसमस सम्बन्धि कार्यक्रम LORD MAYOR’S CIVIC SERVICE OF NINE LESSONS AND CAROLS SERVICE सम्पन्न भएको छ| कार्डिफ काउन्सिल तथा लर्ड मेयरले आयोजना गर्ने प्राय सबै अफिसियल कार्यक्रमहरुमा निमन्त्रणा आउने क्रममा यसपाली पनि निमन्त्रणा प्राप्त भएपछि वेल्स नेपाल समुदायले सहभागिता जनाएको उक्त कार्यक्रम कार्डिफको द सिटि पारिश चर्च मा सम्पन्न भएको थियो| बेलुकी ६.३० मा शुरु भएको उक्त कार्यक्रम विभिन्न रोचक झलकहरुका साथ करिब ७.३० सम्म चली चियापान समारोहमा परिणत भएको थियो|