Sunday, 9 April 2023

नयाँ बर्ष २०८० शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न


८ अप्रिल २३ - कार्डिफ, वेल्स - नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पेनार्थ टाउन काउन्सिलकि मेयर लोरा रोचफोर्ट र इन्फ्याँट्री ब्याटल स्कुल, ब्रेकन क्याम्पका अफिसर कमान्डिङ मेजर बबिंद्र गुरुङ बिशेष अतिथिको रुपमा सहभागी रहनु भएको थियो। 

वेल्सको राजधानी कार्डिफको रोथ सोसल हलमा दिनको ५ बजेदेखि शुरु भएको यस कार्यक्रमा संस्थाकी सचिब शोभा राणा पोखरेलले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो। भने आउंदै गरेको नयाँ बर्षको उपलक्ष्यमा सबैको घरमा शुख, शान्ति एवं सम्ब्रिद्दीको कामना गर्नुभयो।  

Sunday, 12 March 2023

‘नयाँ बर्ष २०८०’ भब्य रुपमा मनाउने तयारी

 नेपाली समाज वेल्स यूकेले विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथ नेपाली ‘नयाँ बर्ष २०८०’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने उदेश्यले ८ अप्रिल २०२३ शनिवारका दिन नयाँ बर्षको स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गहिरहेको छ |

Wednesday, 1 March 2023

सेन्ट डेविड्स डे (St. David’s Day) कार्यक्रममा सहभागिता


वेल्स युके - नेपाली समाज वेल्स युकेले आज मिति १ मार्च २०२३ बुधबारका दिन सिटी एन्ड काउन्टी अफ कार्डिफबाट आएको निमन्त्रणालाई स्वीकार गरी संस्थाका अध्यक्ष श्रीमती लक्ष्मी केसी र सचिब श्रीमती शोभा राणा पोखरेल बाट St Margaret’s Parish Church, मा सम्पन्न सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्स को तर्फ बाट प्रतिनिधित्व सहित सहभागिता जनाइएको छ। उक्त कार्यक्रमको दौरानमा संस्थाको तर्फबाट कार्डिफ काउन्सिलका मेयर, उपमेयर तथा काउन्सिलरहरु संग परिचय, भेटघाट तथा संस्थासंगको सहकार्यका लागि धन्यबाद तथा आभार व्यक्त गरिएको थियो।

Saturday, 4 February 2023

संस्थाको सातौं महाधिबेशन भब्य रुपमा सम्पन्न

 

कार्डिफ, वेल्स - ४ फेब्रुवरी २०२३, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको सातौं  महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाका निबर्तमान अध्यक्ष श्री निर लाल मोक्तानले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम निबर्तमान सचिब श्री अमर ध्वज मल्लले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो।  संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको सातौं महाधिबेशनमा सचिब श्री अमर ध्वज मल्लले संस्थाले छैठौ अधिबेशन देखि सातौं अधिबेशन सम्म गरेका कार्यक्रमहरुको प्रगति विवरण पेश गर्नुभयो। 

Tuesday, 15 November 2022

रिमेम्बरेन्स डे २०२२ मा नेपाली समाज वेल्सको सहभागिता !!

कार्डिफ, वेल्स, बेलायत - आईतवार १नोभेम्बर २०२२, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२२ भब्य रुपमा सम्पन्न भयो पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए ।

Wednesday, 26 October 2022

!!दशैं र तिहार २०२२ को कार्यक्रम भव्यताका साथ सम्पन्न !!

१५ अक्तोबेर २०२२, शनिवार, नेपालीहरुको महान चाडहरु दशैं तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार  २०७/२०२२ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो   बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं तिहार कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो

Tuesday, 12 July 2022

समर बार्बिक्यु २०२२ कार्यक्रम सम्पन्न

 

 जुलाई २०२२शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो  वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Cosmeston Lakes Country Park, Lavernock Road, Penarth, CF64 5UY मा आयोजना गरिएको थियो 

Sunday, 17 April 2022

!!!!! नयाँ वर्ष २०७९को भब्य रुपमा स्वागत !!!!!

 

०९ अप्रिल २०२२ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७९ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा बडो हर्ष र उल्लासका साथ सम्पन्न भयो । विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब अमर ध्वज मल्लले संचालन गर्नुभएको थियो भने अध्यक्ष निर लाल मोक्तानले पानसमा बत्ती वाली कार्यक्रमलाई सु-आरम्भ गर्नु भएको थियो । उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको भयो ।

Monday, 22 November 2021

!! रिमेम्बरेन्स डे २०२१ मा नेपाली समाज वेल्सको सहभागिता !!

 

वेल्स, बेलायत - आईतवार १४ नोभेम्बर २०२, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट  कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२१ सम्पन्न भयो Covid-19 को कारणले गर्दा यस वर्ष सिमित मानिसहरुको मात्र सहभागिता रहेको कार्यक्रममा सम्पूर्ण गुर्खा नेपाली समाज वेल्स, यूकेको तर्फबाट कमल केशर चेम्जोंगले सहभागिता जनाउनु भएको थियो पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो  बिहान ठिक ११ बजेर ११ मिनेट ११ सेकेन्डको युद्दमा बीरगति प्राप्त
गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा मिनेट मौनधारण तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट  कमल केशर चेम्जोंगले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो  यस बिसम परिस्थितिमा पनि समय निकाली हामी सबैको प्रतिनिधित्यो गरि सं कार्यक्रममा सहभागी हुनु भएकोमा  कमल केशर चेम्जोंगलाई नेपाली समाज वेल्स, यूके हार्दिक आभार धन्यवाद प्रकट गर्दछ

धन्यवाद

नेपाली समाज वेल्स, युके