Monday, 13 December 2010
Monday, 29 November 2010
कार्डिफ काउन्सिलका लर्ड मेयरसंग परिचयात्मक भेटघाट सम्पन्न
Saturday, 20 November 2010
रिमम्बरेन्स डे मा हाम्रो सहभागिता
गत १४ नोभेम्बर २०१० को दिन कार्डिफमा आयोजना गरिएको रिमेम्बरेन्स डे मा हाम्रो संस्थाको तर्फबाट भुतपूर्व गोर्खा सैनिक, वहाँका परिवारका सदस्यहरुका साथै अन्य स्थानीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भाग लिनुभयो। बिहान १० बजे एलेक्जेन्डर बगैंचामा भेलाभई ठिक १०:५८ मा कार्यक्रमको शुरुवात भएको थियो। ११ बजेर ११ मिनेट ११ सेकेन्डको समयमा लडाईमा विरगति प्राप्त गर्ने सम्पुर्ण योद्धाहरुको सम्झनामा २ मिनेट मौनधारण गरिएको थियो। त्यसपछि राष्ट्रगान गाई उक्त भेला परेडमा परिणत हुँदै क्याथेज पार्क वरपरका स्थानमा गई अन्त्यमा स्थानीय सिटिहलमा गई समाप्त भएको थियो। कार्यक्रमको अन्तमा सिटिहलमै परेडमा सहभागिहरुका लागि चियापानको आयोजना गरिएको थियो।Thursday, 4 November 2010
दशैं – तिहार २०६७ कार्यक्रम सम्पन्न
चन्द्र पोखरेलहरुले देखाएका नेपाली सस्कृति झल्कने नाच गान, कविता, उखान-टुक्का र लोक-दोहोरीले गाउँघरनै बिर्साएको थियो।
कार्डिफको सेन्ट मेलन भिलेज ह
Sunday, 31 October 2010
दशैं-तिहार २०६७ कार्यक्रमका भिडियो दृश्यहरु
कार्यक्रमको शुरवात : यो नेपाली शिर उचाली (सांस्कृतिक टोलीको सामुहिक प्रयास)
जमाना नयाँ छ चाहना नयाँ छ : साना नानिहरु (प्राजन, शुभाशिष, बिभुषित, प्रान्जिल, सौभाग्य, आयुष्मा, आभाष र आयुष)
दशैं धुन (सुमन तिमिल्सिना)
गैरिखेतको शिरै हान्यो (संजिता लिङदेन)
वसन्तनै बस्न (प्रशंसा कन्दङ्वा)
कौडा नृत्य (सावित्री कार्की, शोभा पोखरेल, चित्राकला देवकोटा, रामचन्द्र पोखरेल, रोशन भट्टराई र अमर मल्ल)
घान्द्रुके ठिटी म त (अम्बिका गुरुङ र प्रिति गुरुङ)
कविता-ठट्यौली (महेश देवकोटा)
आधुनिक नृत्य (प्राजन र प्रान्जिल पोखरेल)
हिन्दी गितमा नृत्य (जेविना तन्डुकार)
आधुनिक नृत्य (संजिता लिङ्देन)
बिभिन्न विभागका उप-समिति गठन
वेल्स नेपाली समुदाय, कार्डिफका कार्यसमिति सदस्यहरुको संयोजकत्वमा हालैमात्र २ बिभिन्न विभागहरुका उप-समिति गठन गरिएको छ। हाललाई ३ सदस्यीय उप-समिति निर्माण गरिएकोमा अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि समेट्दै निकट भविश्यमै ५ सदस्यीय बनाइने कुरा अवगत गराउन चाहन्छौं। संस्थाका सदस्यहरु महेश देवकोटा र अमर मल्ल संयोजक रहनुभएको भिन्न उप-समितिका सदस्यहरुको नामावली यसप्रकार छ।
संगठन विस्तार विभाग उप-समिति
* अमृत गुरुङ (सदस्य)
* सुरज शर्मा (सदस्य)
युवा, खेलकुद तथा विधार्थी विभाग उप-समिति
* सरोज लिम्बु (सदस्य)
* धनेन राई (सदस्य)
कार्डिफ र कार्डिफ वरपर रहनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई वेल्स नेपाली समुदाय, कार्डिफको साझा फुलबारी भित्र समेट्न प्रयास गर्ने संगठन विभागको उद्देश्य रहेको छ भने युवा, खेलकुद तथा विधार्थी विभागले नेपाली युवाहरुलाई खेलकुद तथा युवा विकाशको अन्य अरु विविध क्षेत्रमा सामेल गराउने प्रयास गर्नेछ।
Thursday, 7 October 2010
Wednesday, 6 October 2010
वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो अधिवेशन सम्पन्न
गत ३ अक्टोवर २०१० , आइतबारका दिन वेल्स नेपाली समुदाय, कार्डिफको प्रथम अधिवेशन सम्पन्न भयो। संस्थाको एक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै त्यसमाथि छलफल गरि शुरु गरिएको अधिवेशनमा संस्थाको आयव्यय एवं सम्पत्ति विवरण प्रस्तुत गरिएको थियो। संस्थाले हालसम्म गरेका कामहरु सन्तोषजनक रहेको र आगामी दिनहरुमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने कुरामा जोड दिइयो। साथसाथै संस्थाको सदस्यता वितरण अझ प्रभावकारी बनाउँदै बढी भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाको छहारीमुनि ल्याउन कोशिस गर्ने प्रतिबद्धता व्यक्त गरियो।
अधिवेशनको सुरुमा पुरानो कार्यसमितिलाई भंग गरि मानध्वज गुरुङको संयोजकत्वमा कमल केशर चेम्जोङ तथा आइत बहादुर गुरुङ सम्मिलित ३ सदस्यीय अध्यक्ष मण्डलको गठन गरियो। उक्त अध्यक्ष मण्डलले पुरानो कार्यसमितिका धेरैजसो पदाधिकारीहरु यथावत राखि थप २ जना नयाँ सदस्यहरु सम्मिलित १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ। चयन भएका सदस्यहरुमध्येबाट तपसिलका पदाधिकारीहरुको मनोनयन गरिएको छ। यस कार्यसमितिको पदावधि २ बर्षको लागि तोकिएको छ।
अध्यक्ष - श्री चित्र बहादुर राई
उपाध्यक्ष - श्री रविन्द्र तुम्बाहाम्फे
सचिव - श्री रोशन भट्टराई
सह-सचिव - श्री रामचन्द्र पोखरेल
कोषाध्यक्ष - श्रीमति प्रितम कुमारी चेम्जोङ
सह-कोषाध्यक्ष - श्रीमति संगिता गुरुङ
जनसम्पर्क सचिव - श्री मोति प्रसाद पुन
सदस्य - श्री महेश देवकोटा
सदस्य - श्री अमर मल्ल
सदस्य - श्री पुर्णचन्द्र लिङदेन
सदस्य - श्री बिर बहादुर गुरुङ
सदस्य - श्री आइत बहादुर गुरुङ
सदस्य - श्री शिवजी श्रेष्ठ
नयाँ कार्यसमितिको बैठकले तपसिलका सदस्यहरुको संयोजकत्वमा विभिन्न विभागहरु गठन गरि बढी भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्दै नेपालीका हितमा काम गर्न, सबै उमेर समुहको प्रतिनिधित्व गर्दै सामुहिक रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरियो।
कार्यक्रम तथा समन्वय विभाग - रामचन्द्र पोखरेल (संयोजक)
युवा, खेलकुद तथा विधार्थी विभाग - अमर मल्ल (संयोजक)
महिला समन्वय विभाग - संगिता गुरुङ (संयोजक)
संगठन विस्तार विभाग - महेश देवकोटा (संयोजक)
नयाँ कार्यसमितिकै अर्को निर्णय अनुसार श्री मानध्वज गुरुङ र श्री जस बहादुर कन्दङ्वा लाई संस्थाको सल्लाहकारमा अर्को २ बर्षको लागि मनोनयन गरिएको छ।
लोगो प्रतियोगिताको नतिजा
यस संस्थाले आयोजना गरेको लोगो प्रतियोगितामा साना साना भाईबहिनीहरुको बिभिन्न ८ वटा लोगोका डिजाइनहरु समावेश गरिएका थिए। छनौट समितिको मताङ्कको आधारमा आयूष श्रेष्ठले डिजाइन गरेको लोगोलाई उत्कृष्ट घोषणा गरि उक्त लोगोको परिकल्पनालाई प्रयोग गरि संस्थाको लोगो बनाउने निर्णय गरिएको छ। विजयी प्रतियोगिलाई आगामी दशैं-तिहार कार्यक्रममा पुरस्कृत गरिनेछ।
Wednesday, 15 September 2010
दिदीबहिनीहरुको तीज कार्यक्रम
गत सेप्टेम्बर १२ तारिक, आइतवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफ सँग आवद्ध दिदीबहिनीहरुको अग्रसरतामा कार्डिफमा पहिलो पटक तीज कार्यक्रमको आयोजना गरियो। रम्नी स्थित प्रितम कुमारी चेमजोङको आफ्नै निवासमा आयोजना गरिएको उक्त कार्यक्रममा लगभग ३० जना दिदीबहिनीहरुको सहभागिता थियो। बिहान ११ बजे देखि साँझ ५ बजे सम्म दिदीबहिनीहरु आ-आफुले बनाएर ल्याएको नेपाली स्वादका पकवानहरु खाँदै हाँसो ठट्टा र नाचगानमा व्यस्त देखिन्थे। उक्त अवसरमा वेल्स नेपाली समुदायको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले पठाउनु भएको शुभकामना संदेश शोभा पोखरेलले पढेर सुनाउनुभएको थियो। आफ्नो संदेशमा अध्यक्ष राईले हाम्रा चेलिवेटीहरुबाट शुरु भएको यस्ता कार्यक्रमहरुको सह्राहना गर्दै भविश्यमा संस्थाको तर्फवाटपनि सहयोग हुने वाचा गर्नुभएको थियो। कार्यक्रमको अन्तमा यस्तो नेपाली संस्कृति जो
गाउने कार्यक्रमहरुलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने वाचा गरियो। कार्यक्रमको समाप्तिमा थकित भई दिदीबहिनीहरु खुशि हुँदै आ-आफ्नो घर फर्केका थिए। कार्यक्रमको परिकल्पना गरि आयोजना गर्न कम्मर कसेर लाग्नुभएकी श्रीमती शोभा पोखरेल र श्रीमती संगिता गुरुङलाई वेल्स नेपाली समुदाय हार्दिक धन्वाद दिन चाहन्छ साथै आफ्नो घरमै कार्यक्रमको आयोजना गर्नलाई सहयोग गर्नुहुने श्रीमती प्रितम कुमारी चेम्जोङलाई पनि संस्थाको तर्फवाट हार्दिक धन्यवाद ।
Monday, 6 September 2010
वेल्स नेपाली समुदाय,कार्डिफको लोगो प्रतियोगिता
- प्रतियोगितामा नेपाल र वेल्स झल्किने र वेल्स नेपाली समुदाय, कार्डिफ को नाम सामेल हुनुपर्ने छ।
- लोगो हातले कोरिएको वा कम्प्युटर बाट गरिएको हुन सक्दछ।
- प्रतियोगितामा सबै उमेरका ब्यक्तिले भाग लिन सक्नेछन।
लोगो प्रतियोगिताका बिजयी प्रतियोगीलाई आगामी दशैं - तिहार कार्यक्रममा पुरस्कार प्रदान गरिने छ। यस लोगो प्रतियोगिताको बारेमा अन्य जानकारीको आवश्यक परेमा कार्य समितिका कुनैपनी पदाधिकारी संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। आफ्नो लोगोको डिजाइन संस्थाका कुनैपनि पदाधिकारीलाई बुझाउन सकिने छ।
Sunday, 5 September 2010
यस वर्षको दशैं-तिहार कार्यक्रम सम्बन्धि जानकारी
कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने जानकारी गराउन चाहन्छौं।

समय: साँझ ५:०० बजे देखि ११ बजे सम्म
स्थान : St. Mellon's Village Hall
St. Mellon
Cardiff
CF3 5RT
बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।
टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)
नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
पाहुना सम्बन्धि व्यवस्था
नेपाली संस्कृति र परम्पराको आफ्नै बिशेषता र पहिचान छ। यो परम्परा र संस्कृतिलाई वेलायतका अन्य गैर नेपाली समुदायलाई पनि चिनाउने हाम्रो उद्देश्य भएकोले आ-आफ्ना गैर नेपाली साथिभाइ इष्टमित्रहरु लाई पनि पाहुनाको रुपमा ल्याउन सकिने व्यवस्था मिलाइएको छ। पाहुनाको हकमा पनि माथि उल्लेख गरे बमोजिम नै प्रवेश शुल्कको व्यवस्था गरिेएको छ।
पोशाक सम्बन्धि व्यवस्था
थुप्रै जातजाति, धर्म संस्कृति र परम्परा मिलेर नै नेपाली समाज बनेको हो। हाम्रो आफ्नो पहिचान भनेको पोशाक पनि हो। त्यसैले यो कार्यक्रममा नेपाली विविधता को एकता पस्कन सम्पुर्ण सहभागि दाजुभाइ दिदीबहिनीहरु लाई सम्भव भएसम्म आफ्नोपन झल्कने आफ्नै परम्परागत वेशभुषानै पहिरिएर आउन हार्दिक अनुरोध गर्दछौं।
अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
Thursday, 26 August 2010
दोश्रो समर बारबिक्यू सम्पन्न
यस कार्यक्रमलाई सफल पार्नको लागि आफ्नो अमुल्य समय खर्चगरि सहयोग गर्नुहुने सम्पुर्ण दाजुभाई दिदीबहिनीहरु प्रति यस संस्था हार्दिक आभार व्यक्त गर्न चाहन्छ। साथै आगामी कार्यक्रमहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछ।
Wednesday, 11 August 2010
वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो समर बारबिक्यू
कार्यक्रम सम्बन्धि अन्य जानकारीहरु:
मिति: १४ अगष्ट २०१०, शनिवार
समय: बिहान १० बजे देखि बेलुकी १० बजे सम्म
स्थान: Bar Y.K. Pub, 1 Elm Street, Roath, Cardiff, CF24 3QR
प्रवेश शुल्क: £7 (१५ वर्ष माथी), £5 (१० देखि १५ वर्ष सम्म)। १० वर्ष मुनिलाई नि:शुल्क
नोट: प्रवेश टिकट कार्यक्रम स्थलकै मुलद्वारमा लिन सकिने व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि आफ्नो नजिकैको कार्यसमिति सदस्यलाई सम्पर्क गर्नुहोला।
यसै कार्यक्रमको वेला संस्थाको साधारण सभाको बैठक पनि बस्ने कुरा अवगत गराउँदै सम्पुर्ण सदस्य महानुभावहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ।
Monday, 2 August 2010
"नेपाल पर्यटन वर्ष २०११" प्रवर्द्धन कार्यक्रमको आयोजना
नेपाल पर्यटन वर्ष २०११ लाई विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने मुख्य उद्देश्य राखी वेलायतस्थित नेपाली राजदुतावासको तत्वावधानमा पर्यटन प्रवर्द्धन कार्यक्रमको रुपमा वेलायतको बिभिन्न स्थानमा आयोजना भइरहेको कार्यक्रमकै शिलसिलामा गत जुलाई ३१, शनिवारको दिन वेल्समा "नेपाल पर्यटन वर्ष २०११" को प्रवर्द्धन कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। वेल्स नेपाली समुदाय, कार्डिफ र वेल्स गोर्खा कम्युनिटि, कुम्वरानले नेपाली राजदुतावासको सम्वन्वयमा कार्यक्रमको आयोजना गरेको थियो।वेल्स गोर्खा कम्युनि
टि कुम्बरानका अध्यक्ष लक्ष्मी तुम्बाहाम्फेले उपस्थित पाहुनाहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रममा राजदुत डा. चालिसेले नेपाल पर्यटन वर्ष २०११ को बारेमा प्रकाश पार्ने क्रममा बेलायती मित्रहरुलाई नेपाल भ्रमणको निम्तो दिदै नेपाल-वेलायत मित्रता लगभग दुई शताब्दी पुग्न लागेको स्मरण गराउनु भएको थियो। बेलायतको लागि हजारौं नेपालीले दुईवटा विश्वयुद्धमा भाग लिएको र तेह्र जनाले भिक्टोरिया क्रस जस्तो उच्च पदक समेत प्राप्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो। भर्खरै वेलायती मंत्रीले नेपाल भ्रमण गरेको उल्लेख गर्दै वेलायत-नेपाल सम्वन्ध अति महत्वपुर्ण भएकोले वेलायती मित्रहरुलाई नेपालको भ्रमण गर्न आव्हान समेत गर्नुभयो। सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सांसद एलान माईकलले नेपालमा १०१ वटा भाषा प्रचलित रहेकोमा आश्चर्य व्यक्त गर्दै वेल्समा दुईवटा मात्र भाषा प्रचलनमा रहेको बताउँदै नेपालको विविधता सुनेर अचम्म लागेको र नेपाल प्राकृतिक स्रोत, साधन र संस्कृतिमा कति धनि छ भन्नेकुरा यसैबाट स्पष्ट हुन्छ भन्नुभयो। सो अवसरमा उहाँले नेपाली राजदुतको अनुरोधमा वेलायती प्रधानमंत्रीलाई नेपाल भ्रमणको वातावरण बनाउन प्रयास गर्ने बताउनु भयो। नेपाल र नेपाली वेलायतको अभिन्न मित्र रहेको उल्लेख गर्दै वहाँले यस कार्यक्रमले नेपालको अझ राम्रो प्रचारप्रसार गर्न सहयोग पुगेको पनि बताउनुभयो।
कार्यक्रममा कार्डिफ नगरका डेपुटी लर्ड मेयर जेनी रीसले नेपालीहरु यति संख्यामा वेल्समा रहेकोमा खुसी ब्यक्त गर्दै नेपाली र स्थानीय निकायबीचमा सहकार्यको आह्ववान समेत गर्नुभयो। नेपालीको प्रत्येक क्रियाकलापमा आफ्नो सहयोग रहने बताउँदै उपस्थित बेलायती मित्रहरुलाई नेपालको प्राकृतिक विविधताका रसस्वादन भर्न नेपाली जनताको न्यानो आतिथ्यता स्विकार्नको लागि नेपाल भ्रमण गर्न समेत आह्ववान गर्नुभयो। कार्यक्रममा नेपाली दुतावासका मिनिष्टर काउन्सिलर झविन्द्रप्रसाद अर्यालले पावर प्वाइन्टबाट नेपालको प्राकृतिक सम्पदा, संस्कृति, भ्रमणीय मनोरम स्थान, नेपाल भ्रमण गर्दा त्यहाँका सुविधा, होटल, यातायात लगायतका बारेमा सचित्र आकर्षक ढंगले प्रस्तुतिकरण गर्नुभएको थियो।
कार्यक्रमकै बिचमा तीन पटक नेपाल भ्रमण गरिसकेका साउदम्पटनका प्याट्रिक फ्लेमिङ, नेपाल भ्रमण गरिसकेका हंगेरियन नागरिक (हाल कार्डिफ बस्ने) इमि राज, कार्डिफ विश्वविधालयका क्रिस्टोफर पेडिङटनले नेपाल भ्रमणका सिलसिलामा आफुले देखेका, भोगेका, रमाइला र मनोरम क्षण, नेपालीका आफन्ति व्यवहारका बारेमा रोचक र प्रभावकारी ढंगले आफ्ना अनुभव साटासाट गरेका थिए। पावर प्वाइन्टको मद्दत समेत लिएका उनीहरुले नेपाल एक पटक हैन, पटक पटक गइरहने स्थान भएको बताएका थिए।
कार्यक्रमको अन्तमा
नेपाली संस्कृति झल्काउने दिदीबहिनीहरु (शोभा पोखरेल, चित्राकला देवकोटा र सविता भट्टराई) को तीज गीतका नृत्य, वालकलाकारहरु (प्रान्जिल पोखरेल, प्राजन पोखरेल र भिक्टिरिया के.सी.) का नृत्य तथा ब्रेकन देखि आएका गोर्खा सैनिकहरुको खुकुरी नृत्य समेत प्रस्तुत गरिएको थियो। सो सांस्कृतिक कार्यक्रमलाई उपस्थित पाहुनाहरुले निकै अभिरुचिपुर्वक नजर गरेका थिए। गीतको भाव नबुझे पनि कलाकारको जोश र संगीतको तालसँगै वेलायती पाहुनाहरु जोशिएर ताली बजाइरहेका थिए। कार्यक्रमको सुरुमा खाजाको रुपमा नेपाली परम्परागत सेलरोटी राखिएको थियो भने कार्यक्रम पश्चात दिउँसोको खानाको रुपमा शुद्ध नेपाली दाल-भात सहित नेपाली परिकारहरु राखिएको थियो। वेलायती पाहुनाहरुले थपिथपि नेपाली खानाको स्वाद लिएको देखेर हामीहरु दंग परेका थियौं। कार्यक्रमको अन्तमा सभापतित्व गरिरहेका वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्ष चित्र बहादुर राईले उपस्थित पाहुना लगायत सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम रोशन भट्टराईले संचालन गर्नुभएको थियो। सो कार्यक्रमको अर्को रोचक पक्ष मञ्च अ
गाडि प्रदर्शनमा राखिएको खुकुरी, मादल, सारङ्गी, थैली, तामाको डाली, पानि खाने अम्खोरा, थान्का, मूर्ती, बाँसुरी, टोपी थियो जसलाई सम्पुर्ण सहभागिहरुले अभिरुचिपुर्वक हेरेका थिए।ब्रेकनका गोर्खा सैनिक भाईहरुको खुकुरी नृत्य
बहिनी संजिता लिम्बुको नेपाली नृत्य
Friday, 9 July 2010
कार्डिफ फुटवल वर्ल्ड कप र हाम्रो सहभागिता
Thursday, 17 June 2010
कार्डिफ फुटवल वर्ल्ड कपमा नेपाली फुटवल टिमले खेल्ने
वर्ल्ड कप फुटवलको स्वादमा रमाउनको लागि फर्स्ट स्पोर्ट्स कार्डिफले आगामी ४ जुलाई २०१० आइतवारका दिन "कार्डिफ फुटवल वर्ल्ड कप" आयोजना गर्दै छ। ५ खेलाडि एकतर्फ हुने उक्त खेलमा "नेपाली फुटवल टिम, कार्डिफ" को पनि सहभागिता रहने जानकारी गराउँदछौं। ८ जना नेपाली युवा खेलाडिलाई हाम्रो संस्थाका सदस्य रामचन्द्र पोखरेलले नेतृत्व प्रदान गर्नुहुनेछ। हाम्रो टिमलाई हौसला प्रदान गर्नको लागि हामि सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त खेलमा उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं। खेलको बारेमा अन्य जानकारीको लागि ०७५७५५१४९१५ नम्बरको टेलिफोन वा pokharel_rc@yahoo.co.uk मा रामचन्द्र पोखरेललाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।कार्यक्रम सम्बन्धि जानकारी
मिति: ४ जुलाई २०१०, आइतवार
समय: दिनको १२:०० बजे
स्थान: Cardiff Gol Centre
Lawrenny Avenue
Canton
Cardiff
CF11 8BR
02920375760
Tuesday, 8 June 2010
आर्ट काउन्सिल वेल्स सँग सहकार्यको लागि छलफल
Thursday, 20 May 2010
कार्डिफ नेपाली युवा फुटवल टोलीलाई सफलता
Saturday, 15 May 2010
सहकार्यको लागि BVSNW सँग छलफल
वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना देखिनै बिभिन्न सामाजिक संघ संस्थाहरु सँग भाईचारा अभिबृद्धि गर्दै सहकार्यकोलागि हात बढाइरहेको छ। यसैको निरन्तरता स्वरुप गत १३ मे २०१० को दिन हाम्रो संस्थाका एक प्रतिनिधि मण्डलले Black Voluntary Sector Network Wales (BVSNW) सँग सम्पर्क गरि छलफल गरेको छ। वेल्स एसेम्बली सरकारको आर्थिक सहयोगमा वेल्समा रहेका जातीय अल्पसंख्यकहरु (ethnic minorities)को छाता संगठनको रुपमा काम गरिरहेको उक्त संस्थासँग आबद्ध रहि कार्य गर्ने उद्देश्यले अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा संस्थाका सदस्य रामचन्द्र पोखरेल सहितको टोलीले BVSNW का कार्यक्रम निर्देशक माईकल फ्लानसँग भेट गरि छलफल गर्यो। उक्त अवसरमा आपसी हितका बिषयमा कुरा हुनुका साथै एकआपसमा सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने बिषयमा ब्यापक छलफल भयो। कार्यक्रम निर्दैशक माईकलले हाम्रो संस्थासँग सहकार्य गरि अघि बढ्नको लागि तयार रहेको जानकारी गराउँदै BVSNW को आगामी कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्षले पनि BVSNW को सबै कार्यक्रमहरुमा हातेमालो गर्दै सक्दो सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस भेटघाट र छलफल कार्यक्रमको संयोजन रामचन्द्र पोखरेलले गर्नुभएको थियो।भेटघाटको अन्तमा निर्देशक माईकलले १६ मे २०१०, आइतवारको दिन BVSNW ले आयोजना गर्न लागेको 5 x side युवा फुटबल खेलको लागि नेपालीहरुको टिमको पनि सहभागिताको लागि अनुरोध गर्नुभयो। हाम्रो संथाको तर्फबाट युवा फुटबल टोली बनाई सहभागि गराउने आश्वासन दिएर त्यसको लागि आवश्यक पहल गर्ने सहमति भएको थियो।
Thursday, 6 May 2010
स्व. होम बहादुर थापाको अन्तिम संस्कार सम्पन्न
गत २३ अप्रिल २०१० का दिन स्वर्गवास हुनुभएका यस संस्थाका सदस्य होम बहादुर थापाको ६ मे २०१०, बिहिबारको दिन स्थानीय थ्रोनहिल सिमेटरि तथा क्रिमेटोरियममा विशेष समारोहका बिच अन्तिम संस्कार सम्पन्न भयो। उक्त अवसरमा वहाँको परिवारका सदस्यहरु एवं वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुका अलावा कुम्बरान, ब्रेकन, अल्ट्रासोड,स्विनडन, बर्मिङघम, क्यामबरलि, लन्डन लगायतका स्थानहरुबाट पाल्नुभएका वेल्स गोर्खा कम्युनिटि, मगर संघ युके, पाल्पाली भञ्ज्याङ युके आदी संघ संस्थाहरुका सदस्यहरु सहित करिब १६० नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय ल्यानरम्निका काउन्सिलरहरु डेरिक मोरगन र हिथर जोयस का साथै ल्यानरम्नि स्कुलकी शिक्षिका मिस एलनको पनि उपस्थिति थियो।वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।
Monday, 3 May 2010
नयाँ वर्ष २०६७ कार्यक्रमका केहि मनोरंजनात्मक क्षणहरु
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
रेशम फिरिरी गित प्रस्तुत गर्दै रामचन्द्र पोखरेल
माइतिघर गितमा नृत्य प्रस्तुत गर्दै सुनिता थापा
मखमली चोली चाँहिदैन गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल पोखरेल
आमाले मायागरि किनिदिएको गितमा नृत्य प्रस्तुत गर्दै सानी नानी रस्मिता गुरुङ
चियाबारीमा हो चियाबारीमा गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल र प्राजन पोखरेल
जोमसोमै बजारमा गित प्रस्तुत गर्दै रोशन भट्टराई
Sunday, 25 April 2010
शोकमा वेल्स नेपाली समुदाय
यस संस्थाका कर्मठ सदस्य, ल्यानरमनि कार्डिफ निवासी भुतपूर्व गोर्खा सैनिक श्री होम बहादुर थापा को गत २३ अप्रिल २०१०, शुक्रवारको दिन असामयिक निधन भएकोमा समस्त वेल्स नेपाली समुदाय शोकमग्न भएको छ। यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संन्तप्त परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं।जरुरी जानकारी तथा सुचना
गत २४ अप्रिल २०१०, शनिवारको दिन बसेको संस्थाको आकस्मिक बैठकले श्री थापाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै २ मिनेट मौन धारण गर्नुका साथै वहाँको पार्थिव शरिरको अन्तयष्टिको लागि पहल गर्ने निर्णय गर्दै यस संस्था सँग आबद्ध सम्पुर्ण नेपाली परिवारहरुबाट सहयोग रकम संकलन गर्ने पनि निर्णय भएको जानकारी गराइन्छ। सहयोग रकम संकलनको संयोजन श्री आइत बहादुर गुरुङ (मोबाइल नं. ०७९१९२६१३४६) ले गरिरहनु भएकोले सम्पुर्ण सदस्य महानुभावहरुलाई आ-आफ्नो सहयोग रकम यथासक्य चाँडो उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
स्थान:
Thronhill Cemetery & Crematorium
Thronhill Road
Llanishen
Cardiff
CF14 9UA
Tuesday, 20 April 2010
हाम्रो नयाँ वर्ष २०६७ कार्यक्रम
र्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
म्बु र रोशा लि
म्बुको नृत्यले सबैलाई उफारिरहेको देखिन्थ्यो। स्थानीय गायकहरु रामचन्द्र पोखरेल र रोशन भट्टराईले नेपाली संगितमा आफ्नो गित प्रस्तुत गर्दा सबै झुमेका देखिन्थे जसमा अझ रौनकता थप्नेकाम गर्नुभएको थियो केन्टदेखि आउनुभएका कलाकार दिपक थापाले। लन्डनदेखि आएका सारंगी बजाउने टोलीलाई हाम्रै अध्यक्ष चित्र बहादुर राईले मादल बजाएर रेशम फिरिरी अनि सिमसिमे पानीमा बोलको धुनमा साथ दिइरहनुभएको थियो। कार्यक्रमको अन्ततिर खोलिएको
राफल चिठ्ठाले पनि एकछिन सबैलाई मनोरंजन दिएको थियो।
अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।Wednesday, 14 April 2010
नयाँ वर्ष २०६७ को हार्दिक शुभकामना
Friday, 2 April 2010
स्थानीय काउन्सिलरहरु सँग भेटधाट
वेल्स नेपाली समुदाय, कार्डिफले बेलायतभित्र पनि एउटा सानो नेपालको आभास दिएको मात्र हैन बेलायतको स्थानीयतालाई आत्मसात गरेर आफ्नोपन र स्थानीयता बिचमा सामन्जस्य ल्याउने कार्यमा समेत लागिपरेको छ। भरखरै स्थापित हाम्रो संस्था आफ्नो स्थापनाकालदेखि नै स्थानीय सरकार, संसद, काउन्सिल एवं समुदायसँग सम्बन्ध बिस्तारमा लागिरहेको छ। यसैको निरन्तरताको रुपमा गत ३१ मार्च २०१०, बुधबार स्थानीय ल्यानरमनिका काउन्सिलरहरु सँग हाम्रो समुदायको एक प्रतिनिधि मन्डलले भेटधाट तथा छलफल गर्यो। यस संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको उक्त प्रतिनिधि मन्डलले ल्यानरमनिका काउन्सिलरहरु Derrick Morgan, Heather Joyce तथा Jackie Parry सँग भेट गरेको थियो। हाम्रो प्रतिनिधि मन्डलमा अध्यक्ष राईको अलावा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सदस्यहरु हुम बहादुर थापा, कमल केशर चेम्जोङ्ग, उर्मिला श्रेष्ठ, बिभुषणमान श्रेष्ठ तथा शिवजी श्रेष्ठ हुनुहुन्थ्यो।
म्रो समुदायको तर्फबाट समुदायको उद्देश्य, कार्डिफ तथा स्थानीय ल्यानरमनिमा नेपाली हरुको उपस्थिति, स्थानीय समुदायसँगको एकआपसमा सहसम्बन्ध, स्थानीय गतिविधिमा नेपाली समुदायले खेल्नुपर्ने भूमिका, स्थानीय नेपाली बिधार्थीहरु अध्यनरत बिध्यालयहरुमा नेपाली साँस्कृतिक पर्वहरुको बारेमा जानकारीमुलक कार्यक्रम आयोजना समावेशको प्रयास गर्ने लगायतका बिषयमा छलफल भएको थियो। सो सम्बन्धमा स्थानीय बिधालयका गभर्नर समेत रहेकि काउन्सिलर Jackie Parry ले हाम्रो प्रस्तावको स्वागत गर्दै त्यसको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन। सो अवसरमा नेपालको सुन्दरता र गोर्खालीको विरताको बर्णन गर्दै काउन्सिलरहरुले नेपालीहरु सँग यसरी भेटेर अन्तर्क्रिया गर्न पाउँदा खुशि लागेको बताउँदै आगामी दिनहरुमा नेपाली समुदायालाई काउन्सिल तथा स्थानीय निकाय एवं समुदायद्वारा आयोजना गरिने कार्यक्रमहरुमा सहभागि गराइने, तथा नेपाली समुदायको कार्यक्रमहरुमा पनि आफुहरुलाई सहभागि गराउन अनुरोध गरे।भेटधाटको अन्तमा काउन्सिलरहरुले आगामी २१ अप्रिल २०१० मा हुनलागेको स्थानीय समुदायद्वारा आयोजित कार्यक्रममा नेपालीहरुलाई आमन्त्रित गरे भने नेपाली समुदायको तर्फबाट पनि आ
गामि १७ अप्रिल २०१०, शनिबार कार्डिफमा हुन गइरहेको नेपाली नयाँ वर्ष कार्यक्रममा काउन्सिलर- हरुलाई निमन्त्रण गरियो।Monday, 8 March 2010
नव वर्ष २०६७ को कार्यक्रम सम्बन्धि जानकारी
**यस अघिको ब्लगमा यो कार्यक्रम १३ अप्रिल २०१० मा गर्ने भनिएपनि बिभिन्न प्राविधिक कठिनाईहरुका कारण केहि दिन पर सार्नुपरेको कुरा अवगत गराउनुका साथै यसबाट पर्नगएको असुविधाको लागि क्षमा चाहन्छौं। **
-------------------------------------------------------------------------------------------------------------------------------------------------------
बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथ नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले आउँदो १७ अप्रिल २०१० (०४ बैशाख २०६७) शनिवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफले "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं सहभागिताको अपेक्षा गर्दछौं। बिगतका कार्यक्रमहरु झैं यो कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभाव अपरिहार्य रहने छ। यो बिरानो मुलुकमा पनि हातमालो गर्दै आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन हात बढाऔं।
कार्यक्रम सम्बन्धि जानकारी यसप्रकार छ।
मिति : १७ अप्रिल २०१० (०४ बैशाख २०६७), शनिवार
समय : १५:०० बजे देखि २२:०० बजे सम्म

स्थान : St. Alban's Rugby Club
Tremorfa Park
Tremorfa
Cardiff
CF24 2RN
(कार्यक्रम स्थलको नक्सा ठुलो पारि हेर्न नक्सामै क्लिक गर्नुहोला)
बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।
टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)
नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।
अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
Sunday, 7 March 2010
वेलायती सांसद र वेल्स एसेम्बलि सदस्यसँग भेटघाट
वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुको हित तथा स्थानीय कार्यक्रमहरुमा स्थानीय समुदायसँग सहकार्य जस्ता कुराहरुमा सामन्जस्य गर्ने उदेश्यले ५ मार्च २०१०, शुक्रवारको दिन हाम्रो संस्थाको एक प्रतिनिधि मण्डलले कार्डिफ सेन्ट्रललाई प्रतिनिधित्व गर्ने वेलायती संसद सदस्य "जेनि विल्लट" तथा वेल्स एसेम्बलि सदस्य "जेनि रेन्डरसन" सँग भेटघाट गर्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रीमती संगिता गुरुङ, सदस्य शिवजी श्रेष्ठ र युवा बिधार्थीको प्रतिनिधित्व गर्दै सुश्री सिमरन तुम्बाहाम्फे संलग्न हुनुहुन्थ्यो। गत वर्ष अगस्ट महिनामा स्थापना गरिएको हाम्रो समुदायले कार्डिफ एवं वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका वेलायती नागरिकहरुलाई सामाजिक रुपमा संगठित गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ। स्थानीय निकाय एवं समुदायसँग सहकार्य गर्ने उदेश्यले यस अघि पनि स्थानीय काउन्सिलर हुँदै सांसद एवं एसेम्बलि सदस्य सँग भेटघाट गरिएको हो।
तिनिधि मण्डलले नेपालीहरुको वेलायतको स्थिति, वेल्समा नेपालीहरुको आगमन, संस्थाको उदेश्य, स्थानीयता सँगको सहकार्य, पूर्व गोर्खा सैनिकको समस्या, नेपाली विधार्थीहरुले भोग्नुपरेको बर्तमान समस्या, नेपाली कला, संस्कृति सँगै स्थानीय निकायले संचालन गर्ने कुनैपनि सामाजिक, साँस्कृतिक कार्यक्रममा नेपाली समुदायको सहभागिता, वेल्स तथा नेपाली बिधार्थीहरुबिच साँस्कृतिक आदानप्रदान लगायतका बिषयहरुमा छलफल भएको थियो। सो भेटघाटमा सांसद तथा एसेम्बलि सदस्यहरुले अभिरुचिपूर्वक नेपालीहरुको वेल्समा उपस्थिति, संख्यात्मक स्थिति, नेपाली संस्कृति, नेपाली बालबालिकाहरुको साथै नेपाली राष्ट्रिय दिवसको बारेमा समेत चासो राखेका थिए। सो अवसरमा सांस्द एसेम्बलि सदस्यहरुले नेपाली राष्ट्रिय दिवसमा आफुहरुलाई पनि सहभागि गराउन र वेल्सको स्थानीय गतिविधिमा नेपालीहरुलाई सहभागि हुन अनुरोध पनि गरे।सहकार्य, साँस्कृतिक सहसम्बन्ध र सदभावको चिनारी दिने उदेश्यले हाम्रा प्रतिनिधिहरु कोहि नेपाली दौरासुरुवाल, कोहि नेपाली महिला पोशाक, कोहि स्थानीय वेल्सको चिन्ह झल्किने पोशाकमा गएका थिए। यस्तो कार्य र नेपाली प्रतिनिधिहरुबाट आफुहरु प्रभावित भएको बताउँदै सांसद विल्लटले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सहकार्यको लागि आफुहरु उत्सुक रहेको समेत उल्लेख गरिन।
भेटघाटको क्रममा वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले वेल्स एसेम्बलि सदस्यलाई कलात्मक नेपाली आँखिझ्याल तथा विश्वप्रसिद्ध परम्परागत नेपाली खुकुरीको मिनियचर पनि प्रदान गर्नुभएको थियो।





