Sunday, 8 November 2026

वेल्सको राजधानी कार्डिफ मा रिमम्बरेन्स डे २०२६ भब्य रुपमा सम्पन्न।

 कार्डिफ - आईतवार ८ नोभेम्बर २०२६  , रोयल ब्रिटिश लिजनको संयोजकत्वमा वेल्स सरकार र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमम्बरेन्स डे २०२६ भब्य रुपमा सम्पन्न भएको छ। 


                                                                                                     

सो कार्यक्रम सहभागिताको लागि क्याबिनेट अफिस वेल्स बाट आएको निमंत्रणा सहर्ष स्वीकार गरि नेपाली समाज वेल्सका पदाधिकारीहरु अध्यक्ष श्री पदम पुन ,सचिब श्री बल थापा ,सह- कोषाध्यक्ष श्री श्रीराम थापा मगर, श्री सफल क्षेत्री,श्री मन ध्वज गुरुङ श्रीमती सहित लगायत श्रीमती प्रबिना थापा मगर तथा नानीहरुको  कार्यक्रममा सहभागिता रहेको थियो। 


                                                                            


कार्यक्रममा अन्य जन समुदायको बिशाल उपस्थिति रहेकोमा  नेपाली समाजका तर्फबाट भने पटक पटक उपस्थितिको लागि अनुरोध गरिदा पनि पदाधिकारीहरु लगायत सदस्य ज्युहरुको बेवास्ताका कारण निराश लाग्दो उपस्थिति रहेको थियो। 


                                                                                   


प्रथम विश्व युद्द तथा त्यसपछि भएका विभिन्न खाले युद्दहरुमा यस देशका लागि बीरगति प्राप्त गरेका योद्दाहरुको सम्झनामा हरेक बर्ष मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्ज्यान्ड्रा गार्डेनमा आयोजना गरिएको उक्त कार्यक्रममा भू पु सैनिक गण, बहाल वाला सैनिक गण सहित सैनिक ब्याण्ड बाजा टोलीले सो कार्यक्रमको परेडमा भाग लिएका थिए।

                                            



                                                                


बिहान ठिक १०:५८ बजे शुरु गरिएको  उक्त कार्यक्रम एक तोपको सलामीका साथ  विभिन्न युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण गरि शुरु गरिएको थियो। 

सो अवसरमा सेनाद्वारा दोश्रो पटक अर्को तोपको सलामी अर्पण गरि मौन धारण समाप्त भएको सुचित गरिएको थियो। 

सो कार्यक्रममा नेपाली समाजका सह-कोषाध्यक्ष श्री श्रीराम थापा मगर  ज्युले 'Kohima Epitaph' संदेश पढेर सुनाउनु भएको थियो। 


कार्यक्रमको अन्त्यमा परेडका सहभागीहरु पुन: सडकमा निस्की लाइन बद्ध परेडमा ब्याण्ड बाजाका साथ सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन भएको थियो। 

सैनिक जीवनको दौरानमा यस देश र जनताको रक्ष्यार्थ निस्वार्थ र इमान्दार पुर्वक निडर भइ युद्धको  मैदानमा लड्नु हुने र सो अवसरमा आफ्नो जीवन उत्सर्ग  गर्नु हुने सम्पूर्ण बिर सैनिकहरु प्रति तथा आफ्नो गौरबमय नेपाली ईतिहास र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई स सम्मान चिनाउनु हुने गोर्खा सैनिक लगायत प्रत्येक नेपाली दाजुभाईहरु प्रति नेपाली समाज वेल्स परिवार हार्दिक आभार व्यक्त गर्दछ।

धन्यबाद। 


Sunday, 1 November 2026

नेपाली समाज वेल्स, कार्डिफद्वारा आयोजित दशैं–तिहार पर्व २०८३ भव्य रूपमा सम्पन्न।

कार्डिफ, बेलायत | ३१ अक्टोबर २०२६

नेपाली समाज वेल्स, कार्डिफ द्वारा नेपाली कला, संस्कृति, परम्परा तथा आपसी सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सदा झैँ, शनिबार, ३१ अक्टोबर २०२६ का दिन आयोजित दशैं–तिहार पर्व २०८३ को कार्यक्रम भव्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।



कार्डिफ स्थित Whitchurch Rugby Sports & Social Club, Samuels Crescent, Cardiff CF14 2TH मा साँझ ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, कलाकार, बालबालिका तथा नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।


                                                    



कार्यक्रमको सुरुवात साँझ ६ बजे अतिथिहरूको स्वागत, दर्ता तथा आपसी भेटघाटबाट भएको थियो। 
समाजका सचिव श्री बल थापाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्नुभयो।

त्यसपछि  समाजका अध्यक्ष श्री पदम पुन तथा उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेलद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा सर्वप्रथम नेपालको राष्ट्रिय गान र त्यसपछि वेल्सको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।

साँझ ७ बजे उपस्थित अतिथिहरू तथा सहभागीहरूले नेपाली परिकारसहित प्रारम्भिक भोजनको स्वाद लिनु भएको थियो। 


त्यसपछि समाजका अध्यक्ष श्री पदम पुनले शुभकामना मन्तव्य व्यक्त गर्दै दशैं तथा तिहारको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानलाई जोगाइराख्न सबैलाई एकजुट हुन आग्रह गर्नुभयो।

कार्यक्रमको अर्को चरणमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। साँझ  ७:४५ बजेदेखि सुरु भएको सांस्कृतिक कार्यक्रमको सञ्चालन समाजकी उप सचिब श्रीमती कल्पना कन्दङवाले गर्नुभएको थियो। कार्यक्रममा नेपाली लोक तथा आधुनिक गीतसंगीतमा आधारित विभिन्न आकर्षक नृत्य तथा सांगीतिक प्रस्तुतिहरू समावेश थिए।

कार्यक्रममा सुश्री एली मल्ल, सुश्री आयुषी ढकाल, सुश्री एमिली, सुश्री नायोमी भण्डारी, सुश्री  लक्ष्मी श्रेष्ठ, सुश्री कृपा श्रेष्ठ,सुश्री सबनम पौडेल, सुश्री शर्लिन पुन , सुश्री लेयाना थापा ले विभिन्न गीतमा नृत्य प्रस्तुत गरिएको थियो।
त्यसै गरि मारुनी नृत्य श्रीमती सुदिना मल्ला पुन, मिस प्रबिना थापा मगर र श्रीमती शबिना पुन ले प्रस्तुत गर्नु भएको थियो।


                                                                 


                                                                             



साङ्गीतिक ब्याण्ड प्रस्तुति र सोलो गायन र नृत्य – श्री श्रीराम थापा मगर, श्री सफल छेत्री, डा. रेजिन कटेल, श्री उमेश थापा, श्रीमती सबित्रि कार्की श्रेष्ठ, श्रीमती शबिना पुन र श्रीमती प्रबिना थापा मगरले गर्नु भएको थियो।

कलाकारहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक कार्यक्रमले उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला र संस्कृतिको सुन्दर झलक प्रस्तुत गरेको थियो। विशेषगरी नयाँ पुस्ताका बालबालिका तथा युवाहरूको सहभागिताले नेपाली संस्कृतिप्रतिको आकर्षण र निरन्तरताको सन्देश दिएको थियो।




कार्यक्रमका क्रममा समाजका अध्यक्ष श्री पदम पुनज्यूबाट श्री शालिक राम काफ्ले, श्री बलराम अधिकारी तथा श्री बाबुराम खनाललाई उहाहरुको समाज प्रतिको अगाध प्रेम र सहयोगको उच्च सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो। यसले समाजमा आपसी सम्मान, सद्भाव र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।

त्यसपछि पण्डित श्री थानेश्वर पाण्डेय र श्री शालिक राम काफ्ले, दिदि बहिनीहरु तथा अन्य सबैको सहभागितामा समाजका अन्य सबै सदस्यहरुद्वारा देउसी भैलो खेलिएको थियो।

                                                                   


                                                                     



भोजन तथा मनोरञ्जन ~ कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरूका लागि नेपाली स्वादका विभिन्न परिकारहरूको व्यवस्था गरिएको थियो। प्रारम्भिक भोजनपछि सांस्कृतिक कार्यक्रम सम्पन्न हुँदै मुख्य भोजनको व्यवस्था गरिएको थियो।

सम्पूर्ण आगन्तुक सदस्यहरुको नामांकन तथा आर्थिक सम्बन्धी कार्य  समाजका सह कोषाध्यक्ष श्री श्रीराम थापा मगरले गर्नु भएको थियो।


त्यसपछि सहभागीहरूबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान, नाचगान तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन भएका थिए। नेपाली गीतसंगीतको धुनमा सहभागीहरूले  रमाउँदै दशैं–तिहारको उल्लासमय वातावरणमा एकापसमा खुसी साटासाट गर्नु भएको थियो ।

धन्यवाद तथा आभार ~ नेपाली समाज वेल्स,कार्डिफको आयोजनामा सम्पन्न यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, समाजका पदाधिकारी तथा सदस्यहरू, कलाकार, स्वयंसेवक, सहयोगी,खानपिनको प्रबन्ध गर्ने बेशक्याम्प किचनका प्रबन्धक श्री राम सापकोटा  तथा अन्य शुभचिन्तक तथा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति समाजको तर्फबाट उपाध्यक्ष श्रीमती शोभा राणा पोखरेल ले  हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो। विशेषगरी नेपाली भाषा, कला, संस्कृति र परम्परालाई विदेशमा हुर्किरहेका नयाँ पुस्तामाझ परिचित गराउँदै भावी पुस्तामा हस्तान्तरण गर्ने अभियानमा सबैको साथ, सहयोग र सहभागिता निरन्तर रहने अपेक्षा गरिएको छ।

अन्त्यमा, यस प्रकारका सांस्कृतिक कार्यक्रमले नेपाली समुदायबीच एकता, भाइचारा, आपसी सद्भाव र आत्मीयतालाई अझ मजबुत बनाउने विश्वासका साथ दशैं–तिहार पर्व २०८३ को कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो।

हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान — नेपाली हुनुमा गर्व गरौँ, नेपाली संस्कृतिको संरक्षण गरौँ।
धन्यबाद।

Sunday, 13 September 2026

तीज २०२६ सम्पन्न।

कार्डिफ  - १२ सेप्टेम्बर २०२६। 


नेपाली समाज वेल्स, कार्डिफको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको छ। वेल्सको बिभिन्न क्षेत्र बिशेष गरि कार्डिफमा वसोवास गर्ने दिदीबहिनीहरुको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट अल्वान्स फुटबल तथा रग्बी क्लव हलमा रमाइलो सग तीजका गीत गाएर नृत्य, स्वादिस्ट परिकार खाइ पिईका साथ्  सम्पन्न भयो। कार्यक्रम दिउसो २ बजे शुरु भइ साझ ८ बजे समाप्त गरिएको थियो।




नेपाली समाजका सचिब बल थापाले उपस्थित सम्पूर्ण आगन्तुक दिदि बहिनी, नानी तथा आमा सम्पूर्णलाई कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै तिजको हार्दिक मङ्गलमय शुभकामना समेत दिनु भएको थियो।



कार्यक्रमको शुरुवात बिभिन्न स्वादिस्ट परिकारका साथ् खानपिनबाट शुरु भएको थियो। कार्यक्रममा ज्येस्ठ नागरिक समाजका सदस्य पण्डित श्री थानेश्वर पाण्डेयजी कि ममतामयी आमाको उपस्थिति, वहाको गायन तथा वाचनले अझ रौनकता थपेको थियो। साथै वहाकै करकमलका साथ दिदि बहिनीहरुले 'तिज २०२६' को केक काटेर माया साटासाट गर्नु भएको थियो।


                                                     


कार्यक्रमको उत्तरार्धमा संस्थाका अध्यक्ष श्री पदम पुन ज्युले धन्यबाद ज्ञापन मन्तब्य दिनु हुदै कार्यक्रममा बृहत उपस्थितिको लागि सबैलाई धन्यवाद एवं शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलताको लागि परोक्ष वा अपरोक्ष रुपमा सहयोग गर्नुहुने समाजका सम्पूर्ण सदस्यहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। 


अत्यन्तै सौहाद्र पूर्ण तवरले हर्ष र उल्लासका साथ सम्पन्न यस कार्यक्रममा दिदीबहिनीहरुले एकापसमा शुभकामना र खुशी साटासाट एवं पूर्ण मनोरन्जनका साथ  मनाएर यस बर्षको तिज पर्ब भब्य रुपमा सम्पन्न गरिएको थियो । 


कार्यक्रम सफलताको लागि बिशेष सहयोग पुर्याउनु हुने महानुभावहरु श्री शालिकराम काफ्ले,श्री बाबुराम खनाल,श्री बल राम अधिकारि,श्रीमती सुदिना पुन, श्री इन्द्र श्रेस्ठ, श्री मती प्रसाद पुन लगायत अन्य सम्पूर्ण सवैमा नेपाली समाज  बिशेष धन्यबादका साथ हार्दिक आभार व्यक्त गर्दछ।

धन्यवाद। 

Saturday, 1 August 2026

समर बार्बिक्यु कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न।

 कार्डिफ - 

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर बार्बिक्यु कार्यक्रम, आज १ अगस्ट २०२६, शनिवारका  दिन सम्पन्न भएको छ । नेपाली समाज वेल्स, कार्डिफका पदाधिकारी, पंजीकृत सदस्य एवं शुभचिन्तक नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बीच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ। 




 कार्डिफको सेन्ट अल्बान्स रग्बी क्लब, ट्रीमोरफामा आयोजना गरिएको उक्त कार्यक्रम दिनको करिब १ बजे शुरु भइ बेलुकी करिब ६ बजे समापन भएको थियो।

                                                  


                                                           


कार्यक्रम समारोहमा द भ्वाइस सिजन ७ बिजेता निता थापा मगरद्वारा सांगीतिक कार्यक्रम साथ् साथै सबै सदस्य ज्युहरुबाट सामुहिक नृत्य  प्रस्तुत गरिएको थियो।


                                                                           

कार्यक्रमलाइ रोमाञ्चक बनाउन श्रीमान श्रीमतीको जोडी दौड प्रतियोगिता गरिएको थियो। जसमा बिजयी जोडी श्री बल राम अधिकारि तथा श्रीमती लक्ष्मी के सी ज्युलाई समाजका अध्यक्ष ज्युद्वारा पुरस्कार प्रदान गर्नु भएको थियो।

आफ्नो कार्य व्यस्तताको बाबजुद समय मिलाएर कार्यक्रममा सामेल भई दिनु भएकोमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक आभार व्यक्त गर्दछ। 

साथै कार्यक्रम भब्य रुपमा सफल बनाउन प्रत्यक्ष रुपमा सहयोग गर्नु हुने श्रीमती सुदिना मल्ल पुन, श्री बल राम अधिकारी, श्री अमर मल्ल, श्री इन्द्र श्रेस्ठ, श्री विभूषन श्रेस्ठ लगायत समस्त शुभेच्छुक हितैषी सदस्य ज्युहरु एवं अन्य सम्पूर्ण शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक कृतज्ञता व्यक्त गर्दछ।

धन्यवाद।  

Sunday, 12 April 2026

नयाँ वर्ष बि सं २०८३ लाइ भब्य रुपमा स्वागत।

 ११  अप्रिल २०२६   - कार्डिफ - 

नेपाली समाज वेल्स,कार्डिफको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा वेल्सको राजधानी कार्डिफको रोथ कन्जरभेटिव  क्लबको हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा डा. शक्ति गुही नियोगी (सनातन धर्म मण्डल,कार्डिफ ) बिशेष अतिथिको रुपमा उपश्थित  रहनु भएको थियो। 

दिनको ५:३० बजेदेखि शुरु भएको कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष श्री पदम पुन ज्युको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि ज्यु र संस्थाका अध्यक्ष ज्यु बाट पानसमा दीप प्रज्वलित गरि गरिएको थियो।  त्यस पश्चात संस्थाका सचिब श्री बल थापाले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ बर्ष २०८३ को उपलक्ष्यमा सम्पूर्ण दाजु भाई तथा दिदि बहिनीहरुको सुख, शान्ति, दीर्घ जीवन एवं समृद्धिको कामना गर्नुभयो। तत्पश्चात कार्यक्रममा क्रमश: नेपाल र वेल्सको रास्ट्रीय गित बजाइएको थियो।  

 नेपाली नयाँ बर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि श्री शक्ति गुही नियोगी ज्युले नेपाली  समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली भाषीहरुको जमघट,आपसमा रहेको भाइचारा एवं सौहार्दता देखेर अनि नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई अत्यन्त हर्षित बनाएको बताउनु हुदै उपश्थित सबै नेपाली दाजु भाई दिदि बहिनि तथा नानी बाबुहरुलाई नया बर्षको शुभकामना व्यक्त गर्नु भयो। 

                                                                                                   


                                                                         

उक्त अवसरमा विभिन्न कलाकारहरुबाट मनमोहक एकल तथा समूह गत रुपमा मन मोहक तामांग सेलो, किराती नृत्य, लोक नृत्य र आधुनिक गीतमा नृत्य  प्रस्तुत गरिएको थियो। समाजका सदस्य द्वय श्रीमती सावित्री कार्की श्रेस्ठ र सबिना थापा मगरले सांस्कृतिक कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा प्रिशा पुन,लेयना पुन,सेर्लिन थापा मगर,स्वोस्तिका गिरी ,सुप्रिया रायमाझी र प्रदीप सुबेदीले  नृत्य प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा गायक श्री सफल क्षेत्रीले विभिन्न सुमधुर गाएर हल गुन्जायमान गर्नुका साथै भरपुर मनोरंजन प्रदान गर्नु भएको थियो।



त्यसपछि समाजका अध्यक्ष ज्यु बाट सांस्कृतिक कार्यक्रममा सहभागी सम्पूर्ण सदस्यहरुलाइ पुरस्कार एवं प्रमुख अतिथि ज्युलाई मायाँको चिनो स्वरुप खुकुरी प्रदान गर्नु भएको थियो। त्यस पश्चात उपष्थित सबै महानुभावहरुले स्वादिस्ट नेपालि व्यंजन (डिनर)को आनन्द लिनु भएको थियो। 

          



उक्त कार्यक्रममा अत्यन्त रोचक तरिकाले राफल ड्रा प्रस्तुत गरिएको थियो। जसको सचालिकाहरु  श्रीमती सुदिना मल्ल पुन,श्रीमती सबिना थापा मगर र श्रीमती सावित्री कार्की श्रेष्ठ हुनहुन्थ्यो। राफल पुरस्कार जित्नुहुने सबै जना एक एक गर्दै आफ्नो जिवन संगीनिको साथ नृत्य प्रस्तुत गर्दै आएर आ-आफ्नो पुरस्कार ग्रहण गर्नु भएको थियो। 

औपचारिक कार्यक्रमको अन्त्यमा संस्थाकी उपाध्यक्ष  श्रीमती शोभा राणा पोखरेलले ले शुभेच्छा एवं धन्यबाद मन्तब्य व्यक्त गर्नु भएको थियो। वहाले उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । 

त्यस पछि संस्थाका अध्यक्ष ज्युले कार्यक्रमको औपचारिक अन्त्य भएको घोषणा गर्नुका साथै सबै मनोरन्जनको लागि  स्टेज खुल्ला गरिएको र उपस्थित प्राय सबै जनाले अत्यन्तै हर्सौल्लासको साथ् सामुहिक नाच गान गर्नु भएको कार्यक्रम रातको १०:३०  बजे समापन भएको थियो। 

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि हल सजाउन आफ्नो कार्य व्यस्तताको बाबजुद अमुल्य समय दिई साथ सहयोग दिनु हुने पूर्व अध्यक्ष श्री निर लाल मोक्तान ज्यु, पूर्व कोषाध्यक्ष श्री विभूषण मान श्रेस्ठ, साधारण सदस्य श्री जीवन के सी तथा समाजका अध्यक्ष ,सचिब,कोषाध्यक्ष तथा सह कोषाध्यक्ष ज्युलाई संस्था एक मुस्ठ रुपमा हार्दिक कृतज्ञता प्रकट गर्दछ। 

कार्यक्रम सफल पार्न सांस्कृतिक कार्यक्रमको लागि खटिनु हुने संस्थाको कार्यकारिणी समिति सदस्य द्वय श्रीमती सबिना थापा मगर, श्रीमती सावित्री कार्की श्रेष्ठ तथा सुदिना मल्ल पुन, आर्थिक ब्यबस्थापनको लागि खटिनु हुने कोषाध्यक्ष श्री मति प्रसाद पुन ज्यु अनि सह कोषाध्यक्ष श्री श्रीराम थापा मगर ज्यु , सदस्य श्री इन्द्र श्रेस्ठ,साउण्ड सिस्टम मा सहयोग गर्नु हुने श्री उमेस थापा ज्यु, फोहोर ब्यबस्थापनमा संयोजन गर्नु हुने समस्त पदाधिकारि एवं समस्त सदस्य ज्युहरु ,सबै नृत्य कलाकार लगायत कार्यक्रममा उपश्थित समस्त दाजु भाई दिदि बहिनीहरुमा नेपाली समाज परिवार हार्दिक धन्यबाद ज्ञापन गर्दछ साथै भबिस्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दछ। 

धन्यबाद।