वेल्स ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।
नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।
सचिब शोभा राणा पोखरेलले नेपालीहरुको महान पर्ब दशैँ हामी सबैको घर आंगनबाट बिदा भई सकेको, र ढिलै भएपनि बडा दशैँको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै दुर्गा भवानीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्नु भयो। साथै नजिकिदै गरेको अर्को महान पर्ब तिहार तथा भाई टिकाको शुखद उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै सम्पूर्णमा शुख शान्ति एबं सम्ब्रिद्दिको कामना गर्नुभयो।