२२ अक्टोबर २०१६, शनिवार, नेपाली समाज वेल्सको
आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम
भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र
परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो
मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा
लिइएको यस दशैं+तिहार २०७३/२०१६ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो | Friday, 28 October 2016
दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो
२२ अक्टोबर २०१६, शनिवार, नेपाली समाज वेल्सको
आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम
भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र
परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो
मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा
लिइएको यस दशैं+तिहार २०७३/२०१६ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो | Tuesday, 27 September 2016
दशैं + तिहार २०७३ मनाउने सम्बन्धि जानकारी
गत वर्षहरु जस्तै यस वर्ष पनि "नेपाली समाज वेल्स"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०७३ कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरिएको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०७३ कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "नेपाली समाज वेल्स" हार्दिक अनुरोध गर्दछ|
Monday, 19 September 2016
संस्थाको चौथो महादिबेशन सम्पन्न
१७ सेप्टेम्बर
२०१६, शनिवारका दिन संस्थाको चौथो
महाधिबेशन सम्पन्न भयो| संस्थाका तात्कालिन अध्यक्ष
श्री मती प्रसाद पुनले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब
श्री निर लाल मोक्तानले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा
धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो| संस्थाका
सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको चौथो
महाधिबेशनमा तात्कालिन सचिब श्री निर लाल मोक्तान ले संस्थाले तेश्रो अधिबेशन
देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले
वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान
प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक
महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका बारेमा तथा संस्थासंग आबद्द
हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण सहितको संस्थाको प्रगति विवरण पेश
गर्नुभएको थियो|Wednesday, 20 July 2016
समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६ मा भव्यरुपमा सम्पन्न|
आदरणीय नेपाली समाज वेल्सका सम्पुर्ण महानुभाबहरु,
बिगतका बर्षहरुझैँ यस
बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६, शनिवारका दिन आयोजना
गरिएको थियो र उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका
नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने
कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Porthkerry Country Park मा आयोजना गरिएको
थियो | कार्डिफको भिढ़भाड भन्दा करिब १५ माईल पर बारी आइलैंडको
नजिक रहेको पार्क साचिक्कै मनमोहक थियो |
Monday, 11 April 2016
नयाँ बर्ष २०७३ भव्यताका साथ सम्पन्न
नयाँ बर्ष २०७३ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका
विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई
सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका
पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
Saturday, 7 November 2015
२०७२ सालको दशै तथा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न|
३१ अक्टोबर २०१५, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको
महान चाडहरु दशैं र तिहारको बिचमा पारेर दशैं + तिहार २०७२/२०१५ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने
धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७२/२०१५ कार्यक्रममा
वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
Saturday, 19 September 2015
चेलीहरुलाई २०७२ सालको तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न
१२ सेप्टेम्बर २०१५ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन र तीज मनाउन पाउँदा नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |
Tuesday, 14 July 2015
समर बार्बिक्यु २०१५ कार्यक्रम भव्यरुपमा सम्पन्न
११ जुलाई २०१५, शनिवार;गत
बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु २०१५
कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाइ तथा
दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा
लिईएको यस कार्यक्रम Porthkerry Country Park मा आयोजना
गरिएको थियो | कार्डिफको भिढ़भाड भन्दा
करिब १५ माईल
पर बारी आइलैंडको नजिक
रहेको पार्क साचिक्कै मनमोहक थियो |
Thursday, 21 May 2015
महा भूकम्पका पीडितहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न
हाम्रो मातृभुमि
नेपालमा गत २५ अप्रिल तथा १२ मे २०१५ मा गएको महा-भूकम्पबाट पर्न गएको धन जनको
क्षतिप्रति संस्था, संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु गहिरो दुखमा
पर्नुभएको छ यस असहज तथा दुखित घडीमा धैर्य धारण तथा असहज परिस्थितिको सामना गर्ने
बल प्रदानका साथै दुखद परिस्थितिबाट सहादत प्राप्त गर्नुहुने सम्पूर्ण नेपाली तथा
बिदेशी चिर आत्माको शान्तिका लागि भगवान संग प्राथना गर्न चाहन्छौं |
यसरि धेरै
असजिलो समय गुज्री रहदा नेपाली समाज वेल्स,
बेलायत (Nepalese Society
Wales, UK) को पहलमा राहत वितरणको पाईला अगाडी सारेको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं
| यसैक्रममा नेपाली समाज वेल्स, बेलायत (Nepalese Society Wales, UK) ले भूकम्प
पिडितहरुको सहयोगार्थ आर्थिक संकलन गरी अति प्रभावित क्षेत्रको पहिचान गरी उक्त
क्षेत्रमा खाद्यान्न सहयोग गर्ने निर्णय बमोजिम दलित जनजातिहरुको बाहुल्यता रहेको
गोरखा जिल्ला, हंसपुर
गा. वि. स. अन्तर्गत वडा नं. १, ४, ५ र ८ गरी
४ वटा वडाका ४४० घर परिवारहरुलाई राहत वितरण गर्नको लागि नेपालबाट स्वयम् सेवकहरु
खटाई संस्थाको ब्यानर मुनि पिडित जनताहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग वितरण गर्यो।
Sunday, 19 April 2015
नयाँ बर्ष २०७२ भव्यताका साथ सम्पन्न
बढो हर्ष र उल्लासका साथ नयाँ
बर्ष २०७२ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न
कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्स तथा इंगलैंडका विभिन्न क्षेत्रबाट
आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर
आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनीहरुलाई भेटघाट गर्ने
रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद
हुनुहुन्थ्यो|
Subscribe to:
Posts (Atom)

