Monday, 27 January 2025

आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन प्रयोजनको लागि निम्नानुसारको सूचना प्रकाशित गरिएको छ।  

महाधिबेशन सम्बन्धि अन्य केहि जानकारीको आवस्यकता परेमा निर्वाचन समितिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।

निर्वाचन समिति:

प्रमुख: - श्री रामचन्द्र पोखरेल 

07411357621 

Sunday, 19 January 2025

आठौँ महाधिबेशन सम्बन्धि जानकारी

 नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि जानकारी 

आदरणीय सल्लाहकारज्यूहरु, पुर्ब अध्यक्षज्यूहरु,

कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

संस्थाका आजीवन तथा पंजीकृत सदस्यज्यूहरु

नमस्कार 

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन निम्न अनुसार तय भएकोले यहाँहरु सम्पूर्णमा बृहत सहभागिता सहित आठौँ महाधिबेशन सु सम्पन्न गर्न सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौं। 

Wednesday, 1 January 2025

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना

अंग्रेजी नयाँ वर्ष २०२५ को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस नयाँ बर्षले हामी सबैका सुनौलो सपनाहरू पूरा हुँदै, जीवनयात्रा मायाँ एवं सफलताले भरि पूर्ण रहोस।

धन्यवाद सहित 

शोभा राणा पोखरेल 

सचिब 

नेपाली समाज वेल्स, यूके एवं 

कार्यसमिति तथा सम्पूर्ण नेपाली समाज परिवार 

Saturday, 16 November 2024

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

१६ नोभेम्बर २०२४, कार्डिफ - वेल्स - यूके। नेपाली समाज वेल्स, यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ। 

Sunday, 10 November 2024

रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न


कार्डिफ - वेल्स, बेलायत - आईतवार १०  नोभेम्बर २०२४, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेल, श्री अमृत घले, पुर्ब सचिब डा अमर धोज मल्ल, उपाध्यक्ष श्री पदम पुन, सचिब श्रीमती शोभा राणा पोखरेल, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङ, श्री बलराम अधिकारी, श्री बिष्णु खत्री, श्रीमती राधा घले, श्रीमती चन्द्र कुमारी गुरुङ, श्रीमती सृजना क्षेत्री लगायतका सदस्य तथा शुभ चिन्तकहरुको सहभागिता रहेको थियो। 

Sunday, 27 October 2024

दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

वेल्स २६ अक्टोवर २०२४ (१० कत्तिक २०८१) - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। 

नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट व्यापक सहभागिता रहेको थियो। 

नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

Friday, 18 October 2024

दशैं तिहार कार्यक्रम सम्बन्धि जानकारी

बडा दशैँ तथा शुभ दिपावली २०८ को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 

Monday, 2 September 2024

वेल्समा तीज पर्व भब्य रुपमा सम्पन्न


वेल्स,  यूके - ३१ अगस्ट २०२४ शनिवार -  नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। नेपाल लगायत भारत, वर्मा र भुटान लगायत देशवाट वेल्स र इंगलैंडका विभिन्न क्षेत्रहरु न्युपोर्ट, स्वान्सि, निथ, ब्रिस्टल र बिशेष गरि कार्डिफमा वसोवास गर्ने नेपाली तथा नेपाली भाषी दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट आल्वन्स रग्वी फुटवल क्लव हलमा सम्पन्न भएको थियो।

Sunday, 16 June 2024

गोर्खा मानार्थ नागरिकता परेडमा नेपाली समाज वेल्सको सहभागिता


वेल्स - १६ जुन, आईतवार - ब्रेकन टाउन काउन्सिल तथा काउन्सिलका लर्ड मेयर काउन्सिलर जोन पोवेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरि नेपाली समाज वेल्स, युकेको तर्फबाट संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलको नेतृत्वमा, श्री बलराम अधिकारी, श्री विभूषण मान श्रेष्ठ एवं संस्थाका पुर्ब अध्यक्ष तथा सल्लाहकार श्री राम चन्द्र पोखरेल सहितको प्रतिनिधि मण्डलले गोर्खा मानार्थ नागरिकता परेड (The Gurkha Honorary Citizenship Parade) कार्यक्रममा सहभागिता जनाएको छ। 

समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न


कार्डिफ - १५ जुन २०२४, शनिवार - बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज वेल्स, यूकेका सदस्य एवं शुभचिन्तकका साथै वेल्सका विभिन्न क्षेत्रमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको हो।