Saturday, 8 February 2025

आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न

कार्डिफ, वेल्स - ८ फेब्रुवरी २०२५, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो।  संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको आठौँ महाधिबेशनमा सचिब श्रीमती शोभा राणा पोखरेलले संस्थाले सातौँ महाधिबेशन देखि आठौँ महाधिबेशन सम्म भए गरेका कार्यक्रमहरुको प्रगति विवरणको प्रतिबेदन पेश गर्नुभयो। 

त्यस्तै गरि संस्थाका कोषाध्यक्ष श्री सन्जिब मैनालीले संस्थाको आर्थिक र सहकोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले भौतिक सम्पति बिबरण प्रतिबेदनका रुपमा प्रस्तुत गर्नु भयो। भेलाले संस्थाको आर्थिक प्रतिबेदन सर्ब सम्मत रुपमा पास गरेको छ।  

संस्थाका विभिन्न बिभागहरुका तर्फबाट बिभागिय प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो। नेपाली भाषा तथा पाठशाला बिभाग - डा बिकाश रानाभाट, कार्यक्रम तथा खेकुद बिभाग - श्रीराम थापा मगर, कला तथा संस्कृति बिभाग - श्री भोज नारायण रेग्मी समेतले आ आफ्नो विभागको प्रतिबेदन भेलामा प्रस्तुत गर्नु भयो। भेलाले सम्पूर्ण प्रतिबेदन सर्ब सम्मत रुपमा पास गरेको छ। 

बिधान संशोधन समितिका संयोजक डा अमर मल्लले नेपाली समाज वेल्स, यूकेको विधान सम्बन्धि आएका सुझाबहरु भेला सामु प्रस्तुत गर्नुभयो। भेलाले उहाँले प्रस्तुत गर्नुभएको सुझाबहरु उपर बृहत छलफल पछि आवश्यक कार्य गर्ने गरि महाधिबेशनले पास गएको छ।   

अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत २ बर्षमा भए गरेका कार्यक्रमहरुको हाईलाइट प्रस्तुत गर्दै यस अबधिमा संस्थाको कार्यक्रमहरु सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभारका साथ स धन्यवाद व्यक्त गर्नुभयो। संस्थाले हालसम्म गरेको प्रगतिमा खुशी ब्यक्त गर्दै आगामी कार्यसमितिले संस्थाको गौरब अझै उचो बनाउने आशा र भरोषा व्यक्त गर्दै आफ्नो कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९", निर्वाचन समितिको नियमावली र सुचना अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नुभयो। 

संस्थाका सल्लाहकार एवं पुर्ब अध्यक्ष श्री राम चन्द्र पोखरेल प्रमुख रहनुभएको निर्वाचन समितिमा सदस्य द्वय प. डा. थानेश्वर पाण्डेय र श्री चक्र बहादुर गुरुङले संस्थाका पंजीकृत सदस्य महानुभाबहरु मध्येबाट ११ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनित भएको जानकारी गराउनु भयो।

नव निर्वाचित कार्यसमितिमा श्री पदम पुन - अध्यक्ष, श्रीमति शोभा राणा पोखरेल - उपाध्यक्ष, श्री बल थापा - सचिब, श्रीमती कल्पना कन्दंवा - सह सचिब, श्री मति प्रसाद पुन - कोषाध्यक्ष, श्रीराम थापा मगर - सह-कोषाध्यक्ष र सदस्यहरुमा श्री जस बहदु कन्दवा, श्रीमती सावित्री कार्की, श्री उमेश थापा, श्रीमति सबिना थापा,  र श्री इन्द्र श्रेष्ठ सर्ब सम्मत रुपमा निर्वाचित हुनु भएको छ भने निर्वाचन समितिले नव निर्वाचित कार्य समितिलाई पद बहालीको सपथ गराउनु भएको थियो। 

निबर्तमान अध्यक्ष श्रीमती लक्ष्मी केसी र निबर्तमान सचिब शोभा राणाले महाधिबेशनमा बिशेष सहयोग पुर्याउनु हुने निर्वाचन समिति, बिधान संशोधन समिति र लेखा परिक्षण समितिलाई बिशेष धन्यवाद सहित प्रमाण पत्रले सम्मान गर्नुभयो। 

सम्मान ग्रहण गर्नेहरुमा: निर्वाचन समिति प्रमुख - श्री राम चन्द्र पोखरेल, सदस्य - प. डा थानेस्वर पाण्डेय, सदस्य - श्री चक्र बहादुर गुरुङ, बिधान संशोधन समिति संयोजक - डा अमर मल्ल, सदस्य -  श्री अमृत घले, सदस्य - श्री निरलाल मोक्तान र लेखा परिक्षण संयोजक - श्री सूर्य ढकाललाई सम्मान गरिएको थियो। 

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा सिंगो नेपाली समाज वेल्स यूके हार्दीक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।  


Sunday, 2 February 2025

सरस्वती पुजा सम्पन्न


कार्डिफ - वेल्स, यूके - २ फेब्रुअरी २०२५, आइतवार, नेपाली समाज वेल्स, यूकेले धर्म सांकृतिक अभियान, यूकेको सहकार्यमा श्रीपञ्चमीको अवसरमा विद्याकी देवी सरस्वतीको पुजा सु सम्पन्न गरेको छ। नेपाली समाज वेल्स, यूकेले बिगत महिना देखि संचालमा ल्याएको नेपाली पाठशालाको कक्षा हलमा सरस्वती पूजाको आयोजना गरिएको हो।

Monday, 27 January 2025

आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि सूचना !

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन प्रयोजनको लागि निम्नानुसारको सूचना प्रकाशित गरिएको छ।  

महाधिबेशन सम्बन्धि अन्य केहि जानकारीको आवस्यकता परेमा निर्वाचन समितिलाई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।

निर्वाचन समिति:

प्रमुख: - श्री रामचन्द्र पोखरेल 

07411357621 

Sunday, 19 January 2025

आठौँ महाधिबेशन सम्बन्धि जानकारी

 नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन सम्बन्धि जानकारी 

आदरणीय सल्लाहकारज्यूहरु, पुर्ब अध्यक्षज्यूहरु,

कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

संस्थाका आजीवन तथा पंजीकृत सदस्यज्यूहरु

नमस्कार 

नेपाली समाज वेल्स, यूकेको आठौँ महाधिबेशन निम्न अनुसार तय भएकोले यहाँहरु सम्पूर्णमा बृहत सहभागिता सहित आठौँ महाधिबेशन सु सम्पन्न गर्न सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौं। 

Wednesday, 1 January 2025

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना

अंग्रेजी नयाँ वर्ष २०२५ को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यस नयाँ बर्षले हामी सबैका सुनौलो सपनाहरू पूरा हुँदै, जीवनयात्रा मायाँ एवं सफलताले भरि पूर्ण रहोस।

धन्यवाद सहित 

शोभा राणा पोखरेल 

सचिब 

नेपाली समाज वेल्स, यूके एवं 

कार्यसमिति तथा सम्पूर्ण नेपाली समाज परिवार 

Saturday, 16 November 2024

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

१६ नोभेम्बर २०२४, कार्डिफ - वेल्स - यूके। नेपाली समाज वेल्स, यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ। 

Sunday, 10 November 2024

रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न


कार्डिफ - वेल्स, बेलायत - आईतवार १०  नोभेम्बर २०२४, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२४ भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेल, श्री अमृत घले, पुर्ब सचिब डा अमर धोज मल्ल, उपाध्यक्ष श्री पदम पुन, सचिब श्रीमती शोभा राणा पोखरेल, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङ, श्री बलराम अधिकारी, श्री बिष्णु खत्री, श्रीमती राधा घले, श्रीमती चन्द्र कुमारी गुरुङ, श्रीमती सृजना क्षेत्री लगायतका सदस्य तथा शुभ चिन्तकहरुको सहभागिता रहेको थियो। 

Sunday, 27 October 2024

दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

वेल्स २६ अक्टोवर २०२४ (१० कत्तिक २०८१) - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। 

नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट व्यापक सहभागिता रहेको थियो। 

नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

Friday, 18 October 2024

दशैं तिहार कार्यक्रम सम्बन्धि जानकारी

बडा दशैँ तथा शुभ दिपावली २०८१ को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 

Monday, 2 September 2024

वेल्समा तीज पर्व भब्य रुपमा सम्पन्न


वेल्स,  यूके - ३१ अगस्ट २०२४ शनिवार -  नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। नेपाल लगायत भारत, वर्मा र भुटान लगायत देशवाट वेल्स र इंगलैंडका विभिन्न क्षेत्रहरु न्युपोर्ट, स्वान्सि, निथ, ब्रिस्टल र बिशेष गरि कार्डिफमा वसोवास गर्ने नेपाली तथा नेपाली भाषी दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको सेन्ट आल्वन्स रग्वी फुटवल क्लव हलमा सम्पन्न भएको थियो।