Wednesday, 28 September 2011
Sunday, 18 September 2011
यस बर्षको दशैं – तिहार कार्यक्रम सम्बन्धि जानकारी
गत वर्षहरु जस्तै यस वर्ष पनि "वेल्स नेपाली समुदाय, कार्डिफ"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०६८ कार्यक्रम भब्य रुपमा मनाउने निधो गरेको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०६८ कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "वेल्स नेपाली समुदाय, कार्डिफ" हार्दिक अनुरोध गर्दछ|
Wednesday, 31 August 2011
चेलीबेटीहरुको तिज पर्ब सम्पन्न
३० अगस्ट २०११ मंगलवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ | नेपाली चेलीहरुको एउटा महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहर र त्यहि गाउँ/ शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले वेल्स नेपाली समुदाय, कार्डिफले आयोजना गरेको यस कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
Wednesday, 3 August 2011
वेल्समा विवेक श्रेष्ठ सम्मानित
बेलायतमा बसोबासरत लोकप्रिय गायक विवेक श्रेष्ठलाई वेल्स नेपाली समुदाय, कार्डिफले हालै कार्डिफस्थित स्पटको हलमा स्वागत तथा सम्मान गरेको छ । बेलायतमा रहेर नेपाली समुदायबीचमा आप्नो लोक संस्कृति तथा सामाजिक सहयोगार्थ सञ्चालन हुने विवेक श्रेष्ठलाई यस संस्थाका अध्यक्ष चित्रबहादुर राई र वरिष्ठ सदस्य बीरबहादुर गुरुङले खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी श्रीमती सिम्मी श्रेष्ठलाई अध्यक्ष पत्नी संगीता राई तथा केदार कुमारी श्रेष्ठले खादा ओढाइ सम्मान गर्नुभएको थियो । सो कार्यक्रमको संचालन गर्दै संस्थाका सचिव रोशन भट्टराईले गायक विवेक श्रेष्ठको कालजयी गीत र आप्mना विद्यार्थी कालको संस्मरणहरु सुनाउँनु हुँदै उहाँको स्वागत गर्नुभएको थियो ।श्रेष्ठले बलायतको विभिन्न संस्थाहरुमा गर्नुभएको सहभागिता तथा गत वर्ष एनआरएन युकेद्वारा आयोजना गरिएको टिबुट टु लिजेण्ड कार्यक्रमको सोच र सफलतामा उहाँको भूमिको उल्लेख गर्नुभएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर राईले लोकप्रिय गायकलाई वेल्समा स्वागत गर्नु पाउनु खुशीको कुरा हो भन्नु हुँदै कन्दरा बैण्डको उहाँको स्वरमा गाइएको हङकङ पोखराले हङकङमा आफ्नो थुप्रै जुत्ता फाटेको स्मरण रमाइलो पारामा गर्नुभएको थियो । सो अवसरमा गायक विवेक श्रेष्ठले आफुमाथि वेल्सका नेपालीहरुबाट दर्शाइएको सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै वेल्सका नेपाली समुदायले छोटो अवधिमा हासिल गरेको उपलब्धि सुन्दा खुशी लागेको कुरा व्यक्त गर्नुभयो । जलपानका साथमा सञ्चालन भएको कार्यक्रममा उहाँका आफ्नै लोकप्रिय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।सो गीतहरुसँग उपस्थित सबैले नाँचेर साथ दिनुभएको सो कार्यक्रम मध्यरातसम्म चलेको थियो ।
Sunday, 24 July 2011
वेल्स नेपाली समुदायको तेस्रो समर बारबिक्यू
गत बर्षहरु जस्तै यस वर्ष पनि वेल्स नेपाली समुदाय , कार्डिफले पारिवारिक समर बारबिक्यू कार्यक्रमको को आयोजना गरि संस्था स्थापनाको दोस्रो बार्षिकोत्सव भब्यरुपले मनाऊने निधो गरेको छ। वेल्स वरिपरि छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बिच रमाईलो भेटघाट, एकअर्का बिच परिचय, भाइचारा, तितामीठा बातचितको आदन प्रदानको साथ साथै एक आपसमा भरपुर मनोरन्जन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रममा समस्त वेल्स निवासी नेपालीहरुलाई आमन्त्रण गरिन्छ। कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएको छ।
मिति: ६ अगष्ट २०११, शनिवार
समय: बिहान १० बजे देखि बेलुकी २१ बजे सम्म
स्थान: Cosmeston Lakes and Medieval Village, Lavernock Rd, Penarth, CF64 5UY , फोन न. ०२९२० ७०१६७८
प्रवेश सहयोग शुल्क: £८ (१५ वर्ष माथी), £५ (१० देखि १५ वर्ष सम्म), £३ (६ देखि १० बर्ष सम्म) ५ वर्ष भन्दा मुनिलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।
नोट: प्रवेश टिकट कार्यक्रम स्थलकै मुलद्वारमा लिन सकिने व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि आफ्नो नजिकको कार्यसमिति पदाधिकारीसंग सम्पर्क गर्नुहोला।
यातायात सुबिधा: बसबाट यात्रा गर्नुहुने महानुभाबहरुको लागि ९४ नम्बरको कार्डिफ बस प्रयोग गर्न सकिन्छ बस पार्क को गेट सम्म नै जाने हुँदा £३ को Day 2 Go वा Family Ticket जुन आफुलाई उपयुक्त हुन्छ बस मै लिन सकिने छ।
कारबाट यात्रा गर्नुहुने महानुभाबहरुको लागि कार्यक्रमस्थल को नजिकै पर्याप्त कारपार्कको सुबिधा छ ।
कार रुट को लागि पार्क को ठेगाना Cosmeston Lakes and Medieval Village, Lavernock Rd, Penarth, CF64 5UY गुगल मा वा पार्क को Internet ठेगाना http://www.cosmeston.com/ अथवा http://www.valeofglamorgan.gov.uk/default.aspx
मा सम्पूर्ण जानकारी पाउन सकिने छ।
यसै कार्यक्रमको वेला संस्थाको साधारण सभाको बैठक पनि बस्ने कुरा अवगत गराउँदै सम्पुर्ण सदस्य महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
Monday, 18 April 2011
नयाँ बर्ष २०६८ कार्यक्रम भब्य रुपमा सम्पन्न
बढो हर्ष र उल्लासकासाथ नयाँ बर्ष २०६८ लाई स्वागत गर्दै वि
भिन्न कार्यक्रमका साथ नयाँ बर्ष कार्यक्रम सम्पन्न भएको छ। विभिन्न भेषभुषामा सजिएका नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु ज्यादै प्रोत्साहित र गौरवान्वित देखिन्थे भने बिदेशी पाहुनाहरु नेपाली नयाँ बर्ष मनाउन उपस्थित हुन् पाउँदा उत्तिकै रोमान्चित देखिन्थे। नेपाली खाना, गीत, संगित र नांचगानले भरिपूर्ण उक्त कार्यक्रम मनोरंजनपूर्ण थियो। बिदेशी भूमिमा आएर पनि आफ्नो नेपाली पन गुमाउनु नपर्दा सबै नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु खुशीले दङ्ग देखिन्थे। ३ बैशाख २०६८ अथवा १६ अप्रिल २०११ मा हिथ सोसिअल क्लबमा बेलुकी १८.०० बजेदेखि ११.०० बजेसम्म भएको कार्यक्रममा कार्डिफ, ब्रेकन, ब्रिजेण्ड र अन्य क्षेत्रबाट आउनुभएका नेपाली तथा गैर नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्डिफ काउन्सिलका लर्ड मेयर श्री किथ हाईड रहनु भएको
थियो भने उहाँका साथमा श्रीमती आन हाईडको पनि उपस्थिति रहेको थियो। यसका साथसाथै उपस्थित हुनुहुने अन्य बिशेष अतिथिहरुमा काउन्सिलर -श्रीमान तथा श्रीमती गेभिन कक्स, काउन्सिलर नाईजल हावेल, श्रीमान तथा श्रीमती मार्क इभान्स, मेजर-श्रीमान तथा श्रीमती खुशिमान गुरुङ; Officer Commanding Brecon, जेनिफर स्टोभ; आर्ट्स काउन्सिल वेल्स, श्रीमान तथा श्रीमती मार्क नुर्कोम्बे; साफा, र मेजर रिटायर्ड – श्रीमान तथा श्रीमती गुप्त मान गुरुङ हुनुहुन्थ्यो। राम चन्द्र पोखरेलले संचालन गर्नुभएको उक्त कार्यक्रमा संस्थाका अध्यक्ष श्री चित्र बहादुर राईले नयाँ बर्ष २०६८ को शुभकामना र अतिथिवर्ग हरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसै अबसरमा कार्यक्रमका प्रमुख अतिथि लर्ड मेयर श्री किथ हाईडले सबै नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुलाई नयाँ बर्ष २०६८ को शुभकामना दिनुभएको थियो भने विभिन्न नांचगानको कार्यक्रम लिएर प्रस्तुत हुनुभएको थियो प्रसंसा कन्दंवा र महेश
देवकोटा, उहाँहरुलाई साथ दिंदै नांचगानमा सहभागी हुनुहुने भाई बहिनीहरुमा आयुष्मा श्रेष्ठ, विभूषित भट्टराई, अभिजन देवकोटा, शुभआशिष श्रेष्ठ, आभाष देवकोटा, आयुष श्रेष्ठ, प्रिती गुरुङ, प्रतिक श्रेष्ठ, र अस्मिता गुरुङ हुनुहुन्थ्यो। सम्पूर्ण अतिथि देखि नेपाली दाजू-भाई तथा दिदीबहिनीहरुले बढो मनोरंजन लिनुभएको उक्त कार्यक्रममा श्री मोति प्रसाद पुन र श्री बिर बहादुर गुरुङले स्वादिस्ट खानपिनको ब्यबस्था मिलाउनु भएको थियो।
अरु फोटोहरुको लागि तलको फोटोमा थिच्नुहोस !
.
Sunday, 17 April 2011
नयाँ बर्ष २०६८ कार्यक्रमका भिडियोहरु
नेपाली र वेल्सको रास्ट्रियगान प्रस्तुत गर्दै लर्ड मेयर किथ हाईड र श्रीमती आन हाईडका साथमा नेपाली दाजू-भाई तथा दिदी बहिनीहरु
"कालो चस्मा लाउ है मैयाँ बिशालबजारको" गीतको बोलमा नृत्य प्रस्तुत गर्दै भाई बहिनीहरु आयुष्मा, विभूषित, अभिजन, शुभआशिष, आभाष र आयुष
"यत्ता पर्यो माथिल्लो गाउँ" बोलको - गुरुङ गीतमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रिती गुरुङ
"रेली खोला बगर" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा
Ne-Yo One in a million - अंग्रेजी गीतमा नृत्य प्रस्तुत गर्दै भाई प्रतिक श्रेष्ठ
"सपनीमा हो कि बिपनीमा हो कि" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी अस्मिता गुरुङ
अंग्रेजी गित प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा
"कालो चस्मा लाउ है मैयाँ बिशालबजारको" गीतको बोलमा नृत्य प्रस्तुत गर्दै भाई बहिनीहरु आयुष्मा, विभूषित, अभिजन, शुभआशिष, आभाष र आयुष
"यत्ता पर्यो माथिल्लो गाउँ" बोलको - गुरुङ गीतमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रिती गुरुङ
"रेली खोला बगर" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा
Ne-Yo One in a million - अंग्रेजी गीतमा नृत्य प्रस्तुत गर्दै भाई प्रतिक श्रेष्ठ
"सपनीमा हो कि बिपनीमा हो कि" भन्ने नेपाली गीतको बोलमा नृत्य प्रस्तुत गर्दै बहिनी अस्मिता गुरुङ
अंग्रेजी गित प्रस्तुत गर्दै बहिनी प्रसंशा कन्दंवा
Monday, 4 April 2011
नयाँ वर्ष २०६८ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना
वेल्स नेपाली समुदाय, कार्डिफको लोगो
आईतबार ३ अप्रिल २०११ मा बसेको "वेल्स नेपाली समुदाय, कार्डिफ"को कार्यसमिति मिटिंगले "वेल्स नेपाली समुदाय, कार्डिफ"को लोगो सर्बसम्मत रुपमा पारित गरेको छ। यस लोगो "वेल्स नेपाली समुदाय, कार्डिफ"को सम्पति रहनेछ र संस्थाको अनुमति बिना लोगोको आकार र रुपमा फेरबदल गरि प्रयोग गर्न बन्देज गरिएको छ। अन्य जानकारीको लागि संस्थाको ई मेल मार्फत सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। धन्यवाद!.
Thursday, 10 March 2011
"नयाँ वर्ष २०६८" भब्य रुपमा मनाउने तयारी र यस सम्बन्धि जानकारी
सधै जस्तै यसपाली पनि बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथमा नेपाली “नयाँ वर्ष २०६८” लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १६ अप्रिल २०११ (०३ बैशाख २०६८) शनिवारको दिन “वेल्स नेपाली समुदाय, कार्डिफ”ले "नयाँ वर्ष २०६८" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं “वेल्स नेपाली समुदाय, कार्डिफ” संग हातेमालो गर्दै अगाडी बढ्न सहयोग गर्ने विभिन्न स्थानीय संस्थाका प्रतिनिधिहरुको सहभागिताको अपेक्षा गरेका छौं। भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा कार्डिफ काउन्सिलका लर्ड मेयर श्री किथ हाईडको उपस्थितिको आशा राखेका छौं। आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि मुरी मुरी धन्यबाद ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपूर्ण स्थान रहने छ भन्ने कुरामा विश्वस्त छौं । बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।
कार्यक्रम स्थल र समय सम्बन्धि जानकारी
मिती - १६ अप्रिल २०११ , (०३ बैशाख २०६८), शनिवार समय – १८.०० बजे देखि २३.०० बजे सम्म स्थान - The Heath Social Club, हिथ सोसिअल क्लब, हिथ हस्पिटल (The Heath Social Club is situated just opposite of multi-storey car park)
University Hospital of Wales, Heath Park,
Cardiff, CF14 4XW
02920742440, 02920742927 कार पार्क सम्बन्धि जानकारी स-शुल्क कार पार्क - कार पार्कको लागि हिथ सोसिअल क्लब को नजिकै रहेको multi-storey कार पार्कमा पार्क गर्न सकिन्छ, कार पार्क प्रयोग गरिएको अबधि अनुसार पार्किंग शुल्क ३ देखि ५ पाउण्ड लाग्नेछ। ईच्छुक महानुभाबहरुले शुल्क ३ पाउण्ड तिरी कार पार्किंग अग्रिम बुकिंग गर्न सकिने ब्यबस्था छ। अथवा नि:शुल्क कार पार्क – नि:शुल्क पार्किंगको लागि कार्यक्रम स्थलको नजिकै रहेको Allensbank Road अथवा Wedal Road मा पार्क गरि हिनेर सजिलै कार्यक्रम स्थल पुग्न सकिन्छ, Allensbank Road वा Wedal Road पत्ता लगाउनको लागि मात्र (155 Allensbank Road,CF14 3QY or Wedal Road, CF14 3QX) प्रयोग गर्नुहोला। कृपया नोट गर्नुहोला यो पोस्ट कोड कार्यक्रम स्थलको होईन। कार्यक्रम स्थल कार्डिफ बस मार्फत सजिलै पुग्न र फर्कन सकिने हुँदा, बस बाट यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको कार्डिफ बसको समय हेर्नुहुन् हादिक अनुरोध गर्दछौं।
.
कार्यक्रममा प्रवेशको लागि सहयोग शुल्क यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि) ५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म) नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। अन्य जानकारीको लागि यस संस्थाको ई मेल wnccardiff@yahoo.co.uk मार्फत वा संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।
.
Subscribe to:
Posts (Atom)

