Sunday, 20 April 2014

कार्डिफ मा नयाँ बर्ष २०७१ कार्यक्रम भब्य रुपमा सम्पन्न |

 बेलायत्/ कार्डिफ, १९ अप्रिल २०१४,
आफ्नो परम्परा त्यसमा पनि पुर्बिय परम्परा र संस्कृति त संसारकै पुरानो, त्यसै मध्य को एउटा परम्परा नेपाली नया बर्ष २०७१ बडो हर्ष र उल्लास का साथ बेलायत् को कार्डिफ मा रहने नेपालीहरु ले मनाए |
बर्षमा कहिलेकाही यसरि भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनिहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो |

Thursday, 10 April 2014

नयाँ बर्ष २०७१ कार्यक्रम सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस | धन्यवाद 

हार्दिक समबेदना !

स्व. सन्त बहादुर इवाहाङ
०७.०८.१९९६ - २७.११.२०७०

वेल्स नेपाली समुदाय, कार्डिफका  सदस्य  श्रीमति प्रितम कुमारी चेम्जोंगको  स्व. पिता  सन्त बहादुर इवाहाङको  २७.११.२०७० का दिन नेपालमा असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 


Wednesday, 9 April 2014

हार्दिक समबेदना !

स्व. लोकेन कोयु राइ
स्व. स्थल - मलेशिया
स्व. मिति ई.स.- १९/०३/२०१४


वेल्स नेपाली समुदाय, कार्डिफका  सदस्य  श्री पन्च बिर राइका स्व. सुपुत्र लोकेन कोयु राइको १९ मार्च २०१४ बुधबारका दिन असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

Sunday, 23 March 2014

नयाँ बर्ष २०७१ सम्बन्धि जानकारी

सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७१’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १९ अप्रिल २०१४ शनिवारका दिन वेल्स नेपाली समुदाय, कार्डिफले ‘नयाँ बर्ष २०७१’ कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ |
आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ | बिगतका कार्यक्रमहरु जस्तै यसपाली पनि कार्यक्रम स्थल प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ | टिकट अग्रिम खुल्ला गरिएको हुनाले आफ्नो नजिक रहनुभएका कार्यसमिति पदाधिकारी मार्फत तोकिएको सहयोग शुल्क तिरी टिकट लिन सकिनेछ|

Sunday, 2 March 2014

सेन्ट डेविड्स डे २०१४ मा WNC र WGC को संयुक्त सहभागिता

१ मार्च २०१४, शनिवार, भर्खरै मात्र विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१४” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।

Thursday, 9 January 2014

कार्डिफमा ल्होसार पर्ब सम्पन्न !

०४/०१/२०१४ - तमु समुदायहरुको ल्होसार पर्वको अवसर पारेर वेल्समा बसोबास गरेका  तमु समुदायहरुले भर्खरै मात्र ल्होसार पर्ब मनाउने कार्यक्रम सम्पन्न गरेको छ | नेपालको विभिन्न चाडपर्बहरु मद्धे गुरुङहरुको महान पर्ब ल्होसार परम्परागत रुपमा मनाउदै आईरहेको तमु संस्कृतिमा आधारित पर्ब हो | तमु ल्होसार बिशेष गरि नेपाली पात्रो अनुसार पौष १५ का दिन भब्य रुपले मनाउने चलन छ | तमु भाषामा ल्हो भनेको बर्ग र छार भनेको नयाँ हो त्यसैले ल्होसारले नयाँ बर्ष जनाउछ | पुरानो बर्ग (सप्र्ही) प्ही  लाई बिदाई गर्दै नयाँ ल्हो ( घोडा) त बर्गको आगमनको उपलक्षमा नयाँ बर्षको रुपमा ल्होसार चाड मनाईन्छ |

Tuesday, 24 December 2013

हार्दिक समबेदना




स्व. सुमित्रा  कन्दंवा
इस्वी सम्बत: १/१/१९५० -- १५/१२/२०१३
वेल्स नेपाली समुदाय, कार्डिफकि सदस्य  स्व. सुमित्रा कन्दंवाको १५ डिसेम्बर २०१३ का दिन असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

हार्दिक समबेदना

स्व. पम्फा माया कन्दंवा
९ माघ १९८५ -- २९ मंसिर २०७० 
वेल्स नेपाली समुदाय, कार्डिफका सदस्य श्री भिष्म कन्दंवा का माता स्व. पम्फा माया कन्दंवाको ८५ बर्षको उमेरमा नेपालमा असामयिक निधन भएकोमा संस्था मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनि हार्दिक समबेदना प्रकट गर्दछौं | 

Monday, 23 December 2013

हार्दिक मंगलमय सुभकामना


क्रिसमस २०१३ तथा ईस्वी सम्बतको नयाँ बर्ष २०१४   को शुभ उपलक्ष्यमा
वेल्स निवाशी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै
यस पुनित अबसरमा सम्पूर्ण नेपाली
परिवारको शुख शान्ति एबं
समृद्धिको कामना
गर्दछौं |
  वेल्स नेपाली समुदाय, कार्डिफ