Saturday, 2 March 2024

सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्सको प्रतिनिधित्व

 


वेल्स, ०१ मार्च २०२४ - नेपाली समाज वेल्स युकेले कार्डिफ काउन्सिलबाट आएको निमन्त्रणालाई स्वीकार गरी १ मार्च २०२४ सुक्रवारका दिन संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीबाट The City Parish Church of St. John the Baptist मा सम्पन्न सेन्ट डेविड्स डे कार्यक्रममा नेपाली समाज वेल्सको तर्फबाट प्रतिनिधित्व सहित सहभागिता जनाउनु भयो ।

Saturday, 24 February 2024

बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न

 


कार्डिफ - २४ फेब्रुवरी २०२४ - शनिवार

नेपाली समाज वेल्स यूकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ। बार्षिक साधारण सभा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सीको अध्यक्षतामा सम्पन्न भएको थियो। 

संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले सभामा उपस्थित सल्लाहकारहरु, पुर्ब अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पुर्ब कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, लगायत संस्थाका आजीवन पंजीकृत तथा पंजीकृत सदस्यरुमा स्वागत गर्दै सिंगो कार्यसमिति तथा संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा स्वागत गर्नुभएको थियो।  

Sunday, 28 January 2024

बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार


२७ जनवरी २०२४ शनिवार::

नेपाली समाज वेल्स, यूकेको कार्य समितिको नियमित बैठक सम्पन्न भएको छ। भर्चुवल माध्यमबाट गरिएको बैठकमा अध्यक्ष श्रीमती लक्ष्मी के सी, सचिब - श्रीमति शोभा राणा पोखरेल, सह-सचिब - डा. बिकाश रानाभाट, कोषाध्यक्ष - श्री संजीभ मैनाली, सदस्य महानुभाबहरु  - श्री बल थापा, श्रीमति चित्रा देवकोटा, श्री मति प्रसाद पुन, श्री भोज नारायण रेग्मी, श्री श्रीराम थापा मगरको सहभागिता रहेको थियो।

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सी को अध्यक्षतामा बसेको कार्य समितिको बैठकले संस्थाको बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार गर्ने निर्णय गरेको छ। बार्षिक साधारण सभा Physical वा Virtual गर्ने भन्ने बारे सहभागिता तथा सहजता अनुसार कार्य गरि कार्यसमितिले टुंगो लगाउने छ। 

बैठकले अध्यक्ष के सीले प्रस्ताव गर्नुभएको आगामी बर्षका लागि बार्षिक क्यालेन्डर सर्ब सम्मत रुपमा पारित गरेको छ। 

बैठकले पारित गरेका बार्षिक क्यालेन्डर निम्नानुसार रहेका छन् । 

Sunday, 12 November 2023

रिमेम्बरेन्स डे २०२३ मा हाम्रो सहभागिता

कार्डिफ - वेल्स, बेलायत - आईतवार १२  नोभेम्बर २०२३, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२३ भब्य रुपमा सम्पन्न भएको छ। 

कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेलका साथै श्री श्याम बहादुर गुरुङ, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङको सहभागिता रहेको थियो। 

पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा आयोजना गरिएको कार्यक्रममा विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए। 

Sunday, 5 November 2023

दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न


वेल्स ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थियो। 


नेपाली समाज वेल्स यूकेकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शुरु गर्नु भएको उक्त कार्यक्रमा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्ज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। 

सचिब शोभा राणा पोखरेलले नेपालीहरुको महान पर्ब दशैँ हामी सबैको घर आंगनबाट बिदा भई सकेको, र ढिलै भएपनि बडा दशैँको शुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै दुर्गा भवानीले हामी सबैको रक्षा गर्नुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्नु भयो। साथै नजिकिदै गरेको अर्को महान पर्ब तिहार तथा भाई टिकाको शुखद उपलक्षमा हार्दिक शुभकामना ब्यक्त गर्दै  सम्पूर्णमा शुख शान्ति एबं सम्ब्रिद्दिको कामना गर्नुभयो। 

Friday, 20 October 2023

बडा दशैँ तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना

बडा दशैँ तथा शुभ दिपावली २०८० को शुखद उपलक्ष्यम सम्पूर्ण आदरणीय सदस्य तथा शुभ चिन्तकज्यूहरुमा शुख, शान्ति एवं सम्बृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। हजुर हामी सबैको सु-स्वास्थ्य तथा दिर्गायुको कामना सहित दुर्गा भवानीले हामी सबैको कल्याण गरुन्। 
धन्यवाद।

Sunday, 17 September 2023

तीज भब्य रुपमा सम्पन्न



१६ सेप्टेम्बर २०२३ शनिवार -  नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। वेल्सका विभिन्न क्षेत्रहरु: आभरगाभेनी, न्युपोर्ट, स्वान्सि, निथ, र बिशेष गरि कार्डिफ र कार्डिफ वरपरबाट पाल्नुभएका दिदीबहिनीको भब्य सहभागिता रहेको यस कार्यक्रम कार्डिफको रोथ सोसल क्लबमा सम्पन्न भएको थियो। 

Saturday, 22 July 2023

तिजको दर खान निमन्त्रणा!

नेपाली चेलीहरुको पर्ब हरितालिका तीजको उपलक्ष्यमा नेपाली समाज वेल्स यूकेले चेलिबेटीहरुलाई तिजको दर खुवाउने कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रम चेलिबेटीहरुका लागि र कार्यक्रममा सहयोगीहरुका लागि मात्र प्रवेशको ब्यबस्था गरिएको जानकारी सहित हार्दिक निमन्त्रणा गर्दछौं। 

Monday, 5 June 2023

समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न


४ जुन २०२३, आईतवार - बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नेपाली समाज वेल्स यूकेको आयोजनामा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज वेल्स, यूकेका सदस्य एवं शुभचिन्तकका साथै वेल्सका विभिन्न क्षेत्रमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबिच भेटघाट एवं आपसी भलाकुसारीका साथ बृहत रुपमा समर भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको हो। 

Monday, 1 May 2023

समर बार्बिक्यु सम्बन्धि जानकारी

अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्स, युकेले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ। काम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ। 

कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ। यस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स, युके हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ। 

कार्यक्रम सम्बन्धि अन्य जानकारी: